
कञ्चनपुर, जेठ ३० कञ्चनपुरमा जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय गणित/विज्ञान प्रर्दशनी भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा माध्यामिक विद्यालय गणित/विज्ञान प्रर्दशनी भएको होे ।

शान्ति निकेतन माध्यामिक विद्यालयको आयोजना र शिक्षा विकास निर्देशनालय दिपालय डोटीको आर्थिक सहयोगमा गणित÷विज्ञान प्रर्दशनी गरिएको जनाएको छ ।
शान्ति निकेतन माध्यामिक विद्यालयका प्रद्यानाध्यापक पुष्पराज ओझाले विद्यार्थीलाई गणित र विज्ञानप्रति आकर्षित गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रअ ओझाका अनुसार विज्ञान तर्फ ९ र गणित तर्फ १५ सहित २४विद्यालय सहभागि रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले उक्त कार्यक्रमबाट विद्यार्थीको सिकाईमा अभिबृद्धि हुने बताए ।
गणित तर्फ लक्ष्मी मावि बागफाँटा र विज्ञान तर्फ महेन्द्रनगर नमुना मावि(साधारण स्कुल) प्रथम भएको छ । गणित तर्फ ईन्टरनेशनल पब्लिक स्कुल र विज्ञान तर्फ निङलाशैनी मावि गोबरैयाले द्वितिय स्थान हासिल गरेका छन ।

गणित तर्फ महेन्द्रनगर नमुना मावि(साधारण स्कुल) र विज्ञान तर्फ सत्यवादी मावि तृतिय भएका छन । गणित तर्फ सत्यवादी मावि र विज्ञान तर्फ आयोजक शान्ति निकेतन मावि र होलीफेम्ली एकेडेमीले सान्त्वना पुरस्कार पाएका छन । प्रथम, द्वितिय, तृतिय र सान्त्वना पाउने विद्यालयले क्रमस नगद ४, ३, २ र १ हजार रुपैयाका साथै प्रमाण पत्र पाएका छन । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका भीमदत्त नगरपालिका ६का वडाध्यक्ष प्रकास बहादुर चन्दले विद्यार्थीविच गणित र विज्ञान प्रर्दशनीमा यस्ता कार्यक्रमले थप शिक्षण सिकाई अभिबृद्धि हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले उक्त कार्यक्रमबाट विद्यार्थीको सिकाईमा अभिबृद्धि हुने बताए । विजेता विद्यार्थीहरुलाई सम्बन्धीत विद्यालयले समेत बधाई ज्ञापन गरेका छन ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।