कञ्चनपुर–३ मा रास्वपाको परिवर्तनको सन्देश: ज्ञानेन्द्र सिंह महता प्रतिनिधि सभा उम्मेदवार सर्वसम्मत
कंचनपुर
कञ्चनपुर । दशकौँदेखि सत्तामा रहे पनि जनताको जीवनस्तर बदल्न नसकेको पुरानो राजनीतिक प्रवृत्तिविरुद्ध निर्णायक विकल्प प्रस्तुत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट ज्ञानेन्द्र सिंह महतालाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।
कञ्चनपुरस्थित पार्टी कार्यालयमा निर्वाचन क्षेत्र नम्बर ३ समिति सभापति कर्णबहादुर चन्दको सभापतित्वमा बसेको निर्वाचन क्षेत्र समिति, पालिका सभापति तथा केन्द्रीय नेताहरूको संयुक्त बैठकले कुनै मतभेदबिना महतालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टी संगठन निर्माणदेखि नीति निर्माणसम्म सक्रिय र प्रभावकारी भूमिका खेलेका महता सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा पारदर्शी, उत्तरदायी र जनमुखी नीति आवश्यक रहेको विषयमा निरन्तर बहस गर्दै आएका नेता हुन्। यही अ...





















