कञ्चनपुर, साउन ९।
कृष्णपुर नगरपालिकाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको सरसफाइ अभियानमा सबै सरोकारवालालाई सहभागी हुन नगर प्रमुख हेमराज ओझाले सम्पूर्ण नगरवासीहरूलाई सहभागी हुन अनुरोध गरेका छन् नगर प्रमुख ओझाले भने सरसफाई हामी सबैका लागि हो मानव जीवनको महत्वपूर्ण पाटो पनि सरसफाई नै हो। त्यसैले हामी सबै मिलेर सरसफाई गर्नुपर्छ।


नगरपालिकाले सबैलाई आफ्नो अमूल्य समय निकालेर कार्यक्रममा उपस्थित भई अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

