हारको समीक्षा गर्दै कञ्चनपुरमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान,

प्रकाशित:

कञ्चनपुर, असार १६ –

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय बेहोरेपछि नेकपा (एमाले) कञ्चनपुरले जिल्लाका नौवटै पालिकाका वडामा ‘मिसन पार्टी जागरण–२०८३’ अभियान सञ्चालन गरेको छ।

अभियानमार्फत निर्वाचन परिणामको समीक्षा, संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा युवालाई नेतृत्वमा अघि बढाउने लक्ष्य राखिएको पार्टीले जनाएको छ।
एमालेका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज कृपाराम रानाका अनुसार अभियानको पहिलो चरणमा सदस्यता नवीकरण, नयाँ सदस्यता विस्तार, संगठन पुनर्जीवन तथा कार्यकर्तासँग छलफल, अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन्। विगतका कमजोरी सुधार गर्दै जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउने उद्देश्यले अभियान अघि बढाइएको उहाँले बताउनुभयो।

हालसम्म कृष्णपुर, पुनर्वास, दोधारा चाँदनी, भीमदत्त, बेदकोट नगरपालिका तथा बेलडाँडी र लालझाँडी गाउँपालिकाका विभिन्न वडामा कार्यकर्तासँग संवाद सम्पन्न भएको छ। असार मसान्तसम्म सदस्यता नवीकरण र विस्तार सम्पन्न गर्ने तथा प्रत्येक सदस्यको विवरण अनलाइन प्रणालीमा अद्यावधिक गर्ने लक्ष्य पनि राखिएको छ।
अभियानलाई ‘६ ज’ नीतिमा आधारित बनाइएको छ। ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा सक्षम नेतृत्व तयार गरौँ’ भन्ने अवधारणालाई अभियानको मूल आधार बनाइएको जिल्ला इन्चार्ज रानाले जानकारी दिनुभयो।
यसैबीच, स्थानीय शिक्षक (नाम) ले राजनीतिक दलहरूले निर्वाचनपछि आफ्ना कमजोरीको समीक्षा गर्दै जनतासँग प्रत्यक्ष संवाद गर्ने प्रयास गर्नु लोकतान्त्रिक अभ्यासका दृष्टिले सकारात्मक भएको बताउनुभयो।
उहाँका अनुसार, “राजनीतिक दलले आत्मसमीक्षा गर्दै युवालाई नेतृत्वमा अवसर दिने र जनताका गुनासा सुन्ने संस्कृति विकास गर्न सके लोकतन्त्र थप सुदृढ हुन्छ। यस्ता अभियान केवल पार्टीभित्र सीमित नभई शिक्षा, स्वास्थ्य, रोजगारीलगायत जनसरोकारका विषयमा पनि केन्द्रित हुन आवश्यक छ।”
अभियानलाई प्रभावकारी बनाउन निर्वाचनमा सहभागी भएका केन्द्रीय नेताहरूलाई नौवटै पालिकामा जिम्मेवारी दिइएको छ। भीमदत्त नगरपालिकामा ईश्वरी खरेल, दोधारा चाँदनीमा डा. दीपक प्रकाश भट्ट, बेदकोटमा कृपाराम राना, शुक्लाफाँटामा बच्चनबहादुर सिंह, कृष्णपुरमा गोविन्द कलौनी, बेलौरीमा कमला बोहरा, पुनर्वासमा तारालामा तामाङ, बेलडाँडीमा नरबहादुर धामी तथा लालझाँडीमा इन्दु कडरिया अभियानमा खटिएका छन्।
एमाले कञ्चनपुरका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जनकराज अवस्थीका अनुसार पार्टीलाई आगामी दिनमा निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो। जिल्ला तथा प्रदेश कमिटीले अभियानलाई आवश्यक सहयोग गरिरहेका

ताजा समाचार

सम्बन्धित समाचार