महेन्द्रनगर–स्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया सम्पन्न भएको छ । आईतबार दैजीस्थीत हाईवे ग्रिन होटेल एण्ड लजमा कृषि उत्पादन पकेट क्षेत्र विकास तथा बजारीकरणका लािग स्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको आयोजना बेदकोट नगरपालिका कार्यालय तथा कनेक्ट परियोजना कार्यक्रम साझेदारी र कृषिज्ञान केन्द्र कञ्चनपुरको सहकार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्रको आयोजनामा सम्पन्न भएको छ ।

कार्यक्रमको सभातित्व बेदकोट उपभोक्ता समिति अध्यक्ष भानमति खडायतले गरेका थिए भने प्रमुख अतिथि बेदको गरपालिकाका प्रमुख भोजराज बोहरा रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिमा शुक्लाफाटा मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति अध्यक्ष लवदेव विष्ट रहेका थिए । त्यसैगरी कार्यक्रममा हिमाली प्रकृतिका वरिष्ट कार्यक्रम अधिकृत श्रीराम घिमिरे, कनेक्ट परियोजनाका प्रमुख, कृर्षि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख गोविन्द सिजापति, बोदकोट नगरपालिका कृषि शाखा प्रमुख देवराज बडु, पशुशाखा प्रमुख तर्कराज बडु अतिथि रहेका थिए । बेदकोट मध्यवर्ति क्षेत्रमा उपयुक्त हुने वालि पहिचान गरी उपयुक्त वालि निर्धारण गर्न अथवा उत्पादनमा बृद्धि गरी उत्पादनलाई बजारी गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको कनेक्ट परियोजनाका प्रमुख श्रीराम घिमिरेले बताए । ‘हामीले उत्पाद बृद्धि गर्नका लागि विउविजन पनि राम्रो हुनपर्छ । एग्रोभेटमा उन्नत जातको विउविजन राख्नुपर्छ, किसानले राम्रो विउ हो वा हाईन भनेर छुट्याउन सक्दैनन्् विउ मलखाद पनि समयमै उपलब्ध हुन जरुरी छ,’ कनेक्ट परियोजनका प्रमुख घिमिरेले भने, ‘यस्ता कार्यक्रम गामी दिनमा पनि गर्नुपर्छ, उत्पादन राम्रो हुन प्राविधिक ज्ञान हुन जरुरी छ । त्यसैले कृषि ज्ञान केन्द्र, एग्रोभेट उत्पादन गर्ने र उत्पादन गरेको कृषि उपज व्यपारीसम्म पुराउन वा व्यपारीहरु उपभोक्ताहरुमा सेवा प्रवाह गर्ने नगरपालिका सबैलाई जोड्न खोजेका हौ।’

कार्यक्रममा बेदकोट मध्यवर्ति भित्र पर्ने बेदकोट नगरपालिका वडा नं १, ३ र १० का किसान व्यपारी एग्रोभेटसंञ्चालकहरुको उपस्थिति रहेको थियो ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।