Advertisement

कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

Advertisement

महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिका २वाणीको सरस्वती माविको प्राङगणमा मंगलबारदेखि शुरु भएको हो । कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीको बृद्धि विकासमा साथै समग्र क्षेत्रको विकासमा टेवा पुग्ने बताए । मन्त्री थापाले प्रदेश सरकारले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि समेत आवश्यक योजना ल्याएको बताए । पहिलो पटक कृष्णपुर २को सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा भएको १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सरस्वती माविका पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, नगर क्षेत्रका खेलाडी, समाजसेवीलाई पुरस्कार प्रदान गरिएको छ । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले पहिलो पटक आफ्नो वडामा हुन लागेको राष्ट्रपति रनिङ्ग प्रतियोगिताले उत्साह जगाएको बताए । वडाध्यक्ष साउदले आफुहरुले वडामा हुन लागेको प्रतियोगिता सम्पन्न गर्नका लागि सरोकारवाला सबै खटिएर यहाँसम्म पुगेको बताए ।

 

उनले नगरस्तरकै प्रतियोगिताले उत्साह जगाएको बताए । ‘हाम्रो वडा, नगर खेलकुदको उर्बराभूमि हो, ‘उनले भने, ‘यस प्रतियोगिताबाट समेत थप खेलकुद क्षेत्रमा आयाम थप्नेछ ।’ वडाध्यक्ष साउदले नगरभरीकै विद्यार्थी,शिक्षक सहितको सहभागिताले वाणी क्षेत्र खेलकुदमय बेर स्थानीय पर्यटन प्रर्बद्धन हुने बताए । वडाध्यक्ष साउदले अहिले वाणी क्षेत्र खेलकुदमयी बनेको छ ।

मेयर ओझाले संघीय सरकारको नियमित खेलकुद प्रतियोगितासंगसंगै नगरले समेत खेलकुद क्षेत्रको बृद्धि विकासका लागि कार्यक्रम अघि बढाएको बताए । नगरको लक्ष्य अनुरुप पालिकाले फरक फरक भूगोल क्षेत्रमा प्रतियोगिता आयोजना गरेर विद्यालय स्तरबाटै खेलकुद विकास गर्न खोजिएको बताए । ‘गत बर्ष नगरको पुर्वी भूगोल क्षेत्रमा रहेको गुलरियामा रहेको कृष्ण माध्यामिक विद्यालयमा भएको राष्ट्रपति रनिङ्गशिल्ड यस पटक नगरको पश्चिम भेग वाणीमा रहेको सरस्वती माध्यामिक विद्यालयमा हुन लागेको प्रतियोगितामा २६ विद्यालयविच प्रतिस्पर्धा हुन लागेको छ ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज