×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरका चोकहरू होलीको रंगमा रंगिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सचेतनामूलक होली खेल्दै महेन्द्रनगर बजारका मुख्य चोकहरूमा उल्लासमय माहोल सिर्जना गरेको छ । प्रहरी जवानदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म ढोलकको तालमा झुमेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार प्रहरीको यो सहभागिता केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक विकृति–विसंगतिलाई रोक्न सचेतना फैलाउने उद्देश्यले गरिएको बताए ।

प्रहरीले होलीलाई मर्यादित बनाउन ट्राफिक नियम पालना, सभ्य तरिकाले पर्व मनाउने, अपराध रोक्ने जस्ता सन्देशसहितका गीत गाएर सचेतना फैलाएका छन् । सामुदायिक प्रहरी साझेदारीसंग समन्वय गर्दै आयोजना गरिएको यस कार्यक्रममा स्थानीय नागरिकले पनि सहभागिता जनाएका थिए । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भोजराज भट्टले होलीलाई मर्यादित बनाउन गरिएको समन्वय सकारात्मक रहेको बताए ।

यस वर्षको होलीमा गाउँ–सहरमा उत्साह छ । घरबाट टाढा रहेका धेरै मानिसहरू पर्व मनाउन गाउँ फर्किएका छन् । यस्तै अवस्थामा प्रहरीले पर्वको मर्यादा कायम राख्न तथा दुर्घटना तथा अपराध न्यूनीकरणका लागि सचेतनामूलक होली खेल्नु उदाहरणीय कार्य भएको स्थानीय बासिन्दाहरू बताउँछन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज