अनुदान भुक्तानी समिति संयोजक एवं कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले अध्यक्षता गरेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि रहनुभएको थियो । सहायक जिल्ला अधिकारी परशुराम पोखरेलले कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । त्यसैगरी कृषि ज्ञानकेन्द्रका प्रमुख गोविन्द सिजापतीले जीवनाषक विषादीको असर र सुरक्षित प्रयोगबो बारेमा प्रस्तुती राखेका राखेका थिए । त्यसैगरी लेखा कोष तथा नियन्त्रण कार्यालयका प्रमुख कृष्ण बहादुर धामीले कृषकहरुलाई उखु अनुदान वितरण सम्बन्धी कानुनी व्यवस्था र कञ्चनपुर जिल्लामा अनुदान वितरणको अवस्था बारेमा आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, कञ्चनपुरमा रहेका ९ वटा पालिकाका प्रमुख उपप्रमुख, कैलालीको गोदावरी नगरपालिका भजनी नगरपालिका र टिकापुर नगरपालिकाका प्रमुख उपप्रमुख, स्थानीय तहका कृषी शाखाका प्रमुखहरु, व्यवसायीक कृषक, चिनी मिल संचालकहरु पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उखु किसानले पाउँने अनुदानमा पारदर्शिता र वास्तविक किसानहररुलाई सहज तवरले कसरी अनुदान रकम प्रदान गर्न सकिन्छ भन्ने बारेमा बृहत छलफल भएको थियो । उत्पादनमा आधारित भएर अनुदान वितरण गरीरहँदा पनि धेरै किसानहरुले अनुदान दावि किन गरेनन ? भन्ने विषयहरु कार्यक्रममा उठेको कृषी ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले बताउनुभयो ।
कञ्चनपुरमा पछिल्लो समय व्यवसायीक रुपमा तरकारी खेती भर्इैरहेको र उक्त तरकारीहरुमा फलफुलहरुमा पनि अत्यधिक विषादीको प्रयोग भईरहेको पाईएको भएर यसको असुरक्षित प्रयोगलाई कसरी घटाउन सकिन्छ सुरक्षित भएर कसरी प्रयोग गर्ने ? र विषादीको प्रयोगलाई कसरी घटाउने भन्ने विषयमा जानकारी प्रदान गरिएको उहाँले बताउनु भयो ।
शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले भारतीय सीमावर्ती क्षेत्रबाट उखु ल्याएर नेपालमा अनुदान लिने प्रवृत्ति देखिएकाले छानबिन गर्नु पर्ने बताउउनु भयो । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रण कृष्ण सिह धामीका अनुसार हालसम्म ४ अर्ब ७ करोड बढी अनुदान निकासा गरिएको छ । कञ्चनपुरमा गत वर्ष २७ करोड अनुदान वितरण गरिएको थियो ।
कार्यालयका अनुसार एक हजार ६ किसानले अनुदान माग गरेका छैनन् । २९ हजार ४ सय ४३ जनाले अनुदान लिएको कार्यालयले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले अबदेखी भारतबाट अबैध रुपमा उखु आउन बन्द हुने बताउनु भयो । सबैले मिलेर सुचना दिने र सम्बन्धीत निकायले पनि सुक्ष्म तवरले निगरानी गर्ने वातावरण भयो भने पारीबाट उखु आउन नपाउने बताउनु भयो ।

सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।