×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

साधारण स्कुलमा नयाँ कार्यको थालनी

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर नमूना माध्यमिक विद्यालय साधारणमा शिक्षकहरुसित कार्य सम्पादन सम्झौता गरिएको छ ।

बिहीबार विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक र त्यसपछि प्रधानाध्यापले सबै शिक्षकहरुसित कार्य सम्पादन सम्झौता गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले प्रधानाध्यापक देबराज भट्टसित सुरुमा कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यसपछि प्रधानाध्यापक भट्टले कक्षा नर्सरीदेखि १० सम्मका सबै शिक्षकहरुसित सम्झौता पत्रमा हस्ताक्षर गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टले कार्य सम्पादन सम्झौता गरी विद्यालयमा नयाँ कार्य थालनी गरिएको बताए । ‘महेन्द्रनगर नमूना माध्यमिक विद्यालय साधारण स्कूलमा नयाँ कार्यको थालनी गरियो’ उनले भने,‘यसले विद्यालयको शैक्षिक भौतिक प्रगतिले अझै फड्को मार्ने आश राखेका छौ ।’ अध्यक्ष विष्टले सम्झौताले व्यवस्थापन समिति र शिक्षक दुबैलाई विद्यालयको प्रगतिमा थप जिम्मेवार बनाउने विश्वास व्यक्त गरे । ‘शैक्षिक उपलब्धि हासिल गर्न यो सम्झौता प्रभावकारी हुने आश राखेका छौ’ उनले भने,‘यसबाट शैक्षिक गुणस्तर वृद्धि हुनेमा विश्वस्त छौ ।’ अध्यक्ष विष्टको कार्यकालमा महेन्द्रनगर मावि नमूना विद्यालय बनेको हो । महेन्द्रनगर माविले सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ शैक्षिक गन्तव्यको पहिचान बनाएको छ ।

विद्यालयमा चालु शैक्षिक सत्रमा झण्डै तीन हजार हाराहारी विद्यार्थी अध्ययनरत छन् । सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका विद्यार्थी अध्ययनका लागि विद्यालय भर्ना भएका छन् ।

अंगं्रेजी माध्यममा पठनपाठन हुने यस विद्यालयमा कक्षा १२ सम्म पढाई हुन्छ । प्राविधिक धारमा इन्जिनियरिङ्ग विषयको पठनपाठन हुँदै आएको छ । विद्यालयमा कार्यक्रम गरी कार्यक्रम गरी कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरिएको छ ।

कार्यक्रममा शिक्षक र कर्मचारीहरूलाई शैक्षिक डायरी र कलम वितरण गरिएको अध्यक्ष विष्टले बताए ।विद्यालयका व्यवस्थापन समितिm शिक्षक अभिभावक संघ सहित शिक्षक कर्मचारी कार्यक्रममा सहभागी भएका छन् ।

विद्यालय व्यवस्थापन समिति यस अघि भीमदत्त नगरपालिकाले विद्यालयसित कार्य सम्पादन सम्झौता गर्ने आशमा कुरेको थियो ।संघीय शासन व्यवस्थापछि माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकार मातहत छ ।

 

भीमदत्तले कार्य सम्पादन सम्झौताका लागि चासो नदेखाएपछि विद्यालय व्यवस्थापन समिति आफैं अग्रसर भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टले शैक्षिक सुधारका लागि समितिबाट प्रयास थालिएको बताए ।

‘नगरपालिकाले कार्य सम्पादन सम्झौता गर्ने आशमा बसेका थियौ, चालु शैक्षिक सत्र सुरु भएको पनि तीन महिना पुगि सकेछ, सम्झौताका लागि केही चासो देखिएन’ उनले भने,‘त्यसपछि हामी आफंै यो सम्झौता गरी अघि बढेका छौ ।

 

’कञ्चनपुरमा कार्य सम्पादन सम्झौता गर्नेमा महेन्द्रनगर मावि पहिलो बनेको छ । कैलालीमा केही स्थानीय तहले विद्यालयसित कार्य सम्पादन सम्झौता गरेका छन् ।

गत महिना मात्रै विद्यालयले सुदूरपश्चिम प्रदेशकै उत्कृष्ठ विद्यालयका रुपमा पुरस्कार पाएको थियो । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको साझा सगठन प्रिन्सिपल एसोसिएसन अफ नेपाल९पान० ले पोखरमा विद्यालयलाई उत्कृष्ट विद्यालय पुरस्कार प्रदान गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि मन्त्री रघुजी पन्तबाट पुरस्कार ग्रहण गरेका थिए ।शिक्षाविद् प्रा।डा। विद्यानाथ कोईराला नेतृत्वको समितिले विद्याथलयको शैक्षिक भौतिक सहित विभिन्न २५ शैक्षिक सूचकको अध्ययन गरी उत्कृष्ठ विद्यालय छनौट गरेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज