कञ्चनपुर साउन २० गते

, २०८३ साउन २०। सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका राज्य मन्त्री माननीय मधु भारतीले महाकाली प्रादेशिक अस्पतालको हस्तान्तरण सम्पन्न भई सञ्चालनमा आउन बाँकी रहेको नयाँ भवनको आज स्थलगत अनुगमन गर्नुभएको छ। 
अनुगमनका क्रममा राज्यमन्त्री भारतीले भवनको भौतिक अवस्था, आवश्यक स्वास्थ्य उपकरणको उपलब्धता, जनशक्ति व्यवस्थापन तथा भवन सञ्चालनका लागि बाँकी रहेका तयारीबारे महाकाली प्रादेशिक अस्पतालका अस्पताल व्यवस्थापन अध्यक्ष महेश पन्त र अस्पतालका मेसु डाक्टर जगदीश जोशी सँग विस्तृत जानकारी लिनुभएको छ

उहाँले नयाँ भवन समयमै सञ्चालनमा आएपछि महाकाली प्रादेशिक अस्पतालको सेवा क्षमता उल्लेखनीय रूपमा विस्तार हुने विश्वास व्यक्त गर्दै सर्वसाधारणले थप सहज, प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो। साथै, भवन सञ्चालनका लागि आवश्यक सबै तयारी शीघ्र सम्पन्न गरी सेवा प्रवाह सुरु गर्न सम्बन्धित निकायलाई आवश्यक समन्वय र सक्रियता अपनाउन निर्देशन दिनुभएको छ

नयाँ भवन सञ्चालनमा आएसँगै अस्पतालमा बिरामीको चाप व्यवस्थापन, विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार तथा आधुनिक स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

