×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

बेदकोट ८ मा पुनः जग्गा नापजाँच शुरु, ११०किसानलाई लालपुर्जा वितरण गरिने

महेन्द्रनगर-किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) दिनका लागि कञ्चनपुरको बेदकोट नगरपालिकामा पुनःऐलानी जग्गा नापजाँच शुरु गरिएको छ । लालपुर्जा वितरण गर्नका लागि मंगलबारदेखि बेदकोट नगरपालिका ८मा पुन नापजाँच शुरु गरिएको हो ।
भूमि समस्या समाधान आयोगले वडा कार्यालयसंग समन्वय गरेर ऐलानी जमिनकोे पुन नापजाँच शुरु गरेकोे जनाएको छ ।  बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले यस अघि नापजाँच भएर अन्तिम प्रमाणिकरण गरेर लालपुर्जा वितरणका लागि जग्गा नाप्ने काम भईरहेको बताए ।

‘अहिले अधुरो कार्यकोे पुर्नथालनी भएको छ, ‘उनले भने, ‘जमिन भएर स्वामित्व नभएका जनतालाई जमिनको मालिक बनाउने काम भएको छ ।’ यस अघि गत बर्ष ८३ किसानलाई पुर्जा वितरण गरेको बताउँदै उनले अब लगत्तै ११०किसानलाई लालपुर्जा वितरण गरिने बताए । ‘हामीले हरेक बर्ष पुर्जा वितरण कार्य अघि बढाएका छौँ, झण्डै ६दशकदेखि पुर्जा बिहिन जनतालाई जमिनको मालिक बनाउँछौँ ।’ चुनावका बेला जनतासंग गरेकोे बाचा अनुरुप बेदकोट ८मा जमिन समस्या समाधानको कामकाज अघि बढेको वडाध्यक्ष जोशीले बताए । ४सय ६९भूमिहिन अव्यवस्थित बसोबासीले फारम भरेका छन । भने, ६भूमिहिन दलित र ३ भूमिहिन सुकुमबासीले फारम भरेको बताए । पहिलो चरणमा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिने दोस्रो चरणमा भूमिहिन दलित र सुकुमबासीका लागि जमिन खोजेर वितरण गरिने छ । ‘जनता जमिनको मालिक भए उनीहरुले राज्यलाई बुझाउने करले राज्यको समेत स्थायी आम्दानी हुने छ, ‘उनले भने, ‘यसबाट जनता र राज्य सम्बृद्ध बन्नेछन ।’
भूमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले गत विगतका अधुरा काम अघि बढाउँदै जनतालाई हातहातमा पुर्जा वितरण गरिने बताए । ‘राजनैतिक अस्थिरताले रोकिएको काम पुन शुरु भएको छ, ‘उनले भने, ‘जमिनको थप प्रमाणिकरण गरेर अघि बढछौँ ।’
बेदकोट नगरका उपप्रमुख तुलसी जोशीले नगरका १०वटै वडाहरुमा भूमिहिन जनतालाई मुस्कान सहितको लालपुर्जा वितरण गरिने बताए । उपप्रमुख जोशीले बेदकोट ८सगै सबै वडाहरुमा जमिन समस्या समाधान गरिने बताए । गत बर्षदेखि लालपुर्जा पाएका किसान यस बर्षपनि पुनःजमिन नापजाँचले आशा पलाएको जनताले आसा गरेका छन । स्थानीय शंकर नाथले ६२ बर्षदेखि जमिनको स्वामित्व नपाएका जनता अब जमिनको मालिक बन्ने विश्वासमा छन । ‘हामी यहाँ ०१८ सालदेखि बसोबास गर्दै आएका छौँ, अहिलेसम्म लालपुर्जा पाएका छैनौँ, ‘उनले भने, ‘गत बर्ष केही जनतालाई लालपुर्जा पाए अहिले फेरी थप जनताले पाउने भएका छन ।’
भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकास पन्तले जिल्लामा पुनः नापजाँच शुरु भएको बताए । अध्यक्ष पन्तले बेदकोट ८ सहित दोधाराचाँदनी भीमदत्त, शुक्लाफाँटा, कृष्णपुर र लालझाडीमा नापजाँच शुरु भएको बताए । यस अघि आयोगले गरेका कामकाजको स्वामित्व ग्रहण गर्दै बाँकी काम अघि बढाएर समयमै लालपुर्जा वितरण गरिने बताए । अध्यक्ष पन्तले अव्यवस्थित बसोबासीको समस्या समाधान गरेर बाँकी भूमिहिन सुकुमबासीका हकमा समस्या समाधान गरिने बताए । जिल्लाका विभिन्न स्थानमा पुन जग्जा नापजाँच हुन थालेपछि भूमिहिन जनता समेत हर्षित भएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज