Advertisement

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

Advertisement

महेन्द्रनगर– कञ्चनपुर जिल्लाको महेन्द्रनगर खुला मञ्चमा यहि माघ १५ गतेदेखि लागेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको शनिबार समापन गरिएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर १५ माघदेखि शुरु भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक कञ्चनपुर पर्यटन महोत्सव समापन गरिएको हो । नेपाल उद्योग व्यापार महासंघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा संचालन भएको महोत्सवमा हजारौँ दर्शकले मेला अवलोकन गरेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एव मेला मुल आयोजक समितिका संयोजक ललित परियारले दैनिक हजारौँ दर्शकले मेला अवलोकन गरिहेको बताए । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल भण्डारीको प्रमुख आथित्यतामा समापन भएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल भण्डारीले महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन भएको बताए । नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको महोत्सव सम्पन्न गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्नहुने महानुभावप्रति आभार प्रकट गरेका छन । ओझेलमा परेका सुदूरपश्चिमका लोक कलादेखि राष्ट्रिय कलाकारबाट दैनिक हुने प्रस्तुती अवलोकनका लागि हजारौँ दर्शक आईरहेको बताए । सोमबार बसन्तपञ्चमी अर्थात सरस्वती पुजाका लागि पनि भित्रै सरस्वतीको पुजा गरिएको थियो । मेलामा बाल उद्यान सहित लघु उद्यम प्रर्दशन, अटो प्रर्दशन, कृषि प्रर्दशनी, गार्मेन्ट, बैकल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, विद्युतीय समाग्री, शिक्षा,स्वास्थ्य, क्षेत्रका सेवा प्रर्दशनी गरिएका छन ।
महोत्सव संयोजक परियारले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए ।

संयोजक परियारका अनुसार भीनपा ८तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २रुपैया र समाजकल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैया छुट्याईनेछ । ‘हामीले साधारण टिकेट तर्फ यस्तो समाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवत समाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई समाजिक सेवाका लागि समेत रहेको उनले बताए । मेला महोत्सव साँस्कृतिक संयोजक करन पालले समापनका दिन चर्चित गायक तथा मेडेल ज्योती मगर सहित गायक जिवन परियार, महेन्द्र विक सहितको प्रस्तुती रह्को थियो । उनले स्थानीय एव राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम प्रर्दशनी भएको बताए । ओझेलमा परेको कलादेखि चर्चामा आएका सबै स्थानीय एव राष्ट्रिय कालाकारहरुलाई स्थान दिईएको उनले बताए ।
चर्चित युवा कलाकार दुर्गेश थापा आएको शुक्रबार पनि भिडभाड थियो । धनगढी एयरपोर्टदेखि मञ्चसम्मै कलाकार ल्याईरहेका युवा उद्यमी नरेन्द्र शाहले मेला महोत्सवबाट आर्थिक कारोबारदेखि नेपाली कलाकारले आफ्नो कला प्रस्तुती सहित सुदूरको मौलिक संस्कृति प्रर्बद्धनदेखि आयाम भईरहेको बताए । महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत तर्फ ४० र साधारण तर्फ ८०रुपैया निर्धारण गरिएको थियो । भने, अति अशक्त, जेष्ठ नागरिकहरुको हकमा समेत भारी छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सिथिल रहेको महेन्द्रनगरको बजारमा समेत मेलाले दर्शक बढ्न थालेपछि व्यवसायी समेत उत्साहित भएका थिए । महोत्सवले महेन्द्रनगर बजारको चलहपहल समेत बढाएको छ, भने करोडौँको कारोबार भएको व्यवसायीहरुले बताएका छन ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन्...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज