×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

राजनीति

परेन उम्मेदवारी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा

परेन उम्मेदवारी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा

Breaking News 1, Breaking News 2, samachar, राजनीति, विचार, समाचार, सुदूरपश्चिम
  महेन्द्रनगर  – अहिले कञ्चनपुर जिल्लामा एमालेको ११औ महाधिबेशनका लागि प्रतिनिधि छनौट चलिरहेको छ । जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रबाट एमालेले महाधिबेशन प्रतिनिधि छनौट गरीरहेको हो । यहि क्रममा निर्वाचन क्षेत्र नं. ३ बाट दलित कलष्टरबाट महिला र पुरुष गरी दुई जना प्रतिनिधि छनौट गरिन लागेकोमा दलित महिला कोटामा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मी विकले उमेदवारी दिईन् । उनका विरुद्धमा कुनै पनि उमेदवारी परेको छैन् । उनी निविरोध प्रतिनिधि चयन हुनेमा दुईमत छैन । एमाले पार्टी कार्यालयमा दलित क्लष्टरको निर्वाचन कमिटीका अनुसार महिलामा विकको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध हुने निश्चित छ । पुरुषमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्ण सुनारले जानकारी दिए । भारमल सुनार र आरपी सार्कीले उमेदवारी दर्ता गराएका छन् । उमेदवारी फिर्ताको समय मंसिर ११ गते दिउसो३ बजेसम्म रहेक...
बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथको नेतृत्वमा खपरेश्वर मन्दिरमा सरसफाई

बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथको नेतृत्वमा खपरेश्वर मन्दिरमा सरसफाई

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – बेलडाँडीको खपरेश्वर मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरीएको छ । शनिबार बेलडाँडी गाउँपालिका वडा नं २ स्थीत खपरेश्वर मन्दिर परिसरमा पालिका उपाध्यक्ष शान्ती नाथको पहलमा सरसफाई कार्यक्रम गरीएको हो । पालिका उपाध्यक्ष नाथको पहलमा सम्पन्न सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सामुदायीक विद्यालयका प्रधानाध्यापक, शिक्षक, पुर्व वडा अध्यक्ष तथा समाजसेवि र स्थानीयहरुको सहभागिता रहेको थियो । शनिबारको दिन विदाको सदुपयोग गर्दै स्थानीय समाजसेवि, शिक्षक, प्रहरी दाजुभाई र पुर्व वडा अध्यक्षहरुको सहकार्य र सहयोगमा मन्दिरपरिसरमा सरसफाई गरिएको उपाध्यक्ष नाथले बताईन् ।...
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महत्ताद्वारा पत्रकार महासंघका अध्यक्ष सुरेश धामीलाई आर्थिक सहयोग

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महत्ताद्वारा पत्रकार महासंघका अध्यक्ष सुरेश धामीलाई आर्थिक सहयोग

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका  युवा नेताले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । रास्वपा विज्ञान, सञ्चार तथा सुचना प्रविधी विभाग केन्द्रीय सचिव ज्ञानेन्द्र सिह महताले पत्रकार महासंघका जिल्ला अध्यक्ष धामीको उपचारका लागि नगद ५ हजार सहयोग गरेका हुन । महताले आइतबार धामीको प्रभु बैंकको खातामा रकम ट्रान्र्सफर गरेका छन । संचारउद्यमी समेत रहेका महताले संकटको घडीमा उपचारमा टेवा मानविय सेवाका लागि सक्दो उपचार खर्च सहयोग गरेको बताए ।   महता ले सामाजिक क्षेत्रमा सहयोग गर्ने व्यक्ति हुन्। यसअघि पत्रकारिता गर्दै आउनुभएका महता  हाल पत्रकारिता  छोडेर राजनीतिमा सक्रिय र समाजसेवामा व्यस्त छन्। यस पूर्व पत्रकार डिल्लीराज पन्तलाई पनि उपचारका लागि आर्थिक सहयोग गर्नु भएको थियो। विभिन्न व्यक्तिहरूलाई आर्थिक सहयोग गर्दै आउनु भएका महता सामाजिक कार्यमा अग्र स...
नेकपा(एमाले)ले कञ्चनपुरका नौ वटै पालिकामा जनप्रदर्शन ग¥यो

नेकपा(एमाले)ले कञ्चनपुरका नौ वटै पालिकामा जनप्रदर्शन ग¥यो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –नेकपा एमालेले कञ्चनपुरका नौ वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकता विरुद्ध एकजुट बनौँ” भन्ने नाराका साथ मंगलबार नौ वटै पालिकाका विभिन्न स्थानमा बृहत जनप्रदर्शन गरेको हो । जिल्लाको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा गरीएको जनप्रदर्शन कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, पोलिटव्यूरो सदस्य एवं कञ्चनपुर जिल्ला ईञ्चार्ज निरुदेवि पाल, जिल्लास्तरीय नेताहरुले संबोधन गरेका थिए । उनीहरुले देशमा जेनजीको नाममा अराजक, आतंककारी क्रियाकलाप गरीएको र असंबैधानिक सरकार गठन भएको उल्लेख गर्दै सडक आन्दोलनबाट संसद पुनस्थापना गर्ने बताएका छन् । अहिलेको सरकारलाई असंवैधानिक सरकारको संज्ञा दिदै निर्वाचनको नाममा कर्मचारीलगायत पार्टीका नेताकार्यकर्ताहरुलाई धम्क्याउने ...
लालझाँडीमा निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना

लालझाँडीमा निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । लालझाँडी गाउँपालिकामा २१२ पशुको निशुक्ल उपचार गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर कञ्चनपुरले मंगलबार लालझाडी गाउँपालिका वडा नम्बर १ स्थित नौरङ्गामा पशु स्वास्थ्य शिविरको आयोजना गर्दै विरामी भएका पशु, कुकुरहरुको निशुल्क उपचार गरिएको जनाएको छ । कार्यालयका प्रमुख श्याम सिंह खड्काले मंगलबार गरिएको शिविरबाट २१२ गाई, भैसी, बाख्रा, कुखुराको उपचार गरिएको बताए । यसैगरि, शिविरमा १७ कुकुरलाई रेबिज विरुद्धको सुइ पनि प्रदान गरिएको कार्यालय प्रमुख खड्काले बताए । शिविरमा पशु चिकित्सक डा.धिरज बोहरा सहितको टोलीले विरामी परेका स्थानीयका पशुहरुको उपचार गरेका थिए । स्थानीयहरुले पशु विरामी परेको लक्षण बताएपछि सोही अनुसार, औषधी समेत वितरण गरिएको भेटनरी कार्यालयले जनाएको छ । स्वास्थ्य शिविरको उद्दघाटन कार्यक्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशको भूमी , व्...

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
घोडाघोडी । यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाएनन् । उनलाई धान बेच्नका लागि चार दिन लाग्यो । जिल्लाको भजनी-४ का राजकुमार चौधरीलाई धान बेच्नका लागि चार दिन लाग्यो । सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइने आशाले किसान उत्साहित छन् । तर खरिद प्रक्रिया ढिलो भई लामो लाइन बस्दा पालो नआउँदा त्यो उत्साह निराशामा बदलिँदै गएको छ । कतिपय किसानले बिहानदेखि बेलुकीसम्म कुर्दा धान बेच्न नपाई घर फर्किनुपरेको छ । कति रातभरै केन्द्र अगाडि बस्छन्, भोलिपल्ट पहिलो पालोमा आफ्नो धान बेच्न सकुन् । तीन दिन भयो घर फर्किएको छैन । घोडाघोडीका किसान विष्णु चौधरी भन्छन्, “धान बेच्...
बागबाणीको एक घरबाट ६ जना जुवाडे पक्राउ

बागबाणीको एक घरबाट ६ जना जुवाडे पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा ६ जना जुवाडेसहित नगद रुपयाँ बरामद गरीएको छ । शनिबार दिउसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नं. १८ बागवाणि चोकस्थित विक्रम पुनको घरमा जुवा तास खेलीरहेका ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका प्रबक्ता एवं डिएसपि सागर बोहराले जानकारी दिए । गोप्य सूचनाको आधारमा पुनको घरमा खोजतलासी गर्नेक्रममा जुवाखालमा जुवातास खेलिरहेको अवस्थामै उनीहरुलाई पक्राउ गरीएको प्रहरीस्रोतले जानकारी दिएको छ । उनीहरुको साथबाट ६ गड्डी तास र नगद रु १३ हजार ९७५ फेलापारी बरामद गरीएको प्रबक्ता बोहराले बताए ।...

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

samachar, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्रादेशिक अस्पतालमाका लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालन नभएको, अस्पतालको मेडिकलमा स्वास्थ्यविमाले दिने भनिएका औषधि नराख्नेलगायतका १२ बुदे समस्या समाधान गर्न माग राख्दै अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले ज्ञापन पत्र पत्र बुझाएको हो । नेकपा बहुमतका नेता डम्मर विष्टद्वारा हस्ताक्षरित १२ बुदे ध्यानाकर्षण पत्र विहिबार अस्पताल प्रशासनलाई बुझाएको नेकपा बहुमतका नेता दिपेन्द्र ऐरीले बताए । स्वास्थ्य जस्तो संम्वेदनशिल संस्थामा स्वास्थ्यका करार कर्मचारीमाथिको शोषण र अन्य बेथिति पार्टीलाई सह्य नहुने बताउदै तत्काल ध्यानाकर्षण पत्रमा रहेका माग पूरा नगरेमा कडा रूपमा उत्रन बाध्य हुने उनले बताए । नेकपा बहुमत पार्टीले अस्पताल प्रशासनसँग मौखिक छलफलसँगै लिखित ध्यानाकर्षण सहितको ज्ञाप...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

samachar, ताजा अपडेट, राजनीति, समाचार
महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दलबाट सुधार वा निकासको आशा गर्नु मूर्खता भएको टिप्पणी गर्दै, पटक-पटक देशलाई निराशा दिने नेतृत्व फेरि चुनावी समीकरण मिलाउन जुटिरहेको आरोप लगाइन्। श्रेष्ठका अनुसार परिवर्तनका शक्तिहरू नेतृत्वको विवादमा अल्झिएका छन्, जसले एकता कठिन बनाएको छ। उनले एकल नेतृत्वको सट्टा “सामूहिक नेतृत्व” अर्थात् Council of Leaders को अवधारणा अघि सार्दै, विचार र जनमुद्दामा केन्द्रित नयाँ राजनीतिक वैकल्पिक शक्तिको आवश्यकता रहेको बताइन्। उनका अनुसार अहिले देशलाई मध्यमार्गी नीति, बजार नियमन र समृद्धि ल्याउने वैकल्पिक सरकारको खाँचो छ।...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन् । बेलडाँडी गाउपालिका वडा नं. २ का क्षमा विक र सरस्वती साउदको उद्धार गरी धनगढी उपमहानगरपालिका १३ स्थित दृष्टिविहिन फाउण्डेसनको जिम्मा लगाएकी हुन् । सामानिजक सेवामा व्यस्त गाँउपालिका उपाध्यक्ष नाथले सराहनिय कार्य गरेकि छनु । लामो समयदेखि मानसिक समस्याको सिकार भएका क्षमा विक र सरस्वती साउदको सडकबाटै उद्धार गरी पालिकाको एम्बुलेन्समार्फत दृष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उद्धार गरीएका दुबै जना मानसिक अस्वस्थ्यताको कारण सडकमै खाने र सडकमै सुत्ने गरेका थिए । सडकको नरक जीवन जीईरहेका उनीहरुलाई नयाँ जीवन दिनका लागि उद्धार गरी दुष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उपाध्यक्ष नाथका अनुसार क्षमा विकका दुई छोरा छन भने निर्मला स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज