×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

महेन्द्रनगर– कञ्चनपुर जिल्लाको महेन्द्रनगर खुला मञ्चमा यहि माघ १५ गतेदेखि लागेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको शनिबार समापन गरिएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर १५ माघदेखि शुरु भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक कञ्चनपुर पर्यटन महोत्सव समापन गरिएको हो । नेपाल उद्योग व्यापार महासंघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा संचालन भएको महोत्सवमा हजारौँ दर्शकले मेला अवलोकन गरेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एव मेला मुल आयोजक समितिका संयोजक ललित परियारले दैनिक हजारौँ दर्शकले मेला अवलोकन गरिहेको बताए । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल भण्डारीको प्रमुख आथित्यतामा समापन भएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल भण्डारीले महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन भएको बताए । नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको महोत्सव सम्पन्न गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्नहुने महानुभावप्रति आभार प्रकट गरेका छन । ओझेलमा परेका सुदूरपश्चिमका लोक कलादेखि राष्ट्रिय कलाकारबाट दैनिक हुने प्रस्तुती अवलोकनका लागि हजारौँ दर्शक आईरहेको बताए । सोमबार बसन्तपञ्चमी अर्थात सरस्वती पुजाका लागि पनि भित्रै सरस्वतीको पुजा गरिएको थियो । मेलामा बाल उद्यान सहित लघु उद्यम प्रर्दशन, अटो प्रर्दशन, कृषि प्रर्दशनी, गार्मेन्ट, बैकल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, विद्युतीय समाग्री, शिक्षा,स्वास्थ्य, क्षेत्रका सेवा प्रर्दशनी गरिएका छन ।
महोत्सव संयोजक परियारले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए ।

संयोजक परियारका अनुसार भीनपा ८तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २रुपैया र समाजकल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैया छुट्याईनेछ । ‘हामीले साधारण टिकेट तर्फ यस्तो समाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवत समाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई समाजिक सेवाका लागि समेत रहेको उनले बताए । मेला महोत्सव साँस्कृतिक संयोजक करन पालले समापनका दिन चर्चित गायक तथा मेडेल ज्योती मगर सहित गायक जिवन परियार, महेन्द्र विक सहितको प्रस्तुती रह्को थियो । उनले स्थानीय एव राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम प्रर्दशनी भएको बताए । ओझेलमा परेको कलादेखि चर्चामा आएका सबै स्थानीय एव राष्ट्रिय कालाकारहरुलाई स्थान दिईएको उनले बताए ।
चर्चित युवा कलाकार दुर्गेश थापा आएको शुक्रबार पनि भिडभाड थियो । धनगढी एयरपोर्टदेखि मञ्चसम्मै कलाकार ल्याईरहेका युवा उद्यमी नरेन्द्र शाहले मेला महोत्सवबाट आर्थिक कारोबारदेखि नेपाली कलाकारले आफ्नो कला प्रस्तुती सहित सुदूरको मौलिक संस्कृति प्रर्बद्धनदेखि आयाम भईरहेको बताए । महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत तर्फ ४० र साधारण तर्फ ८०रुपैया निर्धारण गरिएको थियो । भने, अति अशक्त, जेष्ठ नागरिकहरुको हकमा समेत भारी छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सिथिल रहेको महेन्द्रनगरको बजारमा समेत मेलाले दर्शक बढ्न थालेपछि व्यवसायी समेत उत्साहित भएका थिए । महोत्सवले महेन्द्रनगर बजारको चलहपहल समेत बढाएको छ, भने करोडौँको कारोबार भएको व्यवसायीहरुले बताएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज