×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

फारवेष्टर्न ट्राभल मार्ट शुरु, पर्यटन तथा नागरीक उड्यान मन्त्री पाण्डेले गरे उद्धघाटन्

महेन्द्रगनर–महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न ट«ाभल्स मार्ट) शुरु भएको छ । शुक्रबार भीमदत्त नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थीत होटेल ओपेरामा मार्टको पर्यटन तथा नागरीक उड्यान मन्त्री बद्री पाण्डेले विरुवामा पानी हालेर समुद्धघाटन गरेका हुन ।

तिन दिनसम्म चल्ने मार्टमा सुमद्धघाटनको दिन विभिन्न बक्ताहरुले सुदूरपश्चिमको पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण राखेका थिए । भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न भएको समुद्धघाटन कार्यक्रममा पर्यटन मन्त्री पाण्डे प्रमुख अतिथि रहेका थिए । पर्यटन तथा नागरिक उड्डायान मन्त्री बन्द्री पाण्डेले मार्टको उद्घाटन गर्दै निजि क्षेत्रलाई पर्यटनमार्फत आर्थिक विकास गर्न निजी क्षेत्रलाई रातो कार्पेट विच्छ्याएर स्वागत गरीने बताउनुभयो । मन्त्री पाण्डेले सरकारको पर्यटन प्रर्बद्धनका लागि लगानी गर्ने अवसर सिर्जना गर्न वातावरण तयार गर्ने जिम्मेवारी भएकोले पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभयो ।
सुदूरका पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासका लागि सरकारी निजी क्षेत्रले संयुक्त रुपमा अघि बढ्ने बताए । अन्तर प्रदेश हवाई कनेक्टिभीटिका लागि समेत तयारी भईरहेको उहाँले बताउनुभयो । निर्माणाधिन मझगाँउ विमानस्थलको स्थलगत अनुगमन गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले प्रचार प्रसारको अभावले थुप्रै पर्यटकिय स्थलमा पर्यटक नपुग्ने बताउनुभयो । उहाँले भारतिय हिन्दु धर्मावलम्बीहरुलाई चिनमा रहेको कैलास मानसरोवर जान नेपाली बाटो सहज रहेको बताउदै त्यसको प्रचार पसार गरीदिन भारतिय मिडियामा कार्यरत पत्रकारहरुलाई आग्रह गर्नुभयो । त्यसैगरी पुर्णागिरी माता र सिद्धबाबा मन्दिरको प्रचारप्रसार राम्रो भएता पनि विश्वभरीमा भगवान परशुरामको तपोभुमि रहेको परशुराम धामको प्रचार प्रसार अभावले पर्यटक पुग्न नसकेको बताउनुभयो ।

सुदूरपश्चिमको पर्यटन विषयमा जानकार रहेका बरिष्ठ पत्रकार चित्राङ्ग थापाले कार्यक्रमबाट दुवै देशका पर्यटन व्यवसायीविचको आपसी सम्वाद, छलफलबाट थप पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने भएकाले कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका छन । उहाँले पश्चिम नेपाल सुदूरपश्चिम पर्यटनका लागि भर्जिन क्षेत्र रहेकाले पर्यटकको अवको गन्तव्य सुदूरपश्चिम रहेको बताउनुभयो । उहाँले मार्टको अनुभव बाड्दै मार्ट भनको महोत्सव नभएर विटुवि कार्यशाला गोष्ठी जस्तै भएको बताउनुभयो ।
धनगढी उप महानगरपालिकाका नगर उप प्रमुख कन्दकला रानाले शुभकामना मन्तव्य दिदै पर्यटन व्यवसायमा संलग्न श्रमिकको सुरक्षाको प्रत्याभुति हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले एउटै ठाँउमा दारु र मासुभात हुने प्रसंगलाई कोट्उदै पर्यटनमा व्यवसायमा लागेका महिलाहरुको सुरक्षाको प्रत्याभुति हुनेपर्नेमा पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी स्थानीय रैथाने खाने कुराको परीकारको स्वाद मात्रै बाड्न सकेपनि पर्यटक भित्र्याउन सकिने उप प्रमुख रानाले बताउनुभयो । उहाँले पर्यटकिय स्थलसम्म भौतिक पुर्वाधारहरुको कमि रहेको भन्दै तिनै सरकारले मिलेर पर्यटकिय ठाँउमा भौतिक संरचनाको निर्माणमा जोड दिनुभयो ।
बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले पुर्णागिरी र सिद्धबाबाको सम्बन्ध भएजस्तै विभिन्न त्यस्तै अन्य पर्यटकिय स्थलहरुको पनि सम्बन्ध रहको उल्लेख गर्दै मानसखण्डको प्रचार प्रसार गर्नसके पर्यटनबाट सुपको आर्थिक सम्बृद्धि सम्भव रहेको बताउनुभयो । उहाँले सुपका निर्माण भएका एयरपोर्ट तत्काल सञ्चालनमा ल्याउनसमेत मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भीमदत्त नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा तीन दिने पर्यटन महोत्सवमा नेपालका ऐतिहासिक, धार्मिक, पर्या पर्यटकीय स्थलको प्रर्बद्धन, प्रचारप्रसारका लागि फारवेष्टर्न टुरिज्म मार्ट आयोजना गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताउनुभयो ।
भारतका विभिन्न ठुला शहर दिल्ली, उत्तराखण्ड, उत्तर प्रदेश सहितका स्थानका पर्यटन व्यवसायीहरुलाई नेपालका पर्यटकीय स्थलको भरपूर्ण जानकारी गराएर उताबाट पर्यटक भित्र्राउने उदेश्य कार्यक्रमको रहेको छ ।
नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टस(नाटा) सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिहले सुदूरपश्चिम पर्यटकीय गन्तव्यबारे बृतिचित्र प्रस्तुत गर्दै नेपाल र भारतका पर्यटन व्यवसायीविच सुदूरपश्चिमका पर्यटकीय गन्तव्य बारे थप जानकारी हुने भएकाले भारतका पर्यटक नेपालका विभिन्न स्थान र नेपालका पर्यटक सुदूरका पर्यटकीय गन्तव्यमा आउने वातावरण सृजना हुने बताउनुभयो । ‘विगतमा पनि हामीले यस्ता कार्यक्रम गरेका थियौँ, ‘उनले भने, ‘यसबाट दुवै देशका पर्यटन व्यवसायीविच थप पर्यटकीय गन्तव्य बारे जानकारी भएर पर्यटनका लागि टेवा पुगेको थियो ।’
कार्यक्रममा नेपाल तथा भारतीय पर्यटन व्यवसायीविच छलफल तथा अन्तरक्रिाय हुने भनिएता पनि विज्ञहरुका प्रस्तुतिहरु पनि छोट्याईएको र साउण्ड म्युट गरी कार्यक्रमका अन्य क्रियाकलाप अगाडि बढाईएका थिए । मार्टको दोस्रो दिन महाकाली, कर्णालीमा ¥याप्टिङदेखि शुक्लाफाटा राष्ट्रिय निकुञ्ज अवलोकन गराईने कार्यक्रम रहेको छ । भने कार्यक्रमको अन्तिम दिन महोत्सवको समापन गरीनेछ । महोत्सवमा भारतबाट पत्रकार लगायत पर्यटन व्यवसायीगरी ५० जना सहभागिरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज