महेन्द्रनगर – कृष्णपुर नगरपालिकाको आयोजनामा दोस्रो कृष्णपुर मेयर कप फुटवल तथा प्रथम कृष्णपुर उपमेयर कप महिला प्रतियोगिता हुने भएका छन् । आजबाट दोस्रो कृष्णपुर मेयर कप फुटबल प्रतियोगिता हुदैछ भने १८गतेदेखि प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिता हुदैछ । शुक्रबार कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा र नगर उप प्रमुख द्रोपती रानाले संयुक्तरुपमा ट्रफि तथा मेडल सार्वजनिक गर्दै उक्त प्रतियोगिताको बारेमा जानकारी दिए ।

पछिल्लो समयमा समाजमा लागुपदार्थको कुलतमा युवयुवति लागिरहेको सन्दर्भमा ‘हाम्रो सामुहिक गोल लागु पदार्थ दुव्र्यसनको अन्त्य’ कृष्णपुर को शान खेलकुद मार्फत महिला सशत्तितीकरण अभियान भन्ने मुल नारा दिएर दोस्रो मेयर कप फुटबल प्रतियोगिता कृष्णपुर–०६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आयोजना आजबाट सञ्चालन हुनेछ । त्यसैगरी प्रथम उपमेयर कप भलिबल प्रतियोगिता आईतबारदेखि वडा नं. २ बाणि स्थीत कवर्डहलमा १६ बजेदेखि सञ्चालन हुने कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले ट्रफि सार्वजनिक गर्दै उक्त जानकारी दिए ।
उनले प्रतियोगिता अन्तराष्ट्रिय नियमअनुसार हुने बताए । दुवै प्रतियोगिता लिग चरणमै हुने मेयर ओझाले बताए । मेयर ओझाले फुटवल प्रतियोगिताले नगरपालिकाको फटवल टोलिले पनि सहभागिता जनाउने बताए । महिला खेलाडीहरुलाई सम्पूर्ण ड्रेसदेखि लिएर जुत्तालगायतका सामाग्र्रि उपलब्ध गराउने मेयर ओझाले बताए ।
दुवै प्रतियोगिताको पुरस्कारको रासि बरावर रहेको मेयर ओझाले बताए । उनका अनुसार प्रथम पुरस्कार ५१,१५१ र ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने उपविजेता टिमलाई रु ३१,१३१ ट्रफी, मेडल र प्रमाणपत्र सेमिफाइनल टिम पुग्ने टिमहरुलाई रु एघार हजार एक एघार रुपया नगद प्रदान गरीनेछ । त्यसैगरी व्यक्तिगत पुरस्कारका रुपमा विधागत पुरस्कार एकहजार देखि दुई हजार सम्म नगद र प्रत्येक म्याचको प्लेयरलाई ट्रफि प्रदान गरीने आयोजले जानकारी दिएको छ ।
महिलाहरु पनि केहि न केहि गर्न सक्छन भन्ने कुरालाई प्रमाणित गर्नका उपमेयर महिला भलिवल प्रतियोगिता आयोजना गरीएको नगर उप प्रमुख द्रोपति रानाले बताईन् । उनले लागुऔषदको कुलतबाट युवा र समाजलाई जोगाउनका लागि प्रतियोगिताले अहम भुमिका खेल्ने बताइन् ।
ट्रफि सार्वजनिक कार्यक्रममा खेलकुद संयोजक एवं वडा नंम्बर ३ का वडाअध्यक्ष खेमराज चौधरीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिमा नगर प्रमुख हेमराज ओझा तथा बिशिष्ठ अतिथिमा उप प्रमुख द्रोपती राना रहेका थिए । त्यसैगरी वडा नं. ६ का वडा अध्यक्ष बाबुराम चौधरी र कार्यपालिका सदस्य रत्नादेवि बोहराको उपस्थीति रहेको थियो ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।