×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

महेन्द्रनगरमा गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपालद्धारा वृक्षारोपण

महेन्द्रनगर । कञ्चनपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस भव्यता र हर्षोल्लासका साथ मनाइँएकोछ । १८ औं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल कञ्चनपुरले महेन्द्रनगरमाले वृक्षारोपण गरेको छ । बिहिवार महेन्द्रनगर स्थित इको पार्कमा प्रेस चौतारी नेपाल कञ्चनपुरले विभिन्न प्रजातिका बोटविरुवा रोप्दै गणतन्त्र दिवस मनाएको हो ।
प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले गणतन्त्र दिवसको अवसर पारी इको पार्कमा वृक्षारोपण गरिएको बताए । पछिल्लो समय गणतन्त्रलाई उल्टाउँने कुचेष्टा भइरहेकाले त्यसको प्रतिकार स्वरुप आम जनमानसले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनुपर्ने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष गिरीले बताए । गणतन्त्रका उपलब्धिहरुलाई आम जनमानसमा जगजाहेर गर्दे सुनौलो गणतन्त्रका किरणहरुलाई कमलको माध्यमबाट आम जनमानस सम्म पु¥याउन प्रेस चौतारी नेपालले कार्यक्रमको आयोजना गर्दे आएको अध्यक्ष गिरीले बताए ।

वृक्षारोपण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य श्याम भट्ट, केन्द्रिय सदस्य देवराज साउद, प्रेसकाउन्सिल नेपालका पुर्व सदस्य हरी प्रसाद जोशी, पुर्व केन्द्रिय सदस्य धर्मा रोकाया, प्रदेश कोषाध्यक्ष लक्ष्मण पन्त, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर अध्यक्ष सुरेश सिह धामी, कोषाध्यक्ष मोहन बिष्ट, पुर्व अध्यक्ष लक्ष्मण सिह तिवारी, प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला उपाध्यक्ष भुपाल केसी, सचीव धन बहादुर बोहरा लगायत पत्रकारहरुको उपस्थित गरेको थियो ।

यस्तै, वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य नर बहादुर धामी, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य दिपक प्रकाश भट्ट , प्रदेश कमिटी उपसचिव नर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य महेश प्रसाद पन्त, प्रदेश कमिटी सदस्य लक्ष्मी बिक, जिल्ला उपाध्यक्ष जनक अवस्थी, जिल्ला उपसचिव असोक चन्द, भीमदत्त वडा १८ का अध्यक्ष रबिन्द्र देवकोटा, दोधारा चादनी वडा नम्बर ६ का अध्यक्ष ओम बस्नेत लगायत नेताकार्यकर्ताहरुको उपस्थितमा भव्यतापुर्वक वृक्षरोपण गर्दै गणतन्त्र दिवस मनाइएको प्रेस चौतारी नेपाल कञ्चनपुरका उपाध्यक्ष भुपाल केसीले बताए ।

शुभकामना कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य श्याम भट्ट रहेका थिए भने कार्यक्रमको अध्यक्षता प्रेस चौतारी शाखा कञ्चनपुरका जिल्ला अध्यष मदन गीरी रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य नर बहादुर धामी रहेका थिए ।

त्यसैगरी अतिथिमा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य दिपक प्रकाश भट्ट , प्रदेश कमिटी उपसचिव नर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य महेश प्रसाद पन्त, प्रदेश कमिटी सदस्य लक्ष्मी बिक, जिल्ला उपाध्यक्ष जनक अवस्थी, जिल्ला उपसचिव असोक चन्द, भीमदत्त नगरपालिकाका नेकपा एमालेका अध्यष हिमाल चन्द, भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रबिन्द्र देवकोटा, दोधारा चादनी वडा नम्बर ६ का वडा अध्यक्ष ओम बस्नेत लगायत थिए ।

 

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य नर बहादुर धामी र चौतारीका केन्द्रिय सदस्य श्याम भट्ट लगायतका नेताले शुभकामना मन्तव्य दिएका थिए । शुभकामना दिने सबैको एउटै धारणा गणतन्त्रमाथि प्रहार भईरहेकोले यसका विरुद्ध सबैले एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिए । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका सचिव धन बहादुर बोहराले गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज