धर्मा रोकाया, कञ्चनपुर २६ । कञ्चनपुरको एक स्थानीय तहले महिला खेलाडी उत्पादन गर्नका लागि खेलकुदमा समावेसी योजना ल्याएकोे छ । कृष्णपुर नगरपालिकाले महिला खेलाडीका लागि भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

स्थानीय सरकारले वाणीमा प्रथम कृष्णपुर उपमेयर महिला भलिबल प्रतियोगिता ०८२ आयोजना गरेको हो । सोमबार उक्त भलिबल प्रतियोगिताको एक कार्यक्रमका विच समापन गरिएको छ । उक्त प्रतियोगिताको कृष्णपुर नगरपालिका ८ नम्बर वडलाई उपाधी पाईएको छ । फाईनल प्रतियोगितामा ८ले लगातार ३सोटो सेटमा १नम्बर वडालाई हराउँदै उपाधी चुमेको हो । विजेता ८नम्बर वडाकोे टिमले नगद ५१हजार र उपविजेता १नम्बर वडाले नगद ३१हजार सहित प्रमाण पत्र ट्रफि पाएका छन । कुल ८टिमको सहभागिता रहेकोे प्रतियोगिता निकै रोचक रहेको महिला सहितका खेलाडीले अनुभव व्यक्त गरेका छन ।
कृष्णपुर नगरकी उपमेयर द्रोपती रानाले महिलालाई पनि भलिबल सहितका खेलकुद प्रतियोगितामा सहभागि भएर खेलकुद बृद्धि विकासका लागि कार्यक्रम गरिएको बताए । ‘अहिलेसम्म खेलकुदका अधिकाँस पुरुष तर्फमा बढि हुन्छन, ‘उनले भने, ‘भलिबल सहितका रहेक खेलकुद विद्यामा महिला पनि समावेस गरेका छौँ ।’ उपमेयर रानाले आगामी दिनमा थप खेलकुदका विद्याका कार्यक्रम संचालन गर्ने बताईन ।

पुरस्कार वितरण गर्दै मेयर हेमराज ओझाले खेलकुद क्षेत्रमा महिला सहितका समावेसी सहभागिता गराएर नगरको खेलकुद बृद्धि विकासका कार्यक्रम संचालन गर्न खोजिएको बताए । मेयर ओझाले एकै पटक महिला भलिबल र पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । समापन कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य गिता चौधरीले महिला भलिबलका खेलाडीको बृद्धि विकास, उत्साहका लागि पालिकाले अघि सारेको योजना लैङिकमैत्री रहेको बताए ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।