Advertisement

महेन्द्रनगरमा करौडौको लगानीमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन

Advertisement

महेन्द्रनगर । महेन्द्रनगरमा करौडौ रुपयाको लगानीमा सुविधा सम्पन्न मण्टेश्वरी स्कूल संचालनमा आएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४ जानकी टोलमा मदरल्याण्ड मण्टेश्वरी स्कूल संचालनमा आएको हो । स्कूल स्थापना गर्न दुई करोड २५ लाख १५ हजार ५ सय ७ रुपया लगानी लागेको एक लगानी कर्ता प्रेमराज पनेरु(पुष्कर)ले बताए ।

गत बर्ष ०८१मा दर्ता भएपनि चालु शैक्षिक सत्र ०८२देखि विद्यालय संचालनमा आएको जनाएको छ । करोडौँ लगानीमा आधुनिक एसि सहित शिशु, बालबालिका विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा निर्माण गरिएका छन ।

मदरल्याण्ड मण्टेश्वरी विद्यालयकी प्रिन्सिपल सरस्वती चन्द(भट्ट)ले मण्टेश्वरीको अवधारणा अनुरुप गुणस्तरिय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन । प्रिन्सिपल सरस्वतीका अनुसार अग्रेजी माध्यमबाट हाल पुर्व प्राथमिक कक्षा बाल विकास, नर्सरी, एलकेजी, यूकेजी र कक्षा १सम्म मात्रै पठन पाठन हुनेछ । हालसम्म ७५ विद्यार्थी भर्ना भएका छन । विद्यार्थी ओसार्नका लागि छुट्टै यातायात सुविधा समेत रहेको छ । ‘हामीले अभिभावक, बालालिकाको आवश्यता र औचित्यताका आधारमा कक्षा संचालन गरेका छौँ, ‘प्रिन्सिपल सरस्वतीले भनिन, ‘गुणस्तरिय शिक्षा प्रदान गर्ने हाम्रो मुल उदेश्य छ ।’

 

अहिले ८ शिक्षिका र ४ कर्मचारी रहेका छन । मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालक समितिका अध्यक्ष नरेन्द्र राज जोशीले शिक्षामा शैक्षिक गुणस्तर बृद्धि गर्दैै दक्ष जनशक्ति उत्पादनका लागि मण्टेश्वरी विद्यालय संचालनमा ल्याएको बताए । अध्यक्ष जोशीले आफ्नै जमिनमा निर्माण भएको आधुनिक एसि जडित भवनमा कक्षा संचालन हुनेछ । बालमैत्री अनुरुप कक्षा संचालन गरेर विद्यार्थीलाई भरपुर शिक्षा प्रदान गरिने जनाए । ‘अहिले हामीले यही स्थानमा मण्टेश्वरी कक्षा संचालन गर्नेछौँ, ‘उनले भने, ‘भावि दिनमा माथिल्ला कक्षा संचालन गरे छुट्टै स्थानमा संचालन गछौँ ।’ मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालक प्रेमराज पनेरु(पुष्कर)ले अभिभावकको आवश्यकता अनुरुप विद्यालय संचालन गरेर शैक्षिक गुणस्तर बृद्धि विकासलाई मुख्य केन्द्रीत गरेर विद्यालयमा सचालनमा आएको बताए ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नेपाल पत्रकार महासंघ कञ्चनपुरकी उपाध्यक्ष धर्मा रोकायाले शैक्षिक गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताईन । शनिबार विद्यालयको भीमदत्त नगरका मेयर पदम बोगटीले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज