×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सुदूरपशिचम विश्वविद्यालयको स्थापना दिवस विविध कार्यक्रम गरी मनाईयो

महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विबिध कार्यक्रम गरी मनाईएको छ । मंगलबार विश्वविद्यालयको केन्द्रिय कार्यालय भीमदत्त नगरपालिका वडा नं. १८ सालघारीमा एक समारोको आयोजना गरी दिवस मनाईएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि रहेका थिए । भने विश्वविद्यालयका उपकुलपति प्राडा हेम राज पन्तको अध्यक्षता रहेको थियो । कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना कर्मचारी र प्राध्यापकलाई दीर्घ सेवा पदकबाट सम्मान गरीएको छ । उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरीएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ। ‘कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवद्र्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छ’ मुख्यमन्त्री शाहले भने ‘रोजगारी र उत्पादन बढाउने र हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्छ ।’ साथै उनले प्रदेश सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, संघिय संसाद तारालामा तामाङ र आन्तरीक मामिला तथा कानून मन्त्री हिरा पार्की विशिष्ठ अतिथि रहेका थिए ।
स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य अनुरुप विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामा १६ वटा आङ्गिक र देशभरि बिभिन्न स्थानका अन्य ३१ वटा सम्बन्धन प्राप्त क्याम्पस मार्फत उच्च शिक्षामा पहुँच पु¥याउने जिम्मेवारी पुरा गर्दै आएको छ।

 

शैक्षिक उत्कृष्टता, अनुसन्धानमा आधारित शिक्षा, समुदायसँगको सहकार्य तथा साझेदारीलाई लक्ष्य बनाएको यो विश्वविद्यालय देशको एक प्रमुख शैक्षिक धरोहरका रुपमा स्थापित भएको छ।

 

हाल विश्वविद्यालयमा ४६६ शिक्षक र २०१ कर्मचारी गरी जम्मा ६६७ जना शिक्षक र कर्मचारीहरु कार्यरत रहेका छन् भने हाल विभिन्न सङ्कायको फरकफरक तहमा गरी १८,२९९ विद्यार्थी अध्ययनरत रहेको छ । सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ (सन् २०१०) अनुसार नेपाल सरकारको लगानीमा संचालन हुने गरी सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको हो ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज