सुनापति गाउँपालिकामा वृद्धवृद्धालाई समाजिक सुरक्षा भत्ता पाउन निकै सास्ती (फोटोफिचर सहित)

प्रकाशित:

रामेछाप ।  सुनापति गाउँपालिकाले छिटो र सहज बनाउन पहिलो पटक बैंकमार्फत् सामाजिक सुरक्षाको भत्ता रकम वितरण गर्दा वृद्धवृद्धालाई सास्ती खेप्नुपरेको छ। 

सुनापतिमा रहेको सिटिजन्स बैंकबाट समाजिक सुरक्षा भत्ता वितरणमा सहजता नभएका कारण सयौं वृद्धवृद्धा अपांगले भत्ता रकम पाउन सास्ती खेप्नुपरेको छ। भत्ता रकम पाउन बिहान ८ बजेदेखि लाइन बस्दा पनि  ११ बज्दा पनि पालो नआएको गुनासो गरिएको छ । 

राज्यले सम्मान गरेका व्यक्तिहरू बैंकमा रकम झिक्नसमेत वृद्धवृद्धाहरू लामो समय लाइनमा बस्न बाध्य बनेका छन्। न बस्नलाई कुर्सी छ, न समाउने ठाउँ छ, उभिएर २,३ घण्टा बस्नु पर्दा शारीरिकरूपमा कमजोर भएका वृद्धवृद्धा निकै कष्टका साथ भत्ता लिन लामो समय लाइनमा बस्दा रिङ्गटा लाग्ने गरेका छन्।

बैंकमार्फत् भत्ता रकम वितरण गर्दा गाउँपालिका भित्र बसोबास गर्ने सयौं वृद्धवृद्धा अपांगले यातायातको सुविधा नहुँदा बिहान ३, ४ बजेदेखि हिंडेर बैंकसम्म आउनु पर्छ कान सुन्दैन, छोराछोरीलाई दिँदैन, बर्षातको समय भएका कारण चिप्लिएर लडिएला भन्ने निक्कै डर हुन्छ ७८ वर्षका वृद्ध आईमान सिंह तामाङले सुनापति न्युज डटकमलाई बताउनुभयो । अर्का ७९ वर्षका प्रताप सिंह तामाङले आउन जान निकै सास्ती भएको छ उकालो ओरालो गर्न गाह्रो हुन्छ हामीलाई वडामा भए राम्रो हुने दुःखेसो गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार