Advertisement

अर्थ

नेपाल आमाको मूर्ति निर्माणमा सरकारको उदासिनता

नेपाल आमाको मूर्ति निर्माणमा सरकारको उदासिनता

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्ला स्थित भम्केनी धाममा निर्माणाधिन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणमा सरकारले चासो दिएको छैन् । आर्थिक बर्ष २०८२÷८३ मा प्रदेश सरकारले विभिन्न ठाँउका ससाना मन्दिर निर्माणमा बजेट विनियोजन गरेपनि जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणमा बजेट विनियोजन गरेन् । नेपालका ऐतिहासिक प्रथम जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गरेका थिए । मूर्ति निमार्णका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि सरकारबाट सहयोग नहुदा मूर्ति निर्माणमा कठिनाई भईरहेको बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री लगायत अधिकांस नेताहरुलाई भेटेरै मूर्ति निर्माणका लागि बजेट विनियोजन गरीदिन आग्रह गरेको...
बर्ड फ्लु भित्रिन नदिन कञ्चनपुर जिल्ला प्रशासनले ग¥यो यस्तो निर्णय

बर्ड फ्लु भित्रिन नदिन कञ्चनपुर जिल्ला प्रशासनले ग¥यो यस्तो निर्णय

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कञ्चनपुरसित सीमा जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा कुखुरामा लाग्ने बर्ड फ्लु महामारी देखिएपछि कञ्चनपुर जिल्ला प्रशासनले जिल्लामा त्रित्रिन नदिन विभिन्न उपाय अपनाएको छ । भारतीय सञ्चारमा माध्यममा सीमावर्ती क्षेत्र उद्यम सिह नगर र बागेश्वमा बर्ड फ्ल संक्रमण देखिएको पुष्टि भएका समाचार आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयलाई यसबारे जानकारी गराएर नियन्त्रणका लागि पहलकदमी अघि बढाउन आग्रह गरेको थियो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समिति रहेको हुन्छ । त्यसपछि मंगलबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले कञ्चनपुर जिल्ला उच्च जोखिममा भएको निष्कर्ष निकाल्दै सतर्कता अपनाउने लगायतका तिन ओटा महत्वपूर्ण निर्णय गरेको छ । उक्त बैठकबाट बर्ड फ्लु नियन्त्रण समितिले बर्ड फ्लु संक्रम...
भीमदत्तले अवैध संरचना हटाउन पुनः सुरु गर्ने

भीमदत्तले अवैध संरचना हटाउन पुनः सुरु गर्ने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले नगरपालिका क्षेत्रका अवैध संरचना हटाउने कार्य फेरि सुरु गरिने बताएका छन् । दशैं तिहारपछि अवैध संरचना खाली गर्ने कार्य सुरु हुने नगर प्रवक्ता अवस्थीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भीमदत्त नगर विकास समितिको जग्गा अवैध अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य रोकिएको एक वर्ष बढी पुगेको छ । भीमदत्तले होटेल ओपेरा पछाडिमा संरचना हटाउन सुुरु गरी दुई वर्ष अघि अतिक्रमण खाली गर्ने अभियान सुरु गरेको थियो । अवैध संरचना निर्माण गरेकालाई दशैतिहार पर्खिने जानकारी दिएका छन् ।   तत्कालिन गृह मन्त्री रबि लामिछानेले देशभर अतिक्रमति सरकारी जग्गा फिर्ता ल्याउने घोषणा गरेपछि भीमदत्तमा अतिक्रमण हटाउने अभियान सुरु भएको थियो । भीमदत्तका नगर प्रवक्ता अवस्थीले हटाउन बाँकी अवैध संरचना हटाउने बताएका हुन् । उनले अवैध संरच...
भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरद्धारा कुखुरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सतर्कता अपनाउन आग्रह

भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरद्धारा कुखुरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सतर्कता अपनाउन आग्रह

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–भारतीय सीमावर्ती सहर उद्यम सिंह नगरमा बर्ड फ्लु संक्रमण देखिएपछि सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले भारतीय सीमावर्ती क्षेत्रबाट कुखुृरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सचेतना अपनाउन आग्रह गरेको हो । केन्द्रका प्रमुख पशु चिकित्सक निर्देशक श्याम सिह खड्काले भारतको उद्यम सिह नगरमा बर्ड फ्लु पुष्टि भएको समाचार आएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको बताए । ‘केही दिन अघि भारतको उद्यमसिम नगर र बागेश्वरमा बर्ड फ्लु पुष्टि भएको समाचार अमर उजाला दैनिकमा आएको छ, यो समाचारलाई आधार बनाएर अहिले सीमावर्ती क्षेत्र र कुखुरा किसानलाई सतर्कताका लागि आग्रह गरि रहेका छौ’ उनले भने । उद्यमसिह नगर सीमावर्ती क्षेत्र भएकाले सतर्कता अपनाउन नसकिए बर्ड फ्लु संक्रकण भित्रिन सक्ने भन्दै किसानहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘सीमा क...
महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुदै, परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन

महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुदै, परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम
महेन्द्रनगर : महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुने भएको छ । विगत बर्ष जस्तै यस बर्ष पनि महाकाली साहित्य संगमको आयोजनामा महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव आयोजना हुने भएको हो । शनिबार महाकाली साहित्य संगमले पत्रकार सम्मेलनको आयोजना गरी आगामी भाद्र १२ गतेदेखि महेन्द्रनगरको खुलामञ्चमा महोत्सव सुरु हुने जानकारी दिएको छ । संगमका अध्यक्ष हरिशप्रसाद जोशीले सम्पदा संरक्षण र सांस्कृतिक गौरवलाई उच्च राख्ने उद्देश्यका साथ यस बर्ष पनि विगत बर्षझै गौरा महोत्सव आयोजना गर्न लागिएको बताए । अध्यक्ष जोशीका अनुसार वर्षको महोत्सवमा परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन लगायत विविध कार्यक्रम समावेश हुने छन् । कार्यक्रमका वरिष्ठ उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले नेपाली मौलिक संस्कृति आक्रमणमा परेको उल्लेख गर्दै संरक्षणमा जोड दिन...
पत्रकार महासंघको ९औ बैठक बेदकोट ताल परिसरमा सम्पन्न

पत्रकार महासंघको ९औ बैठक बेदकोट ताल परिसरमा सम्पन्न

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको मासिक घुम्ती बैठक कञ्चनपुर जिल्लाको धार्मिक पर्यटकिय स्थल बेदकोट ताल परिसरमा बसेको छ । शुक्रबार जिल्लाको बेदकोट नगरपालिका वडा नं। ३ स्थीत बेदकोट ताल परिसरमा महासंघको ९औ बैठक सम्पन्न भएको हो । पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा उपाध्यक्ष धर्मारोकाया, सचिव कुन्दन पाण्डेय, कोषाध्यक्ष मोहन विष्ट र सहसचिव गोकुल जोशीको उपस्थीति रहेको थियो । सदस्यहरुमा केशव भट्ट, दिनेश ओझा, विकास सिंह महता, माधव पौडेल, ऐश्वर्या कुवर, धन बहादुर विकको उपस्थीती रहेको थियो । पत्रकार महासंघका सल्लाहकार माधव धामीको बिशेष उपस्थिति रहेको थियो । बैठकले विभिन्न निर्णय सर्वसम्मतरुपमा पारित गरको छ । बैठकले निम्नलिखित महत्वपूर्ण निर्णय पारित गरेको पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए । १. नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले कंचनपु...
जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग

जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग

samachar, अर्थ, समाचार, सुदूरपश्चिम
शंकर दत्त अवस्थी, महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सव मनाएको छ । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १३ औँ बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । जनसरोकार पोष्ट दैनिकका प्रकासक तथा प्रधानसम्पादक राजेन्द्र प्रशाद अवस्थीले यस पटकको बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको बताए । पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका अवस्थीले पत्रकारको हकहितका लागि कोषमा आर्थिक सहयोग गरेको बताए । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रुपमा पाठकवृन्दसमक्ष ल्याउन सफल भएको थियो । कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठकवृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ । अवस्थीले सदैव राष्ट्र, राष्ट्...
सामुदायिक वन समन्वय समितिको २१औँ बार्षिक साधारण सभा सम्पन्न

सामुदायिक वन समन्वय समितिको २१औँ बार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - सामुदायिक वन समन्वय समिति (सिएफसीसी)को २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ सामुदायिक वन समन्वय समिति(सिएफसीसी)को बार्षिक साधारण सभा सम्पन्न भएको हो । आइतबार कृष्णपुर नगरपालिका ६ सिहपुर सामुदायिक वनमा आयोजित बार्षिक साधारण सभामा सामुदायिक वन समन्वय समिति९सिएफसीसी०का अध्यक्ष महेश दत्त जोशीले पर्यावरण, बन्यजन्तुको सरक्षण, उपभोक्ताको हक अधिकार, सामुदायिक वनको सुशासनदेखिका लालझाडी मोहना जैविक मार्ग क्षेत्रमा सरक्षणका विविध पक्षमा कामकाज गर्दै आएको बताए ।   गत आर्थिक बर्ष ०८१/०८२ मा थुप्रै सरक्षणका योजना सम्पन्न गरिएको बताउँदै अध्यक्ष जोशीले तराई भूपरिधी९ताल० लगायतका सरकारी, गैर सरकारी संघ,संस्था, सामुदायिक वन, स्थानीय सरकार सबै क्षेत्रसंगको समन्वयमा ...
एनजिओको ठगि धन्दा मात्रै होईन, किसानमाथि अत्याचार

एनजिओको ठगि धन्दा मात्रै होईन, किसानमाथि अत्याचार

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – कञ्चनपुरको लालझाडीका किसान आफ्नै सहकारी र चुरो नेपाल नामक एनजिओबाट ठगिएका छन । ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानबाट उनीहरुकै सहकारी मार्फत रकम संलकन गर्न लगाएपछि सयौँ किसान ठगिएका हुन । अनुदानमा कृषि समाग्री पाईने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले आफ्नै शेयर सदस्य किसानबाट करोडौँ रकम सकलन गरेको थियो । गत बर्ष दुवै सहकारीले झण्डै साढे ३ सय किसानबाट अढाई करोड रकम संकलन गरेपनि किसानलाई कृषि समाग्री दिलाउन सकेका छैनन । अनमोल कृषि सहकारीले १ सय १० किसानबाट ४८ लाख, ४६ हजार बढि र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट १ करोड, ९३लाख बढि रकम संकलन गरेका थिए । आफ्नै खेतबारीमा उत्पादन भएको कृषि उपज बिक्रि वितरणदेखि सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर कृषि समाग्री खरिदका लागि सहकारीलाई अग्रीम पैशा बुझाएका किसानको अहिले विचल्ली भएको छ । अग्रीम पैशा बु...
बेलौरीमा ऐलानी जमिन नापजाँच शुरु

बेलौरीमा ऐलानी जमिन नापजाँच शुरु

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, २० साउन  कञ्चनपुरको बेलौरी नगरपालिकामा ऐलानी जमिन नापजाँच गरिएको छ । बेलौरी नगरपालिका दुई वडामा एकसाथ ऐलानी जमिन नापजाँच शुरु गरिएको हो । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले मंगलबारदेखि ३ र ५ नम्बर वडाको ऐलानी जमिन नापजाँच शुरु गरिएको बताए । मेयर चौधरीले बषौँदेखि जमिनको स्वामित्व नभएका किसानलाई लालपुर्जा दिलाईने बताए । ‘जनतालाई जमिनको मालिक बनाउने काम शुरु भएको छ, ‘उनले भने, ‘अहिले दुई वडाबाट शुरुवात गरिएको नापजाँच बाँकी वडाहरुमा समेत क्रमिक रुपमा गछौँ ।’ भुमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले आयोग मार्फत बेलौरीका दुई वडाहरुमा शुरुवात गरिएको नापजाँच अन्य पालिकाहरुमा समेत भईरहेको बताए । सदस्य देउवाले छुटफुटलाई समेत समावेस गरिने बताए । बेलौरी नगरका उपमेयर जोगराज चौधरीले नापजाँच शुरुवात गरिएसंगै जनतामा जमिनको मालिक बनाउने आशा पलाएको बताए । भुमि समस्या समा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज