महेन्द्रनगर–कञ्चनपुरस्थीत महाकाली नदीमा विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदशन गरीएको छ । बुधबार जिल्लाको भीमदत्त नगरपालिका वडा नं। ११ भुजेलास्थीत महाकाली नदीमा नेपाली सेनाको श्री बराहदल गुल्म भगतपुरले जिल्लास्थीत सुरक्षा निकायहरुसंगको समन्वय तथा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर संगै निड्स नेपाल, एनएनएसडव्ल्यूए, मर्सिकोर, नेपाल रेडक्रस लगायतका विभिन्न संघ संघसंस्थाहरुको सहकार्यमा ‘अभ्यास मनसुन ५’ नामक विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदर्शन गरेको हो ।
कार्यक्रममा बाढी तथा प्राकृतिक प्रकोपको वेला जोखिममा परेका ब्यक्तिहरुलाई कसरी उद्दार गर्ने, धानजनको क्षतीकम गर्न सावधानी कसरी अपनाउने, घाईतेको प्राथमिक उपचार कसरी गर्ने र उनीहरुलाई कसरी अस्पतालसम्म पु¥याउने बारे नमुना अभ्यास गरीएको छ ।

प्राकृतिक विपदको जोखिम रहेको क्षेत्रका स्थानीयहरुको विपद प्रतिकार्य क्षमता बृद्धि गर्न र त्यसलाई प्रतिकार्य गर्ने स्रोत साधनको परिक्षण गर्न तथा विपदबाट हुने क्षति न्यूनिकरण गर्नका लागि संयुक्तरुपमा उक्त आयोजना गरीएको निड्स नेपालका विपद व्यवस्थापन क्षेत्रका संयोजक ईश्वर उपाध्ययले बताउनुभयो । ‘हाम्रो जिल्लाको क्षमता के छ रु त्योबाट विपद प्रतिकार्य गर्ने क्षमता परिक्षण गर्ने, समुदायलाई विपदसम्बन्धी सचेतना अभिबृद्धि गर्ने उदेश्यले हामीले योजिल्ला स्तरीय कृत्रिम नमुना अभ्यास गरेकाछौ,’ उहाँले भन्नुभयो ‘पक्कै पनि यस्ता अभ्यासले समुदायको क्षमता अभिबृद्धि गर्ने, हामीसंगको क्षमताको विश्लेषण पनि हुने र आगामि दिनमा थप कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा थाहा हुने भएकाले यो विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास गरीएको हो ।’

भविष्यमा घट्नसक्ने प्राकृतिक तथा मानव श्रजित विपद्का घट्नाहरुलाई मध्यनजर गरी कञ्चनपुरको उच्च जोखिम रहेको क्षेत्रमा कार्यरत सरोकारवाला निकायहरुको संयुक्त सहभागितामा ‘अभ्यास मनसुन ५’ अर्थात विपदपूर्व तयारी कुत्रिम नमुना अभ्यास गरीएको नेपाली सेनाको श्री बराहदल गुल्म भगतपुरका निमित्त गुल्मपति एवं सह सेनानी सुरज कटुवालले बताउनुभयो ।
एनएनएसडव्ल्यूएमा कार्यरत राज कुमार सुनारले महाकाली नदीको तटीय क्षेत्रमा वर्षेनी बाढी तथा डुवानको समस्याको बर्णनगर्दै त्यसबाट समुदायलाई कसरी बचाउन सकिन्छ भनेर प्रत्येक वर्ष विभिन्न संघ सस्थाहरुले सयुक्तरुपमा विपद पूर्वतयारी कृत्रिम नमुना अभ्यास गर्ने गरेको र त्यसकै निरन्तरता भएको बताउनुभयो । साथै उहाले यस नमुना अभ्यासले विपदको समयमा समुदायलाई जोगाउन महत्वपूर्ण भुमिका खेल्ने हुदा सबै पालिकाहरुले यस्ता कृयाकलापहरुमा जोड दिनुपर्ने आवश्यक रहेको बताउनुभयो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कृत्रिम नमुना अभ्यासबाट उद्धारमा खटिने कर्मचारीहरुको पुनर्ताजकी हुने र विपदको वेला घरायसी सामग्रीहरु बाट कसरी जिउधनको सुरक्षा गर्न सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त हुने बताउनुभयो । ‘यस नमुना अभ्यास बाट सिकेका कुराहरु लाई व्यवहारमा उतार्न सकेमात्रै पनि कार्यक्रमको उदेश्य प्राप्त हुन्छ,’ प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो ‘यस कृत्रिम नमुना अभ्यासबाट उद्धारमा खटिने कर्मचारहिरुको पुनर्ताजकी हुनुका साथै विपदको बेला स्थानीयहरुलाई घरायसी सामाग्रीहरुबाट कसरी जिउधनको सुरक्षा गर्न सकिन्छ रु भन्ने कुरा जानकारी हुने भएकाले विपदबाट हुने क्षतिमा न्यूनिकरण आउछ ।’ कार्यक्रमममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।