Advertisement

पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध र्‍याली

Advertisement

महेन्द्रनगर–पत्रकार सुरेश रजकको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकाएको छ । शनिबार पत्रकार महासंघ कञ्चनपुरले पत्रकार रजतको हत्या र विभिन्न सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा महेन्द्रनगर बजारमा र्‍याली निकालेको हो । पत्रकार महासंघ कञ्चनपुरको आयोजनामा निकालिएको ¥यालिमा विभिन्न संञ्चारमाध्यममा कार्यरत पत्रकार तथा नागरीक समाजको समेत सहभागिता रहेको थियो । पत्रकार महासंघको भवनबाट निस्किएको पत्रकारहरुको ¥याली बजार परक्रममा गरी महेन्द्रनगरको मदनचोकमा पुगेर कोष सभामा परिणत गरीएको थियो ।

र्‍यालीमा सहभागि पत्रकारहरुले प्रेस स्वतन्त्रताको रक्षा गर, लोकतन्त्रको रक्षा गरौ, पत्रकारमाथिको आक्रमण सहन्नौ, पत्रकारको सुरक्षा गरलगायतका प्लेकार्डहरु बोकेका थिए । उक्त कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष एवं वरिष्ठ पत्रकार चित्रांङ्ग थापाले पत्रकार हत्याको घट्ना प्रेसस्वतन्त्रताको विरुद्धमा रहेको बताउनुभयो । उहाँले गणतन्त्र स्थापना समयमा मिडियाले खेलको सकारात्मक भुमिकाको प्रतिशोध लिएर मिडिया र पत्रकारमाथिको प्रहार असह्य भएको बताउनुभयो । यसका लागि नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णयअनुसारका आन्दोलनको कार्यक्रम चर्काउने बरिष्ठ पत्रकार चित्राङ्ग थापाले बताउनुभयो । त्यसैगरी पत्रकार महासंघ कञ्चनपुरका शाखाका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले राजाबादीहरुले राजा हुदा जस्तो थियौ त्यसै प्रकारको झल्को दिएको भन्दै यसको घोर विरोध गर्नुभयो । पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष विष्णु अवस्थीले पत्रकार लेख्नेमात्र हौईन राजावादीको सत्ता पल्टाउन खेलको भुमिका विगतको दिनको स्मरण गर्दै अव आफ्नो स्वतन्त्रताको लागि पनि त्यसैप्रकारको भुमिका खेल्ने कुरा व्यक्त गर्नुभयो । त्यसैगरी प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरी, प्रेस युनियनका जिल्ला सचिव देवेन्द्र खड्का र प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष अरुण भट्टले स्वर्गिय पत्रकार रजतलाई श्रद्धार्जली दिदै आआफ्नो संगठनको निर्देशन बमोजिम आन्दोलन का कार्यक्रम अगाडि बढाउने बताएका छन् । त्यसैगरी नागरीक समाजको तर्फबाट बोल्दै गैसस महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले व्यवस्था परिवर्तनको गर्ने आन्दोलनको नाममा राजाबादीहरुको अराजक आन्दोलन स्वीकार्य नहुने बताउनुभयो । कोण सभाको विसर्जन गर्दै पत्रकार महासंघ कञ्चनपुरका जिल्ला अध्यष सुरेश सिंह धामीले राजावादीको उदण्डता प्रबृति अक्षम्य रहेको बताउदै स्वर्गिय पत्रकारको हत्याको सत्यतथ्य छानविन गर्दै दोषिमाथि कारवाहिको माग राख्नुभयो । कोणसभाको सहजीकरण पत्रकार महासंघ कञ्चनपुरका जिल्ला सचिव कुण्दन पाण्डेयले गरेका थिए ।

शुक्रबार राजावादीहरुको आन्दोलनको भिडियो छायांकन गररिहेका पत्रकार रजतलाई आन्दोलनकारीले काठमाण्डौको तिनकुनेस्थीत घरभित्रै थुनेर घरमा आगो लगाएर हत्या गरेका थिए । उहाँ एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार हुन । यस्तै, कान्तिपुर, अन्नपूर्ण लगायत मिडिया हाउसमा तोडफोड समेत गरिएको थियो । घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने माग पत्रकार महासंघ कञ्चनपुरले राखेको छ।
पत्रकार महासंघ कञ्चनपुरको कार्यालयबाट सुरु भएको र्‍याली महेन्द्रनगर बजार परिक्रमा गर्दै मदनचोकमा गएर कोणसभामा परिणत भएको थियो।
लोकतन्त्रमा स्वतन्त्र पत्रकारितामा धावा बोलेर अराजकता प्रदर्शन गरिएको भन्दै घटनामा संलग्न कारबाहीको माग गरिएको छ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन्...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज