महेन्द्रनगर–पाकिस्तानबिच तनाव बढीरहेका बेला भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकमाथि कुटपिट गरेका छन् । बुधबार राति सिमावर्ती गाउँ कुतीयाकभरबाट मेला दर्शन गरि घर फर्किरहेका दोधरा चाँदनी–१० का नारायण भण्डारीलाई एसएसबीले कुटपिट गरेको हो । अन्य स्थानीयमाथि पनि एसएसबीले दुव्र्यहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीय सुजल जैशीले पाकिस्तानीलाई नेपालीले सहयोग गरिरहेका आरोप लगाउँदै दुव्र्यहार गरेको बताए । उनले सिमावर्ती भारतीय गाउँ कुतियाकभरमा हरेक वर्ष लाग्ने कृष्ण मेलाको दर्शन गरि फर्किने क्रम भारतीय प्रहरीसहितको एसएसबीको टोलीले कुटपिटसहित दुव्र्यहार गरेको बताए ।
‘त्यहाँ९कुतियाकभर० मा हरेक वर्ष मेला लाग्छ, सधै जाने गरेको थियौँ, यस पटक घर फर्किदा एसएसबीले दुव्र्यहार गरे ।’ स्थानीय जैशीले भने ‘भारत–पाकिस्तान युद्ध सुरु भएपछि सिमामा कडाई गरिएको छ, नेपालीहरुमाथी पाकिस्तानलाई सहयोग गरेको भन्दैँ विभिन्न आरोप लगाएर दुव्र्यहार हुनेगरेको छ ।’
त्यस्तै नेपाली महिलाहरुमाथि पनि एसएसबी दुव्र्यहार गरेको उनले बताए । एसएसबीको कुटपिटमा परेका भण्डारीले नेपाली महिलामाथि भईरहेको दुव्र्यहार विरोध गर्दा आफुलाई कुटपिट गरेको बताए । भारत–पाकिस्तान युद्ध सुरु भएपछि सिमामा नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट दुव्र्यहार बढेको उनको भनाई छ ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।