महेन्द्रनगर–कञ्चनपुर जिल्लामा प्रहरी कमाण्ड समालेका प्रहरी प्रमुख एवम एसपी खडक बहादुर खत्रीले जिल्लामा विभिन्न मिडियामा आवद्ध पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका छन् । एसपी खत्रीले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउनकालागि सबैले आआफ्नो ठाउबाट लाग्नुपर्नेभन्दै पत्रकारबाटै आएका सूचनालाई आधार बनाएर एक्सनमा जाने बताउनुभयो ।

‘शान्ति सुरक्षा कायम गर्न जिल्लामा हामीलाई विभिन्न प्रकार सूचनाको आवश्यकता पर्दछन् । कुन सूचना सहि हुन कुन होईनन् पत्रकारबाट आएका सूचना बढि विश्वसनिय हुन्छन् जसको आधारमा एक्सन गर्न सजिलो पनि हुन्छ,’ प्रहरी प्रमुख एसपीले भन्नुभयो ‘तपाईका सूचनाका आधारमा एक्सनमा जान्छौ, तपाईहरुले अंगालेको पेशा हाम्रो सहयोगीरुपमा लिएका छौ । पत्रकारीता भनेको समाजको ऐना नै हो ।’

एसपि खत्रीले समाज सुधारमा यहाका पत्रकारको रचनात्मक सहयोगको अपेक्षा गरेको समेत बताउनुभयो । कार्यक्रममा उपस्थित पत्रकारहरूले जिल्लाको शान्ति सुरक्षाका विभिन्न पक्षमा सुझाव दिएका थिए ।
एसपि खत्रीले आफ्नो एकहप्ताको प्रारम्भिक प्रगतिबारे पनि जानकार िदिएका थिए । एक हत्ताको दौरानमा २१ हजार १६ हजार रुपया बराबरको भन्सार छलीको समान बरामद गरीएको बताउनुभयो । अदालतको फैसला कार्यान्वयन अन्तरगत ७ जना पक्राउ गरीएको छ । चालु मुद्धाका फरार प्रतिबादी ४ जना पक्राउ परेका बताए । लागुऔषध सानो मात्रामा बरामद गरीएको बताउनुभयो । त्यसैगरी अबैध डेढ क्वीइृन्टल माछा, बौईलर कुखुरा लगायतका खाद्यबस्ुत समेत बरामद गरीएको उहाले बताउनुभयो ।
परिचायत्मक कार्यक्रममा जिल्लामा थुप्रै चुनौती भएता पनि त्यसको लागि सबैले हातोमालो गर्दै अगाडि बढ्ने एसपी खत्रीले बताउनुभयो । परिचयात्मक कार्यक्रमले प्रहरी र सञ्चारकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । पत्रकार महासघं कञ्चनपुरका अध्यक्ष सुरेश धामीले जिल्लाको समग्र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी प्रशासन र सञ्चार क्षेत्र हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।