Advertisement

सब्जीमण्डीको काक्रामा भेटियो अत्याधिक विषादी

Advertisement

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको मुख्य बजार महेन्द्रनगरको सब्जीमण्डीका काक्रामा अत्याधिक विषादी प्रयोग गरेको पाईको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं। ४ स्थीत रहेको सब्जीमण्डीमा मंगलबार बिक्रिकालागि ल्याईएका काक्रालगायतका विभिन्न तरकारीमा नमुदा जाँच गरीएकोमा काक्राका दुई नमुनामा अत्याधिक विषादी भेटिएको हो ।

 

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई अत्तरिया, कैलालीको सहयोग र कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा सब्जीमण्डीमा विक्रिका लागि ल्याईएका तरकारी तथा फलफूलका १८ नमुना परीक्षण गरीएकोमा पाँच ओटा नमुना काक्राको रहेको र जसमध्ये दुई जना कृषकले उत्पादन गरेका काक्रामा अत्याधिक विषादीको मात्रा पाईएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले बताउनुभयो ।

विञहरुका अनुसार तरकारीमा विषादीको रोकावट ३५ देखिमाथि ४५ प्रतिशतसम्म छ भने केहि दिन राख्ने अनि पर्खिने र ४५ प्रतिशत भन्दा माथि छ भने सिधै विसर्जन गर्ने गर्नुको विकल्प नरहेको बताउनुहुन्छ ।

उनका अनुसार विभिन्न किसानले बारीबाट ल्याएका काँक्रो, काउली, भन्टा, भिडी, लौका, करेला, तरबूजा, रायो, सिमी, आलु लगायत १८ किसिमका बालीको नमूना लिएर परीक्षण गरिएको थियो । काँक्राका २ नमूनामा ५३ देखि ५४ प्रतिशतसम्म अर्गानोफस्फेट नामक विषादी रहेको पाईएकाले ति काक्रा उपभोग गर्न योग्य नभएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख सिजापतीले बताउनुभयो । विषादी भेटिएका किसानका तत्काल बिक्रीका लागि नल्याउन भनिएको उहाँले बताउनुभयो । बारीमा विषादीको परीक्षण समेत गरीने कार्यालय प्रमुख विष्टले बताउनुभयो ।

महेन्द्रनगर बाहेक अन्य क्षेत्रका विभिन्न प्रकारका तरकारी तथा फलफूलमा पनि विषादी हुनसक्ने आशंका गरीएको तर नियमित जाँचका लागि ल्याव तथा उपकरणको अभाव रहेको छ । परीक्षणबिना तरकारी तथा फलफूल उपभोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउनुका साथै विभिन्न प्रकारका क्यान्सर लाग्ने गर्दछ ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज