कार्तिक १९ गते बुधबार पोखरी कटेजमा साँस्कृतिक साँझ
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पर्यटकिय स्थलको लागि चर्चित पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गरिने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिमको आयोजना एव राष्ट्रिय संगीतकर्मी संघकै केन्द्रिय सदस्य तथा सुप प्रदेश इन्चार्ज ऐन बहादुर दौल्यालको प्रायोजनमा कार्तिक १९ गते बुधबार बेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा राष्ट्रिय कलाकार टेक विसि लगायत स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । देशको पछिल्लो राजनितिक अवस्थाले मानिसहरुमा नैराश्यता र चिन्ता बढाएकोले मनोवल, आत्मवल बढाउन, समाजमा पछाडि परेका मानिसहरुलाई सघाउन र सामाजिक कार्य गर्न बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरीएको आयोजनकले जनाएको छ । साथै ‘आन्तरिक पर्यटन प्रर्बद्धन, कला संस्कृतिको सम्ब्रद्धन’ गर्ने उदेश्यक...





















