×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

नेपाल दलित मुक्ति अभियानको प्रथम विस्तारित प्रदेश स्तरीय भेला धनगढीमा सम्पन्न , दानबहादुर सुनारको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

महेन्द्रनगर – नेपाल दलित मुक्ति अभियान सुदूरपश्चिम प्रदेशको प्रथम विस्तारित भेला शनिबार सुदूरपश्चिम प्रदेश कैलाली मा सम्पन्न भएको छ ।

बनाउ आफ्नो पहिचान छुवाछूत मुक्त समाज निर्माण हाम्रो अभियान भन्ने मुल नारा सहित नेपाल दलित मुक्ति अभियान प्रदेश को बैठक सम्पन्न भएको हो ।

 

कार्यक्रममा केन्द्रीय अध्यक्ष सुनिल लोहनी बिकले आत्मसम्मान को लडाइँ का लागि देशैभरिका ६०/६५ लाख दलित समुदाय ले एउटै कित्तामा उभिन जरुरी रहेको बताए ।
अहिलेसम्म राज्यसत्तामा रहेका स्थापित राजनिती दलका नेताहरूले दलितलाई माथि उठ्न नदिएको उनले दावि गरे ।
तिनै राजनितीक दलका नेता कार्यकर्ताले दलित लाई जातीय मुक्ति को नाममा पटकपटक झुक्याउदै आएको जिकिर गर्दै अब दलित समुदाय हरू पार्टीको हलिको रूपमा सहिद हुनुभन्दा पनि सबै दलितहरू एउटै कित्तामा उभियर आफ्नो हकअधिकार का लागि संगठित हुनुपर्ने केन्द्रीय अध्यक्ष बिकले जोड दिए ।

 

हिजोको दिनमा जातीय मुक्ति र आत्मसम्मान का लागि दलित समुदाय ले विभिन्न पार्टी मा आफुलाई समर्पण गर्दै आए / १० बर्षे माओवादी जनयुद्ध होस वा ६२/६३ जन आन्दोलनमा होस दलित समुदाय लेनै सबैभन्दा बढी आहुति दिएका छन केन्द्रीय अध्यक्ष बिकले बताए ।
त्यसैले अबको आन्दोलन अर्थपूर्ण हुनुपर्छ र हिजोको दिनहरूमा जस्तै मालिकको जि हजुरी गर्नुभन्दा पनि हकअधिकार का लागि परिवर्तनकारी आन्दोलन गर्न जरुरी रहेको अध्यक्ष बिकले जोड दिए ,
कार्यक्रममा राष्ट्रिय दलित मुक्ति अभियाका केन्द्रीय अध्यक्ष प्रेम बिसीले नेपाल मा दलित मुक्ति को अभियानमा प्रमुख बाधक राज्यसत्ता भएको आरोप लगाए । सरकारले चाहेमा बर्षौदेखि दलितले भोग्नुपरेको जातीय पीडा सहजै समाप्त हुन्छ तर सरकारमा रहेका नेताले यो समस्या सुल्झाउन पहल गर्दैनन् उनले भने ।
नेपाल मा पटकपटक संविधान फेरिदै आए , पटकपटक बिधेयक जारि भएता पनि त्यसलाई कार्यनयन गर्न तर्फ सरकार मा रहेका राजनिती दल ले ठोस कदम चाल्दैनन दलित अभियन्ता बिसीले बताए ।
बागमती प्रदेश अध्यक्ष कृष्ण बिकले ठुला राजनिती दलका नेताहरूले दलित लाई आफू स्थापित हुन का लागि सिंढिको रूपमा प्रयोग गर्दै आएको आरोप लगाए ।
क्षमता हुंदाहुदै अहिलेसम्म एकजना दलित लाई नितिनिर्माण तहमा जिम्मेवारी दिन सकेको छैन , अहिलेसम्म दलित समुदाय बाट एकजना दलित प्रधानमन्त्री हुन सकेको छैन न त राष्ट्रपति नै हुन पायो उनलेे भने ।
दलितलाई खालि कोटाको पदमा सिमित गरिदै आएकोमा उनले आपत्ति जनाए ।
कानुन बिध्यार्थि पबन सुनारले दलित समुदायको मुक्ति का लागि अब युवाहरू एकजुट भएर अघि बढ्नुपर्ने कुरामा जोड दिए । दलित नेताहरूले अगुवाइ गरेको आन्दोलनमा युवा दस्ता तयार गरि आफुहरूले समर्थन गर्दै युगान्तकारी परिवर्तनका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अभियानकि केन्द्रीय सचिव लिला बिकले अबको जातीय मुक्ति आन्दोलन का लागि दलित महिलाले जस्तोसुकै आन्दोलन गर्न सक्ने बताईन । हिजोका महिला घरको गृहणी मै सिमित थिए , दलित महिलाहरू केही जान्दैनन् यीनिहरू भनेको घरको चुलाचौकामै सिमित रहने जात हुन भनेर परिभाषित गरिन्थ्यो तर अब दलित महिला पनि जागि सकेका छन उनलेे बताईन ।
अभियानका केन्द्रीय कोषाध्यक्ष सुर्य बिक को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष सुनिल लोहनी बिक रहेका थिए ।
बिशिस्ट खतिथिमा नेपाल राष्ट्रिय मुक्ति अभियान केन्द्रीय अध्यक्ष प्रेम बिसी , नेपाल दलित मुक्ति अभियान केन्द्रीय सचिव लिला बिक , बागमती प्रदेश अध्यक्ष कृष्ण बिक , कर्णाली प्रदेश अध्यक्ष निर्मला बस्याल , केन्द्रीय उपाध्यक्ष तुलसिराम बिक लगायत रहेका थिए ।
कार्यक्रममा पुर्व प्रदेश उपाध्यक्ष दानबहादुर सुनारको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
निकट केहिदिनमा कञ्चनपुर जिल्ला भेला गरि जिल्ला कार्य समिति चयन गर्दै सुदूरपश्चिम को ९ वटै जिल्ला मा समिति गठन गरि बृहत प्रदेश भेलाको आयोजना गरिने अध्यक्ष सुनारले जानकारी दिए ।
कार्यक्रम को सञ्चालन बिमल बिस्वकर्माले गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज