×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

महेन्द्रनगरमा सञ्चालनमा आयो ग्लोबल इन्स्टिच्युट

कञ्चनपुर ।  ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिले कञ्चनपुरमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। ग्लोबल इन्स्टिच्युट टेक्नोलोजी प्रालिले महेन्द्रनगरको गल्ली नम्बर ३ मा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो।

बुधबार एक भव्य कार्यक्रमको आयोजना गर्दै शाखाको उद्घाटन गरिएको ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिका संस्थापक बिबी भण्डारीले जानकारी दिनुभएको छ। उक्त इन्स्टिच्युटबाट कोरियन, जापानिज भाषा अध्ययनका साथै, आईल्स, पिटिई, ट्युसन तथा कम्प्युटरका कक्षा सञ्चालन गरिने संस्थापक भण्डारीले बताउनुभएको छ।

विगत १५ वर्षदेखि भारत र नेपालमा ६ वटा शाखा खोलेर विद्यार्थीहरु तथा युवाहरुलाई कसरी सफल बनाउन सकिन्छरु कसरी रोजागारी दिन सकिन्छरु भन्ने सिद्धान्तमा इन्स्टिच्युटले काम गर्दै आइरहेको भण्डारीको भनाई रहेको छ।

ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिको छिमेकी राष्ट्र भारतमा समेत ३ वटा शाखा सञ्चालनमा रहेको इन्स्टिच्युटका प्रबन्ध निर्देशक बिष्णु साउदले जानकारी दिनुभएको छ। यसभन्दा अगाडी कैलालीको धनगढीमा र अत्तरियामा शाखा सञ्चालन ल्याइसकेको प्रबन्ध निर्देशक साउदले बताउनुभएको छ। उहाँले भन्नुभयो ‘ हामिले इन्स्टिच्युटमा विद्यार्थीको आवश्यक्ता अनुसारको कक्षा सञ्चालन गरि अनुभवी शिक्षकहरूबाट कक्षा सञ्चालन गरिरहेको छौं।,  हामिले भारतमा पनि ३ वटा शाखा सञ्चालन गरेर कार्य गरिरहेका छौं भने यसभन्दा अगाडी धनगढी र अत्तरिया शाखा सञ्चालनमा ल्याइसकेका छौं।‘ साथै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको उहाँले बताउनुभएको छ।

ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी धनगढी र अत्तरिया शाखामा ६ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने भारतमा रहेका तिन वटै शाखामा १ हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिहेका छन्।

त्यसैगरी ग्लोबल इन्स्टिच्युट शाखाका प्रमुख रोसन साउदले विगत १५ वर्षदेखि इन्स्टिच्युटले विद्यार्थीहरूको लागि जसरी अनुभवी शिक्षक द्वारा कक्षा सञ्चालन गरिरहेको छ त्यसरी नै महेन्द्रनगर शाखामा पनि कक्षाहरू सञ्चालन गरिने बताउनुभएको छ।उहाँले विद्यार्थीको उज्जवल भविष्यको लागी आफू लगायत ग्लोबल इन्स्टिच्युट महेन्द्रनगर शाखाको टिम निरन्तर कार्य गर्ने प्रतिवद्धता गर्नुभएको छ।

त्यस्तै धनगढी शाखाका प्रमुख तथा कोरियन भाषाका शिक्षक चक्र देउवाले ग्लोबल इन्स्टिच्युटले विद्यार्थीहरूलाई दक्ष र अनुभवी शिक्षकबाट अतिरिक्त कक्षाहरू समेत सञ्चालन गराइरहेको बताउँदै इन्स्टिच्युटले विद्यार्थीको उज्जवल तथा राम्रो भविष्यको लागी कार्य गर्ने बताउनुभयो। कार्यक्रममा शिक्षक, विद्यार्थी, समाजसेवी, पत्रकार लगायत स्थानीयको समेत भव्य उपस्थिती रहेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जनताको सुख–दुःखमा सधैं अग्रपंक्तिमा: कञ्चनपुर–३ का सांसद ज्ञानेन्द्र महताको उदाहरणीय जनसेवा

कञ्चनपुर,  जेठ ३१ गते जनप्रतिनिधि भनेको केवल निर्वाचन जितेर संसद् पुग्ने पद मात्र होइन, जनताको आशा, भरोसा र समस्याको समाधान गर्...

वर्षाले छेक्न नसकेको क्रिकेट जोश—कञ्चनपुरमा खेलाडीहरूको शानदार प्रदर्शनले मैदान ततायो!

कञ्चनपुर जेष्ठ २९ गते हेमा भट्ट, कञ्चनपुर- श्री होली फेम्ली इङ्गलिस मिडियम स्कुलको खेल मैदानमा कञ्चनपुर क्रिकेट संघद्वारा आयोज...

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...
थिएटरको मञ्चदेखि नेपाली चलचित्रसम्म: संघर्ष, समर्पण र सफलताको प्रेरणादायी यात्रामा कलाकार रामबाबु रेग्मी

थिएटरको मञ्चदेखि नेपाली चलचित्रसम्म: संघर्ष, समर्पण र सफलताको प्रेरणादायी यात्रामा कलाकार रामबाबु रेग्मी

कञ्चनपुर जेठ १० गते हेमा भट्ट नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा निरन्तर समर्पण, अनुशासन र कलाप्रतिको अटुट विश्वास...
कञ्चनपुरमा युवक मृत फेला, घटनाबारे प्रहरीले थाले गम्भीर अनुसन्धान

कञ्चनपुरमा युवक मृत फेला, घटनाबारे प्रहरीले थाले गम्भीर अनुसन्धान

  हेमा भट्ट कञ्चनपुर, ०८ जेठ - भीमदत्त नगरपालिका-६ ऐठपुरस्थित नहर छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार स...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज