Advertisement

कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

Advertisement

महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबारदेखि १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले प्रीतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कृष्णपुर नगरपालिका वडा नंम्बर २ वाणी स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा हुने उक्त प्रतियोगितामा पालिकाका २६ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहभागि गराउने नगर प्रमुख हेमराज ओझाले बताउनु भयो । ‘यस प्रतियोगितामा नगरपालिका भरीका सबै २६ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धि रहनेछन,’ उहाले भन्नुभयो ‘सानो कक्षाको विद्यार्थीहरु पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्, तर अन्य कक्षा आठ भन्दा साना विद्यालयका विद्यार्थीहरु सहभागिताबाट छुट्ने कुरालाई मध्यनवजर राख्दै अन्य बक्तित्वकला, बादविवाद प्रतियोगिता समेत आयोजना गरिनेछ ।’
मेयर ओझाका अनुसार प्रथम,द्वितिय, तृतियलाई नगद ५, ३ र २ हजार पुरस्कार प्रदान गरिनेछ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाकै प्रमुख आथित्यमा प्रतियोगिता उद्घाटन हुनेछन । उद्घाटन कार्यक्रममा विद्यालयका पुर्व पदाधिकारी, शिक्षक सहितका नगरको खेलकुद विकासका योगदान पु¥याउने खेलाडीलाई सम्मान गरिनेछन ।

 

नगर प्रमुखओझाले प्रतियोगिता सफलरुपमा सम्पन्न गर्नको लागि विविन्न समिति उपसमिति बनाईएको समेत बताए । संघीय सरकारको नियमित खेलकुद प्रतियोगितासंगसंगै नगरले समेत खेलकुद क्षेत्रको बृद्धि विकासका लागि कार्यक्रम अघि बढाएको नगर प्रमुख ओझाले बताए । विद्यालयहरुले विद्यार्थीहरु छनौट गरिसकेको र उनीहरुलाई अभ्यास गराईरहेका मेयर ओझाले बताउनुभयो । “नगर खेलकुद प्रतियोगितामा सहभागिताका लागि नगरका सबै सामुदायिक र संस्थागत विद्यालयले अहिले आ–आफ्नो विद्यालयमा खेलाडी छनौट गरिरहेका छन, ‘मेयर ओझाले भने, ‘सबै विद्यालयले राम्रो भन्दा राम्रो प्रर्दशन गर्ने लक्ष्य अघि सारेका छन ।’
राष्ट्रपति रनिङशिल्ड प्रतियोगितासंगै विद्यालयमा खेल मैदान निर्माणदेखि खेलकुद पुर्वाधारा समेत निर्माण भईरहेको मेयर ओझाले बताए । ‘हाम्रो उदेश्य केबल राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मात्रै गर्ने होईन, ‘मेयर ओझाले भन्नुभयो ‘एक विद्यालय एक खेलकुद मैदान निर्माण गर्नेपनि हो, सोही अनुरुप हामीले फिल्डमा खटिएका छौँ ।’ खेलकुदका माध्यमबाट खेलाडी उत्पादनदेखि युवा पुस्तालाई कुलतबाट बचाउने उदेश्य समेत रहेको उहाँले बताउनुभयो । ‘खेलकुद महोत्सव पनि हो, हामीले यसलाई उत्सकै रुपमा मनाईरहेका छौँ, ‘उनले भने, ‘उत्सवमा विद्यार्थी, शिक्षक, अभिभावक सहितको सहभागिता हुनेछ ।’

 

 

कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले नगरस्तरकै प्रतियोगिताले उत्साह जगाएको बताए । ‘हाम्रो वडा, नगर खेलकुदको उर्बराभूमि हो, ‘उनले भने, ‘यस प्रतियोगिताबाट समेत थप खेलकुद क्षेत्रमा आयाम थप्नेछ ।’ प्रतियोगिता संचालनकै लागि सरस्वती माविमा फिल्ड व्यवस्थापन गरिने बताए । वडाध्यक्ष साउदले नगरभरीकै विद्यार्थी,शिक्षक सहितको सहभागिताले वाणी क्षेत्र खेलकुदमय बन्नेदेखि स्थानीय पर्यटन प्रर्बद्धन हुने बताए ।

 

 

सरस्वती माध्यामिक विद्यालयका प्रद्यानाध्यापक अम्बादत्त बडूले विद्यालयमा पहिलो पटक हुन लागेको राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताले विद्यार्थी, शिक्षक, अभिभावमा उत्साह जगाएसंगै सम्पन्न गर्नका लागि खटिएको बताए ।
कृष्णपुर नगर खेलकुद समितिका अध्यक्ष प्रकास खडकाले यस बर्षपनि भईरहेको नगर स्तरिय खेलकुद प्रतियोगिता उत्साहजनक र विगत भन्दा थप पुरस्कृत बनाईने बताए । खेलकुद प्रतियोगिताले थप खेलाडीलाई समेत उत्साह जगाउने बताए । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले जिल्लाका केही पालिकाले नगर स्तरको छनौट प्रतियोगिता सम्पन्न गरेको केहीले अब गर्ने भएकाले जिल्लाभरी खेलकुद महोत्सवको माहोल बनाएको बताए ।
गत बर्ष नगरको पुर्वी भूगोल क्षेत्रमा रहेको गुलरियामा रहेको कृष्ण माध्यामिक विद्यालयमा भएको राष्ट्रपति रनिङ्गशिल्ड यस पटक नगरको पश्चिम भेग वाणीमा रहेको सरस्वती माध्यामिक विद्यालयमा हुन लागेको हो ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज