×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

अर्थ

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार रहेका ५८ वर्षीय शोभान सिंह खड्कालाई पक्राउ गरिएको छ। उनलाई घरबाटै पक्राउ गरेर अदालतमा पठाइएको छ। साथै, प्रहरीले भन्सार छलि ल्याइएका विभिन्न सामान पनि बरामद गरेको छ। यसमा नम्बर प्लेट नभएका मोटरसाइकल, जुत्ता, बालबालिकाका सेण्डिल, सुर्ती, मिठाई, चिनी र कपडासम्मको सामग्री समावेश छन्, जसको कुल मूल्य ६ लाख ५ हजार ७ सय ३६ रुपैयाँ छ। प्रहरीका अनुसार बरामद सामानलाई गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको छ। कञ्चनपुर प्रहरीले यो कदमलाई अपराध नियन्त्रण र राजस्व संरक्षणमा सकारात्मक कदमका रूपमा हेरिएको छ।...
डीडीसी अत्तरियाबाट धनगढी सार्ने प्रयासविरुद्ध संघर्ष चर्कियो, गोदावरी नगरपालिकामा छलफल निष्कर्षविहीन

डीडीसी अत्तरियाबाट धनगढी सार्ने प्रयासविरुद्ध संघर्ष चर्कियो, गोदावरी नगरपालिकामा छलफल निष्कर्षविहीन

samachar, अर्थ, व्यापार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर  कंचनपुर धनगढी— डीडीसी (दुग्ध विकास संस्थान) को कार्यालय धनगढी सारिए पनि कारखाना भने स्थानीयको विरोधका कारण सार्न नदिइएको छ। कुनै पनि हालतमा डीडीसी धनगढी लैजान नहुने माग गर्दै संघर्ष समिति र स्थानीयले यही पौष १४ गते गोदावरी नगरपालिकाको वडा नम्बर १ को कार्यालय तथा दुग्ध विकास कारखानामा तालाबन्दी गरेका थिए। डीडीसी अत्तरियामै रहनुपर्ने विषयमा छलफल गर्न संघर्ष समिति र स्थानीय गोदावरी नगरपालिका पुगेका थिए। तर नगरप्रमुखले आफ्ना धारणा मात्र राखी कार्यकक्षबाट बाहिरिएपछि छलफल निष्कर्षविहीन बनेको संघर्ष समितिले जनाएको छ। छलफलका लागि नगरपालिका पुगेका संघर्ष समितिका पदाधिकारीहरूसँग कुनै संवाद नगरी नगरप्रमुख बाहिरिएपछि संघर्ष समितिका संयोजक पाण्डेले गोदावरी नगरपालिकाको बेवास्ताका कारण डीडीसी अत्तरियाबाट धनगढी जान बाध्य भएको आरोप लगाए। उनले कुनै पनि हालतमा डीडीसी बाहिर जान नदिने स्पष्ट गर...
कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचनमा सरिता भण्डारी एक्ली महिला उम्मेदवार, महिला प्रतिनिधित्वका लागि बलियो आवाज

कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचनमा सरिता भण्डारी एक्ली महिला उम्मेदवार, महिला प्रतिनिधित्वका लागि बलियो आवाज

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, व्यापार, समाचार, सुदूरपश्चिम
  कंचनपुर- कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समितिका लागि आउँदो शनिबार (१९ पुस) हुने निर्वाचनमा जिल्लाकी एक मात्र महिला उद्यमी सरिता भण्डारी (सिंह) चुनावी मैदानमा उत्रिएकी छन्। महेन्द्रनगरस्थित डालिमा सपिङकी सञ्चालिका सरिता संघको खुला सदस्य पदमा उम्मेदवार बनेकी हुन्। १७ वर्षदेखि निरन्तर व्यवसायमा सक्रिय सरिता हाल मतदाता भेटघाटमा व्यस्त छिन्। उनी संघभित्र महिला सहभागिता र नेतृत्वको आवश्यकता औँल्याउँदै मत मागिरहेकी छन्। कोषाध्यक्षसहित सदस्य पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमा होमिएकी सरिताले महिला उद्यमीको प्रवर्द्धन, संघको संस्थागत सुदृढीकरण र समावेशी नेतृत्वमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। ‘म सबैको सहयोग पाउनेमा आशावादी छु,’ सरिताले भनिन्, ‘संघमा महिला सहभागिता अनिवार्य छ भन्ने विषयमा मतदाता पनि जागरुक देखिनु भएको छ।’ पहिलोपटक स...
बैंकको लिलाममा किर्ते र मिलेमतो खुलासा : विक परिवारको घरजग्गा हडपिएको आरोप

बैंकको लिलाममा किर्ते र मिलेमतो खुलासा : विक परिवारको घरजग्गा हडपिएको आरोप

Breaking News 1, samachar, अर्थ, शेयर बजार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० मा बैंकको लिलाम प्रक्रियामा गम्भीर अनियमितता र किर्ते भएको तथ्य सार्वजनिक भएको छ। बैंकले लिलाम सकार गरेपछि घर–बाटो सिफारिससमेत किर्ते गरी लिएको पाइएको हो। बैंकका कर्मचारी दिपक भट्ट स्वयं वडा कार्यालयमा उपस्थित भई विक परिवार महेन्द्रनगरमा भएकाले आउन नसक्ने बहाना बनाउँदै वडाबाट घर–बाटो सिफारिस लिएको खुलासा भएको छ। वडा अध्यक्ष लाल बहादुर ऐर ले बैंक कर्मचारी भट्टले कार्यालयलाई झुक्याएर ज्ञानु विश्वकर्माको किर्ते दस्तखत प्रयोग गरी सिफारिस लिएको पुष्टि गर्ने पत्रसमेत दिएका छन्। विक परिवारले न्यायको खोजी थालेपछि बैंकले लिलाम प्रक्रियामा संलग्न कर्मचारीहरू हेरफेर गरेको आरोपसमेत लगाइएको छ। प्रदेश कार्यालयका छविराज जोशी र झलारी शाखाका तत्कालीन प्रमुखलाई अन्यत्र सरुवा गरिएको थियो। विक परिवारले बैंकको महेन्द्रनगर शाखाका प्रमुखसहितको मिलेमतोमा आफ्नो घर लिलाम गरिएको ...

अत्तरियामा ठूलो परिमाणको चरेससहित चार जना पक्राउ

Breaking News 1, samachar, अर्थ, व्यापार, समाचार, सुदूरपश्चिम
कन्चन्पुर कैलालीको अत्तरियामा प्रहरीले ठूलो परिमाणको चरेससहित चार जनालाई पक्राउ गरेको छ। प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको विशेष अपरेसन टोलीले शुक्रबार साँझ प्राप्त विशेष सूचनाको आधारमा नमस्ते अन्नपूर्ण होटल आसपास चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमा बझाङको छबिसपाथिभेरा–७ का २८ वर्षीय बम बहादुर धामी, छबिसपाथिभेरा–५ का ४२ वर्षीय जनक जाग्री, सुर्मा–३ का २५ वर्षीय अमृत बोहरा र दार्चुला महाकाली–२ का ५० वर्षीय रूप सिंह सितोली रहेका छन्। उनीहरूको साथबाट ७ किलो ५०० ग्राम चरेस र एउटा डिजिटल तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ।...
मेगा सहकारी सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने संस्था

मेगा सहकारी सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने संस्था

Breaking News 1, samachar, अर्थ, ताजा अपडेट, शेयर बजार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा रहेको मेगा सहकारी उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने संस्थाकोरुपमा सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैकले २२औ बार्षिक साधारण सभाको अवसरमा भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सुदूरपश्चिम प्रदेशमै बचत तथा ऋण कारोवार गर्ने संस्थाहरुमध्ये उत्कृष्ठ बचत तथा ऋण कारोवार गरेको भन्दै सम्मान पत्रका साथै पुरस्कृत गरेको हो । मेघा बचत तथा ऋण सहकारीले सहकारीको विकास प्रर्बद्धन, समाजिक क्षेत्रमा योगदान पु¥याएको राष्ट्रिय सहकारी बैकले जनाएको छ । कार्यक्रममा सहकारी बैंकका सचालक तारा गुरुङ्गले मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुनिल सेट्टीलाई पुरस्कारका साथै सम्मान पत्र हस्तान्तरण गरेका थिए । मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुशिल सेट्टीले राष्ट्रिय सहकारी बंंैकबाट गरिएको मुल्याङकनको उच्च...
५ औँ कञ्चनपुर सम्मेलन दश बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न

५ औँ कञ्चनपुर सम्मेलन दश बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – पाचौ कञ्चनपुर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार बेलौरी नगरपालिकाको आयोजना एव एनएनएसडब्लुएको प्राविधिक सहयोगमा “सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च” भन्ने नाराका साथ सुरु भएको पाँचौँ कञ्चनपुर सम्मेलन सम्पन्न भएको हो । बेलौरीमा सम्पन्न उक्त सम्मेलनले जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पक्षमा १० बुँदे ‘बेलौरी घोषणापत्र’ जारी गरेको छ । दीगो विपद् व्यवस्थापन, जोखिम न्यूनिकरण र स्थानीय सरकारको सक्रिय भूमिका सुनिश्चित गर्नउक्त सम्मेलन आयोजना गरीएको छ । उक्त सम्मेलनमा जिल्लाका नौवटै स्थानीय तहका प्रमुख उपप्रमुख सरकारी तथा गैरसरकारी संघ–संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, विज्ञ एवम् सरोकारवालाको सहभागिता रहेको थियो। सम्मेलनले आगामी दिनमा जिल्लामा हुने कुनै पनि प्राकृतिक वा मानवसृजित विपद् जोखिमको सामना गर्न तयारी, योजना र समन्वयलाई प्राथमि...
धर्मेन्द्र रानाको कुखुरा फर्मबाट दैनिक ४ हजार अण्डा उत्पादन

धर्मेन्द्र रानाको कुखुरा फर्मबाट दैनिक ४ हजार अण्डा उत्पादन

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहका युवक धर्मेन्द्र राना व्यवसायिक कुखुरा व्यवसायमा जुटेका छन । २६ बर्षिया राना १० बर्ष अघि सन ०१४ मा स्वदेशमा रोजगारी नपाएपछि मलेसिया गएका थिए । रोजगारदाताले एक काम भनेर अर्को काममा भिडाएपछि धोका पाएका राना एक बर्ष मात्रै काम गरेर स्वदेश फर्किए । मलेरियामको अण्डा उत्पादन कम्पनीमा उनका मामा चितराम राना काम गर्दै आएका थिए । मामा भेटन् जाँदा उनले त्यहाँ आधुनिक प्रविधिबाट अण्डा उत्पादन गरेको देखेर स्वदेशमा पनि अहिले अण्डा उत्पादनमा जुटेका छन । सम्भव रानाले कञ्चनपुर जिल्लामै आधुनिक९केजस्टक० प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका छन । पाँच बर्ष अघि ०७७सालतिर परम्परागत रुपमा अण्डा उत्पादन गर्ने कुखुरा पालेका रानाले अहिले आधुनिक प्रविधिबाट कुखुरा पालेका हुन । शुरुवातमा डेढ हजार कुखुरा पालेका रानाले अहिले आधुनिक प्रविधिबाट ४हजार कुखुरा पा...
लालझाँडीमा निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना

लालझाँडीमा निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । लालझाँडी गाउँपालिकामा २१२ पशुको निशुक्ल उपचार गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर कञ्चनपुरले मंगलबार लालझाडी गाउँपालिका वडा नम्बर १ स्थित नौरङ्गामा पशु स्वास्थ्य शिविरको आयोजना गर्दै विरामी भएका पशु, कुकुरहरुको निशुल्क उपचार गरिएको जनाएको छ । कार्यालयका प्रमुख श्याम सिंह खड्काले मंगलबार गरिएको शिविरबाट २१२ गाई, भैसी, बाख्रा, कुखुराको उपचार गरिएको बताए । यसैगरि, शिविरमा १७ कुकुरलाई रेबिज विरुद्धको सुइ पनि प्रदान गरिएको कार्यालय प्रमुख खड्काले बताए । शिविरमा पशु चिकित्सक डा.धिरज बोहरा सहितको टोलीले विरामी परेका स्थानीयका पशुहरुको उपचार गरेका थिए । स्थानीयहरुले पशु विरामी परेको लक्षण बताएपछि सोही अनुसार, औषधी समेत वितरण गरिएको भेटनरी कार्यालयले जनाएको छ । स्वास्थ्य शिविरको उद्दघाटन कार्यक्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशको भूमी , व्...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन् । बेलडाँडी गाउपालिका वडा नं. २ का क्षमा विक र सरस्वती साउदको उद्धार गरी धनगढी उपमहानगरपालिका १३ स्थित दृष्टिविहिन फाउण्डेसनको जिम्मा लगाएकी हुन् । सामानिजक सेवामा व्यस्त गाँउपालिका उपाध्यक्ष नाथले सराहनिय कार्य गरेकि छनु । लामो समयदेखि मानसिक समस्याको सिकार भएका क्षमा विक र सरस्वती साउदको सडकबाटै उद्धार गरी पालिकाको एम्बुलेन्समार्फत दृष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उद्धार गरीएका दुबै जना मानसिक अस्वस्थ्यताको कारण सडकमै खाने र सडकमै सुत्ने गरेका थिए । सडकको नरक जीवन जीईरहेका उनीहरुलाई नयाँ जीवन दिनका लागि उद्धार गरी दुष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उपाध्यक्ष नाथका अनुसार क्षमा विकका दुई छोरा छन भने निर्मला स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज