महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा तिन महिनाको समयावधिमा दुई सय ४ मानव अधिकार उलङघनका घटना घटेको एक तथ्यांकले देखाएको छ । ईन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले सार्वजनिक गरेकोे तथ्याङ्कले प्रदेशमा मानव अधिकार हनन्का १ सय ९५ जना पिडित महिला र ९ जना पुरुष पिडित गरी २०४ घट्ना घटेको देखाएको हो ।
ईन्सेक प्रदेश कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा सन ०२५ जनवरीदेखि मार्चसम्ममा विभिन्न प्रकृतिका २०४ घटना घटेका छन । तीन महिनाको अवधिमा घार्ईते र धम्की १÷१, बाल अधिकार २६, कुटपिट ५, हत्या ४, महिला अधिकार १६५, जातिय विभेद २ गरेर २सय ४ घटना घटेका छन । सबैभन्दा बढि महिलाअधिकारका घटना रहेका छन । बालबालिका बिरुद्ध बालविवाह २, बलात्कार २०, यौन दुव्र्यवहार ४ गरी २६ र महिला माथि बलात्कार १०, घरेलु हिन्सा १४९, बलात्कारको प्रयास २, दाईजो हिन्सा २, परिवारबाट हत्या र बेचबिखिन १÷१ गरेर १सय ६५ रहेका छन ।

पुरुष तर्फ घम्की १, कुटपिट ४, हत्या २, जातिय विभेद ३ गरेर जम्मा ९ रहेका छन । ईन्सेक कञ्चनपुरका संयोजक लिलि कुँवरले जिल्लामा समेत विभिन्न प्रकृतिका मानव अधिकार उलङघनका घटना अझै नरोकिएको बताए । जिल्ला संयोजक कुँवरले ईन्सेकको सम्पर्कमा आएका सबै घटनाको अभिलेख राखिएको बताईन । ईन्सेक प्रदेश कार्यालय धनगढीका प्रलेख अधिकृत कृष्ण विकले तीन महिनाकै अवधिको तथ्याङ्क अनुसार पनि सुदूरमा अझैपनि मानव अधिकार उलङघनका घटना नरोकिएको बताए ।

‘मानव अधिकार प्रत्याभूतिका लागि नागरिककोे अभिभावक राज्य भएकाले सबैभन्दा पहिला राज्य जिम्मेबार बन्नुपर्छ, ‘उनले भने, ‘पीडितले पनि सत्य सुचनाका साथ हामीजस्ता मानव अधिकारका क्षेत्रमा कार्यरतसंग सम्पर्क गर्नुपर्ने देखिन्छ ।’ नेपाल पत्रकार महासंघ कञ्चनपु्रका अध्यक्ष सुरेश सिह धामीले मानव अधिकार उलङघनका घटना न्यूनिकरणका लागि सरोकारवाला जिम्मेबार हुनुपर्ने बताए । अधिवक्ता पुष्प बिक्रम शाहीले सुदूरमा दिनप्रतिदिन घटिरहेका मानव अधिकार उलङघनका घटना बढिरहेकाले नागरिक सहितका राज्यका निकाय जिम्मेबार हुनुपर्नेमा जोडदिएका छन ।

सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।