प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य काफ्लेलाई स्वागत तथा सम्मान

प्रकाशित:

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य निमा काफ्लेलाई सम्मान तथा स्वागत गरीएको छ । बुधबार प्रेस चौतारी नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष मदन गिरीको सभापतित्वमा आयोजना गरीएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य निमा काफ्लेलाई टिका खादा लगाएर सम्मान गरीएको हो । कार्यक्रममा आफ्ना ति दुखका क्षण सम्झिदै प्रेस काउन्सिल नेपालका बोड सदस्य निमा काफ्लेले एक पटक फेरी पनि पत्रकार आचारसंहिता पढ्न आग्रह गरेकी छन् । पत्रकारले पत्रकार आचारसंहिता पढेर पत्रकारी गरेको खण्डमा कुनै पनि पत्रकार समस्या नपर्ने बताए ।
कार्यक्रममा काउन्सिल सदस्य काफ्ले आफू मोफसलबाट पत्रकारिता सुरु गरी मूलधारमा पुगेको र काउन्सिल सदस्यको हैसियताले उनले पत्रकारिता व्यवस्थित बनाउन भूमिका निर्वाहन गर्ने बताइन् ।
त्यसैगरी कार्यक्रममा नेकपा एमालेका कञ्चनपुरका उपाध्याक्ष एवं प्रचार विभाग प्रमुख जनकराज अवस्थीले पत्रकारहरुले सत्य तथ्य समाचार लेखेर सुसूचित गर्न पर्ने जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नु पर्ने बताए ।
उनले पत्रकारिताको धर्म बाहिर गएर हुने सूचना प्रवाहले अन्यौलको अवस्था देखिएको बताएका हुन् । ‘कुन समाचार सत्य हो, कुन भ्रामक हो, सही गलत हो छुट्याउन मुस्किल छ’ उनले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामी, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष लक्ष्मण पन्त, प्रेस चौतार िनेपालका अग्रज नेता पत्रकार रनि विवश लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
चौतारीका जिल्ला अध्यक्ष मदन गिरीको अध्यक्षतामा गरेको कार्यक्रमको सञ्चालन सचिव धन बहादुर बोहरा(डिवी)ले गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपाल कञ्चनपुरको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थीति रहेको थियो । बुधबार नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले उहाँलाई बधाई तथा सम्मान गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार