×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

कञ्चनपुरमा भुमी आयोगको काम तिव्र, जेठसम्ममा लालपुर्जा वितरणको तयारी

महेन्द्रनगर–कञ्चनपुरमा भुमी समस्या समाधान आयोगले काममा तिव्रता दिएको छ । आयोग गठन भएको तीन महिनामै आयोगले लालपुर्जा वितरणको तयारी थालेको छ ।
भुमी आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले सेतो पुर्जा विरतण भएकालाई लालपुर्जा वितरण गर्ने तयारी भईरहेको बताए । उनका अनुसार आयोगले सेतो पुर्जा वितरण भएका जग्गाधनिको फाईल अध्ययनको काम गरिरहेको छ । आयोगले फाईल अध्ययन गरि आवश्यक कागजात भए नभएको प्रमाणित गरि पुर्जा वितरण गर्नेछ ।
आयोगले भीमदत्त नगरपालिकामा तीन सय ६० र दोधरा चादनी नगरपालिकाका एक चार फाईलको काम सकिएको जनाएको छ । जिल्ला भरिमा अघिल्लो आयोगले चार हजार ६५ सेतो पुर्जा वितरण गरेको थियो । जेठसम्म एक हजार लालपुर्जा वितरण गर्ने आयोगको लक्ष्य छ ।

अघिल्ला आयोगले गरेका अधुरा कामहरु पुरा गदैँ छौँ ।’ आयोगका अध्यक्ष पन्तले भने ‘पहिलो चरणमा सेतो पुर्जा वितरण गरेकालाई लालपुर्जा वितरण गछौँ, सँग–सँगै आवेदन परेको फाईलहरु प्रमाणीकरण गर्ने र कम्प्युटर सिष्टमका अपडेट गर्ने काम भईरहेको छ ।’
कञ्चनपुरमा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोवासी गरि ७२ हजार नौ सय ३० वटा आवेदन परेका छन् । आयोग गठन भएको पछिल्लो तीन महिनामा कञ्चनपुरमा आठ हजार ९२ फाईल प्रमाणीकरण गरिएको छ । त्यस्तै स्थानीय तहका प्रमुख, वडा कार्यालयसँगै समन्वयात्मक बैठकसँगै प्राविधिकहरु तालिम दिईएको अध्यक्ष पन्तको भनाई छ ।भुमी सम्बन्धि समस्या लामो समयदेखि समाधान हुन नसकेको बताउँदै अध्यक्ष पन्तले भने ‘अहिलेको सरकारले पनि आयोगको कामलाई उच्च प्राथकिमतामा राखेको छ, जग्गा प्राप्तीमा विगतमा तोकिएको राजस्व पनि अकल्पनिय हिसाले घटाएको छ, कञ्चनपुरमा दुईदेखि अढाई वर्षभित्रमा लालपुर्जा वितरण गरिसक्ने हाम्रो लक्ष्य छ ।’
साथै श्रोत साधनको अभावले कार्यालय व्यवस्थापन तथा सञ्चालनमा असजता भएको उनले गुनासो पनि गरे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज