सुदूरपश्चिमका दुई सर्जकका लघुकथा कृतिमाथि महेन्द्रनगरमा साहित्यिक विमर्श

प्रकाशित:

कञ्चनपुर
महेन्द्रनगर — सुदूरपश्चिमका दुई सर्जक रामचन्द्र नेपाल र लक्ष्मीप्रसाद पौडेलका लघुकथा कृति ‘अनुक्रम’ र ‘प्रश्नोत्तर’ को लोकार्पण तथा साहित्यिक विमर्श कार्यक्रम महेन्द्रनगरमा भव्यतापूर्वक सम्पन्न भएको छ।
प्रगतिशील लेखक संघ (प्रलेस) कञ्चनपुरको आयोजनामा सम्पन्न कार्यक्रम प्रलेस कञ्चनपुरका अध्यक्ष प्रजापति नेगीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार **वीरबहादुर चन्द ‘विश्राम’**को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा दुवै कृतिकारको समेत उपस्थिति रहेको थियो।
प्रलेस सुदूरपश्चिमका सह–इञ्चार्ज तथा केन्द्रीय सदस्य रमेश पन्त ‘मीतबन्धु’ र प्रलेस सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्माको विशेष समुपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव प्रेमप्रकाश कलौनीले गरेका थिए।
कार्यक्रममा सगरमाथा साहित्य प्रतिष्ठान सुदूरपश्चिम प्रदेशका अध्यक्ष खिमानन्द बडू, मानसखण्ड फाउन्डेसनका अध्यक्ष नारा जोशी, संविधानसभा सदस्य आनन्दी पन्त, गुगुल्डी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकला पन्त, सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अनुसन्धान केन्द्रका निर्देशक हरिशचन्द्र भट्ट तथा निवर्तमान डिन मुकुन्द कलौनीलगायतले शुभकामना मन्तव्य तथा रचना वाचन गरेका थिए।
त्यसैगरी सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति सरस्वती दहाल, प्राज्ञसभा सदस्य हरिशप्रसाद जोशी, मानसखण्ड गुरुकुलका निर्देशक हेमबाबु लेखक, जनज्योति एजुकेसन फाउन्डेसनका प्रिन्सिपल सुरेन्द्रराज जोशी तथा साहित्यकारहरू मीना पन्त, सरस्वती भट्ट धामी, हिरा जोशी भट्ट, नारायण गिरी, नारायण लम्साल र गणेशराज जोशीलगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा छ जना नवसर्जकले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
‘प्रश्नोत्तर’ र ‘अनुक्रम’ माथि समीक्षात्मक विमर्श
कार्यक्रमको प्रमुख आकर्षण कृति विमर्श सत्र रहेको थियो। साहित्यकार लक्ष्मीप्रसाद पौडेलको लघुकथा सङ्ग्रह ‘प्रश्नोत्तर’ माथि साहित्यकार तथा प्रलेस केन्द्रीय परिषद् सदस्य एवं प्रदेश समिति सल्लाहकार जगन्नाथ आत्रेय र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सहप्राध्यापक श्यामसुन्दर ढकालले समीक्षात्मक आलेख प्रस्तुत गरेका थिए।
त्यस्तै रामचन्द्र नेपालको लघुकथा सङ्ग्रह ‘अनुक्रम’ माथि वरिष्ठ साहित्यकार पञ्चमराज भट्ट तथा शारदा विद्यापीठ, महेन्द्रनगरका सहप्राध्यापक हरिप्रसाद खतिवडाले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए।
समीक्षकहरूले दुवै कृतिका विषयवस्तु, लेखन प्रवृत्ति, सामाजिक सरोकार, लघुकथाको भाव तथा कलापक्ष र समकालीन जीवनसँगको सम्बन्धका विभिन्न पक्षमाथि विमर्श गरेका थिए।
समीक्षाबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै कृतिकारद्वय रामचन्द्र नेपाल र लक्ष्मीप्रसाद पौडेलले आगामी लेखन यात्रामा प्राप्त सुझावलाई आत्मसात् गर्दै आफ्ना सिर्जनालाई अझ परिष्कृत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
साहित्य सामाजिक रूपान्तरणको माध्यम बन्नुपर्छ : विश्राम
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार **वीरबहादुर चन्द ‘विश्राम’**ले कार्यक्रम अत्यन्त गहन र सघन रहेको धारणा व्यक्त गर्दै कृतिकारद्वय तथा नवसर्जकहरूलाई साहित्यिक यात्रामा अझ सक्रिय हुन आग्रह गरे।
उनले साहित्य केवल मनोरञ्जनको माध्यम नभई सामाजिक चेतना, रूपान्तरण र उत्थानको महत्वपूर्ण माध्यम भएकाले सर्जकहरूले समाजका वास्तविक समस्या, विसङ्गति र सम्भावनालाई सिर्जनामा प्रतिबिम्बित गर्दै साहित्यिक सेवामा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए।
प्रलेसको साहित्यिक अभियान निरन्तर
कार्यक्रमको समापन गर्दै प्रगतिशील लेखक संघ कञ्चनपुरका अध्यक्ष प्रजापति नेगीले प्रलेस कञ्चनपुर साहित्यिक अभियानमा निरन्तर सक्रिय रहेको बताए।
उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सर्जक, साहित्यकार, अतिथि, समीक्षक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै प्रलेस कञ्चनपुरको मुखपत्र ‘अरुणोदय’ तथा प्रलेस सुदूरपश्चिमको मुखपत्र पनि छिट्टै प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए।
उनले दुवै प्रकाशनका लागि साहित्यकार तथा सर्जकहरूलाई आफ्ना खोजमूलक, अनुसन्धानात्मक तथा सिर्जनात्मक रचना उपलब्ध गराइदिन आग्रहसमेत गरे।
युवा पुस्ताको सक्रिय सहभागिता
प्रलेसका साहित्यिक गतिविधि तथा कार्यक्रम आयोजनामा युवा साहित्यकारहरू सन्दीप समर्पण, चाँदनी भट्ट, अमितप्रसाद भट्ट र निर्मला साउद तथा जनज्योति एजुकेसन फाउन्डेसनले महत्वपूर्ण सहयोग गर्दै आएको आयोजकले जनाएको छ।
त्यसैगरी सक्रिय पत्रकार तथा विकल्प दैनिकका सम्पादक रानी विभासले मिडिया सहयोगीका रूपमा प्रलेसका गतिविधि तथा साहित्यिक कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको कार्यक्रम सञ्चालक तथा प्रलेस कञ्चनपुरका सचिव प्रेमप्रकाश कलौनीले जानकारी दिए।
सुदूरपश्चिमका सर्जकहरूको सिर्जनालाई केन्द्रमा राखेर गरिएको यस प्रकारको कृति लोकार्पण, समीक्षा र नवसर्जक प्रस्तुति सहितको सामूहिक साहित्यिक विमर्शले स्थानीय साहित्यिक गतिविधिलाई थप ऊर्जा दिएको सहभागीहरूको धारणा रहेको छ।

कार्यक्रम मिति २०८३/५/२७
स्थान

धर्मा रोकाया

जनज्योति मा विको सभाकक्ष

ताजा समाचार

सम्बन्धित समाचार