Advertisement

पोखरी कटेजले सरकारी अनुदान लिएको छैन : संचालक राना

Advertisement

महेन्द्रनगर–कञ्चनपुरको बेदकोट नगरपालिका– ७ सुडा हजारा स्थित पोखरी कटेज प्रालि होटलका संचालक कृष्ण रानाले होटलमा सरकारी अनुदान नलिएको बताएका छन । उनले आफुले पहिल्यै देखि ललिता एग्रो फर्मबाट माछा तथा कुखुरा पालनगर्र्दै आएको त्यही फर्मबाट अहिले जिउँदो माछा बिक्रि केन्द्र र पोखरी मर्मतका लागि प्रदेश सरकारबाट अनुदानमा छनौट भएको बताए ।

प्रदेश सरकार रहेको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत चालु आर्थिक बर्ष ०८१÷०८२मा ५०लाखमा अनुदान छनौट भएपनि निर्माण कार्य जारी भएकाले भुक्तानी समेत नपाएको बताए । ‘मेरो निजी ५०लाख र सरकारको ५०लाख संयुक्त लगानीमा योजना संचालन गरेको छु, ‘उनले भने, ‘मैले अनुदान लगेर दुरुपयोग पनि गरेको छैन ।’ ०७२सालदेखि पोल्ट्री, माछा व्यवसायमा काम गर्दै आएको र व्यवसाय विस्तार गरेर ०७६देखि पोखरी कटेज समेत संचालनमा ल्याएको उनले बताए ।
सरकारी अनुदान लिएर पोखरी कटेजमा प्रवेसका लागि प्रति व्यक्ति ५० रुपैया संकलन भईरहेको समाजिक सञ्जालमा प्रशन उठेपछि उनले आन्तरिक सुरक्षाका लागि प्रवेसीहरुबाट फुट शुल्क रहेको र उक्त शुल्क लिएर ग्राहकको अन्य शुल्कमा मिलान गर्दै आएको दावि गरे ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सुचना अधिकारी खडक बहादुर पाण्डेयले पोखरी कटेज होलटमा अनुदान नगएको बताए । ‘संचालक एकै व्यक्ति हुनसक्छ, तर अनुदानका लागि ललित एग्रो फर्म छनौट भएको छ, ‘उनले भने, ‘उपभोक्तालाई ताजै जिउँदो माछा बिक्रि केन्द्र संचालन र केही पोखरी मर्मतका लागि कार्यक्रम दिएका छौँ, काम भईरहेको छ, सम्झौता अनुरुप काम भएपछि मात्रै भुक्तानी हुन्छ ।’

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज