चिकित्सकविहीन पशु अस्पताल, उपचार सेवा ठप्प, रोग फैलिने गम्भीर जोखिम
कञ्चनपुर, २०८२ माघ २६
सरकारको नीतिगत निर्णय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको प्रत्यक्ष असर सुदूरपश्चिम प्रदेशको भेटेरिनरी सेवा प्रणालीमा परेको छ। दरबन्दीबाहेकका करार तथा ज्यालादारी कर्मचारी हटाउने निर्णय कडाइका साथ कार्यान्वयन गरिँदा प्रदेशका पशु अस्पताल चिकित्सकविहीन बन्दै गएका छन्। यसको परिणामस्वरूप नियमित उपचार, खोप, प्रजनन तथा आकस्मिक सेवा लगभग पूर्ण रूपमा ठप्प भएका छन्।
सेवा अवरुद्ध हुँदा संक्रामक पशुरोग नियन्त्रण बाहिर जाने अवस्था सिर्जना भएको छ। पशुबाट मानिसमा सर्ने रेबिजजस्ता रोगको जोखिम बढेको भन्दै सरोकारवालाहरूले यसलाई केवल प्रशासनिक समस्या नभई गम्भीर सार्वजनिक स्वास्थ्य संकटको सुरुआतको रूपमा व्याख्या गरेका छन्। भाद्र २४ गतेको जेन्जी आन्दोलनपछि असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दीबाहेकका करार कर्मचारी नराख्ने निर्णय गरेको थियो। सो निर्णय कार्यान्व...





















