×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

छाडा पशु चौपाया व्यवस्थापनका लागी बजेट छुट्टाउन माग

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आइतबार महेन्द्रनगरमा आयोजना गरेको सामुदायिक पशु तथा गौशाला व्यवस्थापन सम्बन्धी समन्वयात्मक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै बेदकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र बहादुर बोहराले प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको नयाँ बजेट योजनामा छाडा चौपाया व्यवस्थापन, गौशाला व्यवस्थापनलाई समेट्नुपर्ने माग गरे ।

कार्यक्रममा सहभागीहरूले कञ्चनपुरमा छाडापशुचौपायाको उचित व्यवस्थापन हुन नसकेको बताएका छन् । जसले गर्दा सडक दुर्घटना, बालीनाली नष्ट , सार्वजनिक क्षेत्र प्रदूषित हुँदै गएको भन्दै उचित व्यवस्थापनको माग गरिएको छ ।

अधिवक्ता संकर विष्टले छाडा चौपायाको व्यवस्थापन भन्दै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा दायर भएको रिटमा अन्तरिम आदेश आउँदा समेत कतैबाट पनि पालना नभएको बताउनुभयो । सम्बन्धित पालिकाहरूले छाडा पशु चौपाया व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।
कम लगानीमै छाडा चौपायाको व्यवस्थापन गर्न सकिने कार्यक्रममा सहभागीहरूले बताउनुभएको छ । कार्यक्रममा बोल्नुहुँदै बेदकोट नगरपालिको पशु शाखामा कार्यरत तर्कराज भट्टले बजेट मात्रै छुट्टाएर छाडा पशु चौपायाको व्यवस्थापन नहुने बताए । छाडा पशु चौपाया व्यवस्थापन उत्पादन, आयआर्जन, कुल ग्रास्त उत्पादन र निर्यात सँग जोड्न सके जिल्लामा चौपाया व्यवस्थापन जटिल विषय नभएको उनले बताए । पशु चौपायाको उचित व्यवस्थापनका लागी सरकारले स्पष्ट कानुन निर्माण गरिनुपर्न सहभागीहरूले बताएका छन् । एक घर एक गाई कार्यक्रम लागू गरी पशुचौपायाहरुको व्यवस्थापन गर्न सकिने कार्यक्रममा सहभागीहरूले जोड दिए ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले झन्डै एक दशक पहिले गाई गोरु चोरिएको भन्दै प्रहरीमा उजुरी समेत आउने गरेका तर हाल सडकमा छोडिएका भन्दै चिन्ता व्यक्त गरे । छाडा पशु चौपायाको उचित व्यवस्थापनका लागी कञ्चनपुर र कैलालीमा पाइलट प्रोजेक्टका रूपमा गौशाला व्यवस्थापन गरिनुपर्नेमा उनले जोड दिए ।
भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव संकर शाहले पशु चौपाया व्यवस्थापनका निम्ति सम्बन्धित पालिकाले प्रयास गर्नुपर्ने बताए । छाडा पशु चौपायाले सडक दुर्घटना अत्यधिक हुने गरेकाले गाईबस्तुबाट सामाजिक परिवेश गरिमा बढाउन गौशाला व्यवस्थापन अति महत्वपूर्ण रहेको बताए । शाहले कञ्चनपुर जिल्लामा भएको पशु चौपाया समस्या समाधान हुने गरी प्रदेश सरकारले बजेट छुट्टाउने बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज