
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विबिध कार्यक्रम गरी मनाईएको छ । मंगलबार विश्वविद्यालयको केन्द्रिय कार्यालय भीमदत्त नगरपालिका वडा नं. १८ सालघारीमा एक समारोको आयोजना गरी दिवस मनाईएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि रहेका थिए । भने विश्वविद्यालयका उपकुलपति प्राडा हेम राज पन्तको अध्यक्षता रहेको थियो । कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना कर्मचारी र प्राध्यापकलाई दीर्घ सेवा पदकबाट सम्मान गरीएको छ । उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरीएको छ ।


कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ। ‘कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवद्र्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छ’ मुख्यमन्त्री शाहले भने ‘रोजगारी र उत्पादन बढाउने र हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्छ ।’ साथै उनले प्रदेश सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, संघिय संसाद तारालामा तामाङ र आन्तरीक मामिला तथा कानून मन्त्री हिरा पार्की विशिष्ठ अतिथि रहेका थिए ।
स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य अनुरुप विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामा १६ वटा आङ्गिक र देशभरि बिभिन्न स्थानका अन्य ३१ वटा सम्बन्धन प्राप्त क्याम्पस मार्फत उच्च शिक्षामा पहुँच पु¥याउने जिम्मेवारी पुरा गर्दै आएको छ।

शैक्षिक उत्कृष्टता, अनुसन्धानमा आधारित शिक्षा, समुदायसँगको सहकार्य तथा साझेदारीलाई लक्ष्य बनाएको यो विश्वविद्यालय देशको एक प्रमुख शैक्षिक धरोहरका रुपमा स्थापित भएको छ।

हाल विश्वविद्यालयमा ४६६ शिक्षक र २०१ कर्मचारी गरी जम्मा ६६७ जना शिक्षक र कर्मचारीहरु कार्यरत रहेका छन् भने हाल विभिन्न सङ्कायको फरकफरक तहमा गरी १८,२९९ विद्यार्थी अध्ययनरत रहेको छ । सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ (सन् २०१०) अनुसार नेपाल सरकारको लगानीमा संचालन हुने गरी सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको हो ।

सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।