सुन, चाँदी व्यवसायहरु अनिश्चितकालिन बन्द हुदै

प्रकाशित:

महेन्द्रनगर – कञ्चनपुर जिल्लाका सुनचादी व्यवसायहरु अनिश्चितकालिन बन्द गरीने भएका छन् । नेपाल सरकारद्धारा सुनचाँदीमा लागु गरीएको कर नीति अव्यवहारिक भएको भन्दै बृहत ¥याली तथा खवरदारी सभा गरेका कञ्चनपुर जिल्लाका सुनचाँदी व्यवसायीहरुले शनिबारदेखि नै अनिश्चितकालिन व्यवसाय बन्दको घोषणा गरेका छन् ।

सुनचाँदी व्यवसायीहरु सरकारले माग पुरा नगरेसम्म निरन्तर संघर्ष गर्ने मनसायमा रहेका छन् । शुक्रबार कञ्चनपुर सुनचाँदी व्यवसायी संघ, महाकाली सुनचाँदी रत्न तथा आभुषण संघ झलारी, र नेपाल हस्तकला महासंघ शाखा कञ्चनपुरले सरकारद्धारा लागु गरीएको नयाँ कर नीतिको खारेजीको माग राख्दै संयुक्तरुपमा महेन्द्रनगर बजारको स्मारक चोकबाट बृह्त ¥याली निकालेर बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय परिसरमा खवरदारी सभा सम्पन्न गरेका छन् ।

सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजेका कारण आन्दोलन गर्नुपरेको कञ्चनपुर सुनचादी व्यवसायी संघका अध्यक्ष सुरत सुनाले बताए । अध्यक्ष सुरत सुनारले ग्राहकको ढाड सेक्ने गरी लागु गरीएको सरकारको नीतिले सुनचाँदी व्यवासाय नै धरापमा पर्ने बताए ।
तिनै संगठनमा आवद्ध सुनचाँदी व्यवासायीहरुले आजै बैठक बसी कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरत सुनारको नेतृत्वमा ९ सदस्यीय जिल्ला संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम ससक्त बनाउने निर्णय गरेका छन् । संघर्ष समिति सदस्यमा अशोक कुमार ठाकुर, सुमित लामिछाने, लक्ष्मण सुनार, गजेन्द्र पाण्डेय, सितल कुमार खनाल, मिन बहादुर सुनार, उमेश कुमार विश्वकर्मा र सोम सुनार पौडेल लाई चयन गरेको छ । त्यसैगरी संयुक्त बैठकले आगामि दिनमा गर्ने भनिएका आन्दोलनका केन्द्रिय कार्यक्रमहरुलाई ससक्त बनाईने निर्णय गरेको छ ।

 

सुनमा लगाईएको दुई प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाईएको १३ प्रतिशत भ्याट खारेजीको माग अघि सारेको संयोजक सुरत सुनारले बताए । सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोवारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने माग जोडदार उठाएका छन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले संयुक्त आन्दोलन परिचालन समिति र विभिन्न बिषयगत समिति गठन गरी चरणबद्ध आन्दोलनको घोषणा गरीसकेको छ । सोही कार्यक्रम अनुसार शुक्रबार कञ्चनपुर जिल्लामा पनि विरोध ¥याली र खवरदारी सभाको आयोजना गरीएको हो । केन्द्रिय संयुक्त आन्दोलन परिचालन समितिको कार्यतालिका अनुसार जिल्ला संघर्ष समिति आजैदेखि विरोध प्रदर्शनसहित अनिश्चितकालीन पसल बन्दको घोषणा गर्दै चरणबद्ध आन्दोलनमा उत्रेको संयोजक सुरत सुनारले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार