×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

वडा स्तरीय बालक्लवलाई बाल अधिकार नेतृत्व तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

पार्वती बोहरा, महेन्द्रनगर–वडास्तरीय बाल क्लब लाई बाल अधिकार नेतृत्व विकास तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरको ९/११ होटलमा भीमदत्त नगरपालिका वडा नं १८ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र देवकोटाले बालबालिकालाई नेतृत्व विकास तालिम, विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको तालिम दिएर उनिहरुलाई दक्ष बनाउने उदेश्यले तालिम प्रदान गरिएको बताए । बालबालिकाहरु भोलीको नेतृत्व गर्ने तहमा पुग्ने, देशको सर्वाङगिण विकासमा भविष्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले उनीहरुलाई अहिले देखी नै दक्ष बनाउने उदेश्यले बाल क्लबका सदस्यहरुलाई सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एबम् प्रहरी उप रिक्षक खड्क बहादुर खत्री, योगाचार्य सुरेन्द्र ओझा र भीमदत्त नगरपालिका कानुनी सल्लाहकार वीरेन्द्र बहादुर सिंहले बालबालिकाहरूलाई विभिन्न विषयमा प्रशिक्षण गरेका थिए ।
कानुनी सल्लाहकार वीरेन्द्र बहादुर सिंहले बालबालिका सम्बन्धी कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण गरेका थिए । नेपालको संविधानमा बालबालिका का विभिन्न प्रकारका हकको बारेमा जानकारी दिए । उनले बालबालिका सम्बन्धी कानुनी व्यवस्थाका बारेमा व्याख्या गर्दै उनले बालबालिकाको सर्वोपरि, शिक्षा, स्वास्थ्यको अधिकार, पारिवारिक संरक्षणमा हुर्कन पाउने अधिकार , दुर्व्यवहार, श्रम शोषण गरिनु हुन्न भन्ने कानुनतः व्यवस्था भएको बताए ।  योगाचार्य सुरेन्द्र राज ओझाले नेतृत्व विकास र योगासम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले लागू औषधको कुलतबाट आफू र समाजलाई कसरी जोगाउन सकिन्छ रु तथा साइबर अपराध बात जोगिन के गर्ने रु भन्ने बारेको प्रस्तुतिकरण दिएका थिए ।

उनले प्रहरी कष्टडीमा लागू औषधका मुद्दा बढी भएकाले लागुऔषधको दुर्व्यसनी न्यूनीकरण गर्न बालबालिकाको पनि महत्वपूर्ण भूमिका हुने बताए । ुप्रहरी कष्टडीमा धेरै जसो मानिस लागू औषधको मुद्दाका रहेका छन् ु, उनले भने ुलागू औषधले मानिसको सामाजिक देखि मानसिक र शारीरिक समस्या हुने र अन्य आत्महत्याको केस सम्म हुने भएकाले तपाईंहरूले पनि समाजमा अवार्नेस गर्न सघाउनुपर्यो ।ु टेक्नोलोजीको दुरुपयोग भइरहेको र जसका कारण साइबर क्राइम जस्ता अपराध भइरहेको उनले बताए ।

भीमदत्त नगरपालिका १८ को बाल क्लबका अध्यक्ष भावेश ओेझाले कार्यक्रम अति नै लाभदायिक रहेको बताए । तालिमले सहभागिहरुको जिवनमा निकै ठुलो परिवर्तन गर्ने र आफनो क्षमता विकास पनि भएको उनले बताए । त्यसैगरी कार्यक्रममा सहभागि क्लवकी उपाध्यक्ष अकेसा जोशीले पनि तालिमबाट बालअधिकारको बारेमा थप जानकारी पाएको बताए । उनले लागुपदार्थको बारेमा सचेत भएको र कुन राम्रोबाटो कुन नराम्रो बाटो पहिल्याउन सहयोग मिलेको बताए ।
लागुऔषधको कुलतमा लाग्नबाट कसरी जोगिनुपर्ने रहेछ र त्यसबाट पर्ने प्रभावलगायतका बारेमा जानकारी पाएको र त्यसलाई आफुमा मात्रै नराखी मेरो घरवरीपरका अन्य साथीभाईलाई सचेतना फैलाउने क्लवका सचिव कृतिका भट्टले बताए ।

कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं १८ का वडाध्यक्ष रवीन्द्र देवकोटा , वडा सदस्य , वडा सचिव दिनेश राज भट्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत तथा बलकलावमा आबद्ध बालबालिका हरुको सहभागिता थियो । उनीहरुलाई प्रमाण पत्र पनि प्रदान गरीएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज