कञ्चनपुरबाट एमाले केन्द्रीय कमिटीमा तीनै निर्वाचन क्षेत्रको प्रतिनिधित्व
कन्चन्पुर
महेन्द्रनगर – नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रका प्रतिनिधि केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट कमला बोहरा, क्षेत्र नं. २ बाट कृपाराम राना र क्षेत्र नं. ३ बाट निरुदेवी पाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
१०औँ महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य बनेका उनीहरू यस पटक पुनः केन्द्रीय कमिटीमा स्थान बनाउन सफल भएका छन्। निर्वाचन परिणामअनुसार बोहराले १८८८, रानाले १९१९ र पालले १८४३ मत प्राप्त गरेका छन्।
पुनः निर्वाचित निरुदेवी पाल यसअघि एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर इन्चार्जको जिम्मेवारीमा रहेकी थिइन्। यसैगरी कमला बोहरा निर्वाचन क्षेत्र नं. १ की इन्चार्ज रहँदा कृपाराम राना क्षेत्र नं. ३ का इन्चार्ज थिए। राना संविधानसभा सदस्यसमेत हुन्।
निर्वाचित तीन केन्द्रीय सदस्यमध्ये पाल र बोहरा खुला तर्फबाट...














