×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सुदूरका विद्यार्थीको प्रतिभा पहिचान गर्न पाँच विद्यामा प्रतिस्पर्धा

कञ्चनपुर, १५ असार विद्यार्थीको प्रतिभा पहिचान गर्नका लागि सुदूरपश्चिम प्रदेशका विद्यार्थीविच प्रतिस्पर्धा गराईएको छ । सुदूरका विभिन्न जिल्लाहरुका विद्यार्थीविच पाँच विद्यामा प्रतिस्पर्धा गराईएको होे ।

शिक्षा विकास निर्देशनालय, राजपुर डोटीको आयोजना एव शान्ति निकेतन मावि महेन्द्रनगरको व्यवस्थापकीयमा विज्ञान, गणित, भाषा, संस्कृत साहित्य, संगीत तथा नृत्य र विशेषकता प्रस्तुत गरिएको छ । शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले प्रदेशभरीका विद्यार्थीविच नियमित कक्षा कोठामा हुने पढाईका अतिरिक्त प्रदेशको कला, साहित्य, संस्कृति पहिचान बारे प्रतिस्पर्धा गराएको बताए । ‘विद्यार्थीलाई कक्षा कोठामा सीमित नभई उनीहरुको शारिरिक, मनोविज्ञान सबै क्षेत्रको पहिचान गराउन प्रतिस्पर्धा नै गराएका छौँ, ‘उनले भने, ‘लुकेका प्रतिभा बाहिर ल्याउने किताबी ज्ञान मात्रै नभई समसामयिक विषयमा समेत विद्यार्थीको क्षमता विकास गर्नुपर्छ ।’

महानिर्देशक विष्टले प्रदेशभरी रहेका सबै विद्यालयलाई सृजनात्मक कार्यक्रम संचालन गर्न समेत आब्हान गरेका छन । शिक्षा विकास समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले अब विद्यार्थीलाई कक्षा कोठामा मात्रै सिमित राख्न नहुने तर्क गर्दै अतिरिक्त ज्ञान सीपका कार्यक्रममा सहभागि गराउनुपर्नेमा जोडदिए । चित्रकला तर्फ बैतडीका छात्र बिवेक चन्द सान्त्वना, कञ्चनपुर जिवनरेखा विद्या मन्दिरका छात्र आयुस भट्ट तृतिय, विपना सार्की द्वितिय र महेन्द्र मावि दार्चुलाका छात्र धिरज धामी प्रथम भएका छन । साहित्य कला तर्फ अनुसा उपाध्याय सान्त्वना, अछामका भीम साउद तृतिय, कञ्चनपुर महेन्द्रनगर ईन्टरनेशल स्कुलकी छात्रा अंशु कुँवर द्वितिय र दार्चुला सम्पाल माविकी छात्रा दिपा भट्ट प्रथम भएकी छिन । गणित तर्फ कैलालीका जगन्ना जोशी सान्त्वना, बझाङ्गकी छात्रा अर्चना शाही तृतिय, कञ्चनपुर बागफाँटा लक्ष्मी माविका छात्र पकज जोशी द्वितिय र अछामकी छात्रा लक्ष्मी शाही प्रथम भएकी छिन । विज्ञान तर्फ अछामका छात्र चन्द्र साउद सान्त्वना, दार्चुलाका किशन ओड तृतिय, बझाङ्गका विश्वास विष्ट द्वितिय र दार्चुलाका सन्दीप धामी प्रथम भएका छन । नृत्यकला तर्फ दार्चुलाका विद्यार्थी सान्त्वना, बझाङ्ककी छात्र तृतिय, कैलालीका छात्र द्वितिय र बैतडीका छात्रछात्राको टिम प्रथम भएको थियो । नृत्यमा भएको प्रथम भएको बैतडीको टिमले छलिया नृत्य प्रस्तुत गरेका थिए । क्रमस सान्त्वना ५, तृतिय १०, द्वितिय १२ र प्रथम १५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रम संचालन गरेका लक्ष्मीमाविमा प्रद्यानाध्यापक समेत रहेका प्रमानन्द नाथले यसरी सबै विद्यामा एकै हलभित्र प्रतिस्पर्धाले विद्यार्थीमा आत्मबल बनाउने भएकाले सिकाईमा अभिबृद्धि हुने बताए । सामुदायिक विद्यालय व्यवस्थापन समितिका तर्फबाट शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्टले कार्यक्रमबाट कक्षा कोठामा सीमित रहेको विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसर मिलेको बताए । शिक्षा विकास निर्देशनालयका उपसचिव मदनराज जोशीले स्वागत मन्तव्य राख्दै कार्यक्रमबाट विद्यार्थी हरेक विषयमा खारिने बताए । कार्यक्रमको व्यवस्थापकीय जिम्मेबारी पाएको शान्ति निकेतन माविका प्रद्यानाध्यापक पुष्पराज ओझाले विद्यालयलाई निर्देशनालयबाट पाएको जिम्मेबारी पुरा गरेको र आगामी दिनमा पनि शैक्षिक सुधारका लागि विद्यालय हातेमालो गर्न तयार रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शैक्षिक सुधारका साथै सुदूरपश्चिम प्रदेशको टिपकल कला, साहित्य, संस्कृति पुस्तान्तरणका लागि समेत कार्यक्रम प्रभावकारी रहेको बताए । जिसस प्रमुख बोहराले विद्यार्थीमा लुकेका प्रतिभा बाहिर ल्याउनेदेखि थप नैतिकवान बनाउन कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्तममा सहभागि विद्यालय, विद्यार्थीले आगामी दिनमा यस्ता कार्यक्रम थपका साथै प्रभावकारी सहभागितादेखिका सृजानात्मकका जोडदिएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज