×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

आज सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन गरिदै : ज्योती मगरको प्रस्तुती

महेन्द्रनगर -गत मंगलबार १५ माघदेखि कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा संचालन भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव आज शनिबार समापन गरिदैछ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पषर््टकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक कञ्चनपुर पर्यटन महोत्सव संचालन भएको थियो ।
नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुरु भएको महोत्सवमा हजारौँ दर्शकले मेला अवलोकन गरेका छन ।
नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एव मेला मुल आयोजक समितिका संयोजक ललित परियारले दैनिक हजारौँ दर्शकले मेला अवलोकन गरिहेको बताए । संयोजक परियारका अनुसार नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल घिमिरेको प्रमुख आथित्यमा समापन हुनेछ ।
ओझेलमा परेका सुदूरपश्चिमका लोक कलादेखि राष्ट्रिय कलाकारबाट दैनिक हुने प्रस्तुती अवलोकनका लागि हजारौँ दर्शक आईरहेको बताए । सोमबार बसन्तपञ्चमी अर्थात सरस्वती पुजाका लागि पनि भित्रै सरस्वतीको पुजा गरिएको थियो ।
मेलामा बाल उद्यान सहित लघु उद्यम प्रर्दशन, अटो प्रर्दशन, कृषि प्रर्दशनी, गार्मेन्ट, बैकल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, विद्युतीय समाग्री, शिक्षा,स्वास्थ्य, क्षेत्रका सेवा प्रर्दशनी गरिएका छन ।
संयोजक परियारले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए । संयोजक परियारका अनुसार भीनपा ८तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २रुपैया र समाजकल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैया छुट्याईनेछ । ‘हामीले साधारण टिकेट तर्फ यस्तो समाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवत समाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई समाजिक सेवाका लागि समेत रहेको उनले बताए ।
मेला महोत्सव साँस्कृतिक संयोजक करन पालले समापनका दिन चर्चित गायक तथा मेडेल ज्योती मगर सहित गायक जिवन परियार, महेन्द्र विक सहितको प्रस्तुती रहने बताए । उनले स्थानीय एव राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम प्रर्दशनी गरिनेछ । ओझेलमा परेको कलादेखि चर्चामा आएका सबै स्थानीय एव राष्ट्रिय कालाकारहरुलाई स्थान दिईने उनले बताए । उनले महोत्सवकै अवधिमा समाजिक काम गर्दै उद्घाटनका दिनदेखि हरेक दिन सुदूरपश्चिमको लोक संस्कृति कला झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको बताए । नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुले पछिल्ला बर्षहरुमा थलिरहेको आर्थिक कारोकार मेला, महोत्सवका माध्यमबाट समेत अघी बढाईन लागेको बताए । ‘हाम्रा स्थानीय एव स्वदेश बस्तु तथा सेवा मेलाका माध्यामबाट प्रर्दशनी गर्ने, बिक्रि वितरणदेखि प्रर्बद्धन गर्ने हो, ‘महासचिव पनेरुले भने, ‘जसका कारण पनि हाम्रा उत्पादन किसानदेखि उद्योगी, व्यवसायी प्रोत्साहित हुन्छन ।’
चर्चित युवा कलाकार दुर्गेश थापा आएको शुक्रबार पनि भिडभाड थियो । धनगढी एयरपोर्टदेखि मञ्चसम्मै कलाकार ल्याईरहेका युवा उद्यमी नरेन्द्र शाहले मेला महोत्सवबाट आर्थिक कारोबारदेखि नेपाली कलाकारले आफ्नो कला प्रस्तुती सहित सुदूरको मौलिक संस्कृति प्रर्बद्धनदेखि आयाम भईरहेको बताए ।
महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत तर्फ ४० र साधारण तर्फ ८०रुपैया निर्धारण गरिएको छ । भने, अति अशक्त, जेष्ठ नागरिकहरुको हकमा समेत भारी छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवले महेन्द्रनगर बजारको चलहपहल समेत बढाएको छ, भने करोडौँको कारोबार भईरहेको व्यवसायीहरुले बताएका छन । सिथिल रहेको महेन्द्रनगरको बजारमा समेत मेलाले दर्शक बढ्न थालेपछि व्यवसायी समेत उत्साहित भएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज