Advertisement

शिक्षा

साधारण स्कुलमा नयाँ कार्यको थालनी

साधारण स्कुलमा नयाँ कार्यको थालनी

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर नमूना माध्यमिक विद्यालय साधारणमा शिक्षकहरुसित कार्य सम्पादन सम्झौता गरिएको छ । बिहीबार विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक र त्यसपछि प्रधानाध्यापले सबै शिक्षकहरुसित कार्य सम्पादन सम्झौता गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले प्रधानाध्यापक देबराज भट्टसित सुरुमा कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यसपछि प्रधानाध्यापक भट्टले कक्षा नर्सरीदेखि १० सम्मका सबै शिक्षकहरुसित सम्झौता पत्रमा हस्ताक्षर गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टले कार्य सम्पादन सम्झौता गरी विद्यालयमा नयाँ कार्य थालनी गरिएको बताए । ‘महेन्द्रनगर नमूना माध्यमिक विद्यालय साधारण स्कूलमा नयाँ कार्यको थालनी गरियो’ उनले भने,‘यसले विद्यालयको शैक्षिक भौतिक प्रगतिले अझै फड्को मार्ने आश राखेका छौ ।’ अध्यक...
सुदुरपश्चिममा प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा

सुदुरपश्चिममा प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । सुदुरपश्चिम प्रदेशलाई आज “साक्षर प्रदेश” को रूपमा घोषणा भएको छ। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्यांकका आधारमा यो घोषणा गरिएको हो। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू भएको सुनिश्चित भएपछि साक्षर घोषणा गर्ने निति रहेको छ । सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विशेष समारोहमा प्रदेश साक्षर भएको घोषणा गरेका हुन्।सुदुरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन्। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा, ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो। यसअघि सुदुरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए।धनगढीमा आयोजि...
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा अन्तराष्ट्रिय सम्मेलन हुदै

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा अन्तराष्ट्रिय सम्मेलन हुदै

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पस महेन्द्रनगरमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । केन्द्रिय क्यम्पसको आयोजना तथा भारतको झारखण्डस्थीत रहेको एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ वटा अन्य संस्थाहरुको सहयोगमा असारको १३ र १४ गते(शुक्रबार र शनिबार) ‘गुणस्तरीय शिक्षा र दिगो विकाशका उदीयमान अनुसन्धान प्रबृत्ति र नवप्रवर्तनहरुको बहुविधागत अनुसन्धान’ शिर्षकमा दुई दिने अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो । उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरीका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेशणकर्ताहरुले अनलाईन र अफलाईन आफ्नो प्रस्तुतिकरण गर्ने अन्तराष्ट्रिय सम्मेलनका कन्वेनर डा. मदन सिंह देउपाले बताउनुभयो । उनका अनुसार सम्मेलनमा २ कीनोट स्पीच, थिमेटिक स्पीच...
सुदूरपशिचम विश्वविद्यालयको स्थापना दिवस विविध कार्यक्रम गरी मनाईयो

सुदूरपशिचम विश्वविद्यालयको स्थापना दिवस विविध कार्यक्रम गरी मनाईयो

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विबिध कार्यक्रम गरी मनाईएको छ । मंगलबार विश्वविद्यालयको केन्द्रिय कार्यालय भीमदत्त नगरपालिका वडा नं. १८ सालघारीमा एक समारोको आयोजना गरी दिवस मनाईएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि रहेका थिए । भने विश्वविद्यालयका उपकुलपति प्राडा हेम राज पन्तको अध्यक्षता रहेको थियो । कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना कर्मचारी र प्राध्यापकलाई दीर्घ सेवा पदकबाट सम्मान गरीएको छ । उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरीएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ। ‘कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवद्र्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छ’ मुख्यमन्त्री शाह...
गर्मी बढे संगै बेलौरी नगरपालिकाले दियो बिदा

गर्मी बढे संगै बेलौरी नगरपालिकाले दियो बिदा

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढे सँगै नगरप्रमुख स्तरीय निर्णय अनुसार विद्यार्थी तथा शिक्षक, कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई मध्यनजर गरी वर्षे बिदाबाट मिलान हुने गरी जेष्ठ २७ र २८ गते नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ।...
महेन्द्रनगर मावि साधारण उत्कृष्ठ विद्यालय पुरस्कारबाट सम्मानित

महेन्द्रनगर मावि साधारण उत्कृष्ठ विद्यालय पुरस्कारबाट सम्मानित

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्याल(साधारण) उत्कृष्ठ विद्यालय पुरस्कार २०८२ बाट सम्मानित भएको छ । पोखरामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट महेन्द्रनगर माविले उत्कृष्ठ विद्यालय पुरस्कार पाएको हो ।   शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टलाई उक्त पुरस्कार प्रदान गरे । पुरस्कार पाएपछि प्रतिक्रिया दिदै अध्यक्ष विष्टले विद्यालयको शैक्षिक र भौीतक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको बताए । ‘यो सम्मान ग्रहण गर्न पाउँदा गौरवको अनुभूति भयो, हामी अत्यन्तै खुसी छौ, यसले आगामी दिनमा विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको छ’ पुरस्कार ग्रहणपछि अध्यक्ष विष्टले भने । उनले विद्यालयलाई सुदूरपश्चिममै उत्कृष्ठ बनाउन प्रत्यक्ष अ...
मेधावि सेकेण्डरी स्कूलले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनायो

मेधावि सेकेण्डरी स्कूलले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनायो

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–मेधावी सेकेण्डरी स्कूल महेन्द्रनगरले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । १८ औ गणतन्त्र दिवसको अवसरमा विद्यालयले महेन्द्रनगर बजारमा प्रभातफेरी, बक्तित्वकला प्रतियोगिता र नयाँ विद्यार्थीहरुहरुलाई स्वागत गरेको छ । बिहिबार १८औ गणततन्त्र दिवसको उपलक्ष्यमा मेधावी माविका विद्यार्थीहरुले महेन्द्रनगरको भाषि, ट्राफिक चोक हुदै जिल्ला कारागार कार्यालय भएर विद्यालयमा पुनःआएर बक्तित्वकला प्रतियोगिता सहित नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम गरेको हो । गणतन्त्र दिवसकको अवसरमा विभिन्न कक्षामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत टिका खादा लगाएर स्वागत गरीएको विद्यालयका कार्यक्रम संयोजक शिवम बस्नेत जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुविचमा ‘गणतन्त्र’ शिर्षकमा बक्तित्वकला प्रतियोगिता गरीएको र प्रथम, दितिय, तृतिय, तथा सान्त्वना पुरस्कार प्रदान गरीएको छ । प्राथमिक तह र माध्य...
महेन्द्रनगरमा करौडौको लगानीमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन

महेन्द्रनगरमा करौडौको लगानीमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन

Breaking News 1, samachar, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । महेन्द्रनगरमा करौडौ रुपयाको लगानीमा सुविधा सम्पन्न मण्टेश्वरी स्कूल संचालनमा आएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४ जानकी टोलमा मदरल्याण्ड मण्टेश्वरी स्कूल संचालनमा आएको हो । स्कूल स्थापना गर्न दुई करोड २५ लाख १५ हजार ५ सय ७ रुपया लगानी लागेको एक लगानी कर्ता प्रेमराज पनेरु(पुष्कर)ले बताए । गत बर्ष ०८१मा दर्ता भएपनि चालु शैक्षिक सत्र ०८२देखि विद्यालय संचालनमा आएको जनाएको छ । करोडौँ लगानीमा आधुनिक एसि सहित शिशु, बालबालिका विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा निर्माण गरिएका छन । मदरल्याण्ड मण्टेश्वरी विद्यालयकी प्रिन्सिपल सरस्वती चन्द(भट्ट)ले मण्टेश्वरीको अवधारणा अनुरुप गुणस्तरिय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन । प्रिन्सिपल सरस्वतीका अनुसार अग्रेजी माध्यमबाट हाल पुर्व प्राथमिक कक्षा बाल विकास, नर्सरी, एलकेजी, यूकेजी र कक्षा १सम्म मात्रै ...
सब्जीमण्डीको काक्रामा भेटियो अत्याधिक विषादी

सब्जीमण्डीको काक्रामा भेटियो अत्याधिक विषादी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, शेयर बजार, समाचार
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको मुख्य बजार महेन्द्रनगरको सब्जीमण्डीका काक्रामा अत्याधिक विषादी प्रयोग गरेको पाईको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं। ४ स्थीत रहेको सब्जीमण्डीमा मंगलबार बिक्रिकालागि ल्याईएका काक्रालगायतका विभिन्न तरकारीमा नमुदा जाँच गरीएकोमा काक्राका दुई नमुनामा अत्याधिक विषादी भेटिएको हो ।   विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई अत्तरिया, कैलालीको सहयोग र कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा सब्जीमण्डीमा विक्रिका लागि ल्याईएका तरकारी तथा फलफूलका १८ नमुना परीक्षण गरीएकोमा पाँच ओटा नमुना काक्राको रहेको र जसमध्ये दुई जना कृषकले उत्पादन गरेका काक्रामा अत्याधिक विषादीको मात्रा पाईएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । विञहरुका अनुसार तरकारीमा विषादीको रोकावट ३५ देखिमाथि ४५ प्रतिशतसम्म छ भने केहि दिन राख्ने अनि पर्खि...
बैतडीको पाटन बहुमुखी क्याम्पस स्ववियू सभापतिमा अनेरास्ववियूका भण्डारी विजयी

बैतडीको पाटन बहुमुखी क्याम्पस स्ववियू सभापतिमा अनेरास्ववियूका भण्डारी विजयी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
किरन चन्द, बैतडी – बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भएका हुन् । अघिल्लो स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको थियो । सभापतिमा भण्डारी १०५ मतका साथ विजयी भएक हुन् । भने उनका प्रतिस्पर्धि जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतम प्रसाद अवस्थीले ५६ मत, नेविसंघका माधवी भट्टले १६ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत उत्तम भण्डारीले जानकारी दिए । सचिवमा अखिल क्रान्तिकारीका प्रकाश भट्ट विजयी भएका छन् । उनले ९२ मत प्राप्त गरे भने उनका निकतम प्रतिस्पर्धी जनजागरणकी कमला भट्टराईले ५६ मत ल्याइन । त्यसैगरी नेवि संघका चाहना विष्टले २६ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका गजेन्द्र चुनाराले १०७ मत ल्याउ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज