×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सुनचाँदी व्यवसायी आज देखि चरणबद्ध आन्दोलनमा

महेन्द्रनगर – सुनचादी व्यवसायीहरुले आज आईतबारदेखि चरण बद्ध आन्दोलनको थालनी गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले असार २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरी असार २७ गतेसम्म जिल्लादेखि केन्द्रसम्म विभिन्न प्रकारका आन्दोलनका कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा लागेका छन् । उनीहरुले सरकारसंग सुनमा लगाएको २ प्रतिशत विलासिता कर, हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अभिकृत कर हटाउनु पर्ने, सुनको भन्सार कर ६ प्रतिशत राख्नुपर्ने र सुन चाँदी कारोवार ऐन बनाउनुपर्ने लगायतका माग राखेर आन्दोलन कार्यतालिका सार्वजनिक गरी सडकमा आउनुपरेको सुनचादी व्यवासयी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत गहतराजले बताए ।

केन्द्रिय कार्यतालिका अनुसार कञ्चनपुरमा आज आईतबार सांकेतिक विरोध कार्यक्रम गरेको सुनचादी व्यवसायी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत गहतराजले बताए । उनले भोलिदेखि केन्द्रिय कार्यतालिका अनुसार आन्दोलन गर्ने बताएका छन् । केन्द्रिय कार्यतालिका अनुसार असार २२ गते जिल्ला प्रशासन कार्यालय वरपर सांकेतिक विरोध गर्ने, असार २३ गते जिल्लास्थीत कर कार्यालय वरपर सांकेतिक विरोध प्रदर्शनगर्ने, असार २४ गते उपभोक्ता सचेतना अभियान संचालन गर्ने, असार २५ गते मोटर साईकल ¥याली निकाल्ने, असार २६ र २७ गते काठमाण्डौमा बृहत खवरदारी सभाको आयोजना गर्ने रहेको छ ।
सरकारले आर्थिक बर्ष २०८२÷०८३ को बजेटमा ल्याएको कर निति अव्यवहारीक भएको भन्दै गत जेठ ३० गतेबाट विरोध कार्यक्रम गरेका सुनचाँदी व्यवसायीका संघसंगठनहरुले असार १३ गतेदेखि व्यवसाय नै बन्द गरी आन्दोलन गर्दै आएका छन् । उनीहरुले जेठ ३० गते बजारमा ¥याली प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज