×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

कञ्चनपुरमा एचपिभी खोप अभियान जानकी कन्या माविबाट शुरु

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पनि पाठेघरको मुखको क्याम्पसबाट बाच्नका लागि मंगलबारदेखि एचपिभी खोप अभियान शुरु भएको छ । मंगलबार कञ्चनपुर जिल्लामा जानकी कन्या मावि विद्यालयबाट अभियानको शुभारम्भ गरिएको हो । जिल्ला समन्वय प्रमुख दुर्गादत्त जोशीको सभापतित्व तथा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अभियानको औपचारीकरुपमा सुभारम्भ गरीएको छ । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशभर पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु भएको छ ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापाकोटाले पाठेघरको क्यान्सरबाट बच्नको लागि सबै लक्षीत महिलाले लगाउन आवश्य रहेको बताउनुभयो । बार्षिकरुपमा महिलाहरुले पाठेघरको क्यान्सरबाट मृत्युबरण गरीरहको बताउदै प्रमुख जिल्ला अधिकारी सापकोटाले कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत विद्यार्थी र अन्य विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष उमेर समुहलाई निर्धक्क भएर एचपिभी खोप लगाउन आग्रह गर्नुभयो ।

 

त्यसैगरी समुदघाटन कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले समयमा पाठेघरको क्यान्सर विरुद्धको खोप लगाएर क्यान्सर हुनबाट जोगिन सबैमा आग्रह गरे । कोरोनाकालमा पनि खोप लगाउने व्यक्तिले कम समस्या झेले भने खोप नलगाउने मानिसले मृत्यू बरण गरेको उल्लेख गर्दै समन्वय प्रमुख बोहराले एचपिभि खोप पनि समयमा लगाउन लक्षीत समुदाय तथा उमेर समुहलाई आग्रह गरे ।

 

त्यसैगरी महाकाली प्रादेशिक अस्पतालका सुपरिटेन्डेण्ट डा. अर्जुन भट्टले पाठेघर विरुद्धको एचपिभी खोप डब्लुएचएले प्रमाणित गरेको खोप भएकोले एकदमै सुरक्षित रहेको बताउदै ढुक्क भएर खोप लगाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकास जोशीले राष्ट्रिय खोप अभियान अन्तर्गत जिल्लाले भीमदत्त नगरपालिकासंग समन्वय गरेर सदरमुकाम महेन्द्रनगर स्थित जानकी कन्या मावि र अन्य पालिकाले आ–आफ्नो निश्चित एक स्थान छनौट गरेर खोप अभियानको उद्घाटन गरेर जिल्लाभरी एकसाथ अभियान शुरु भएको बताउ ।

 

स्वास्थ्य कार्यालय कञ्चनपुरले २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिने लक्ष राखेको छ । आज माघ २२ मंगलबार देखि शुरु भएको खोप अभियान ६ फागुनसम्मै संचालन हुनेछ । विद्यालयमा अध्ययनरत २६ हजार, ८सय २ र विद्यालय बाहिर रहेका ९ सय ६३ किशोरीलाई खोप दिईनेछ । जिल्लाभरी ४ सय २६ खोप केन्द्र मार्फत पाठेघरको मुखको क्यान्सर बिरुद्धमा खोप दिईने उनले बताए । नियमित खोपसंगै यस अघि खोप लगाईसकेका किशोरीहरुलाई अभियानको क्रममा खोप दिईने छैन । विद्यालयमा ४ सय २६ र विद्यालय बाहिर ८२ खोप केन्द्र मार्फत खोप दिईने छ । ४ सय २६ खोप स्वास्थ्यकर्मी र ८ सय ५२ स्वाथ्यस्वयम सेवक खटिएका छन् ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सुरेश धामी, महाकाली प्रादेशिक अस्पतालका सुपरिटेन्डेण्ट डा. अर्जुन भट्ट, जिल्ला स्वास्थकार्यालयका स्वास्थ्य कर्मी, स्वास्थ्यस्वयमसेवक, विद्यालयका विद्यार्थीलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज