Advertisement

सरकारको करनितिको विरोध गर्दै सुनचाँदी व्यवसायीहरुद्धारा आन्तरीक राजस्व कार्यालय महेन्द्रनगरमा धर्ना र बजारमा विरोध ¥याली

Advertisement

महेन्द्रनगर – सरकारले बजेटमार्फत ल्याएको कर संरचना तथा अप्रत्यक्ष करको नीति विरुद्ध सुनचाँदी व्यवसायीहरुले महेन्द्रनगरस्थीत आन्तरीक राजश्व कर्याालय परिसरमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आईतबार जारी गरेको कार्यतालिका अनुसार सुनचादी व्यवसायी संघ, महाकाली सुनचादी व्यवसायी संघ, सुनचादी रत्न तथा आभुषण महासंघमा आवद्ध संगठनहरुको संयुक्त संघर्ष समितिको अयोजनामा महेन्द्रनगर बजारमा विरोध ¥याली प्रदर्शन तथा आन्तरीक राजश्व कार्यालय महेन्द्रनगर परिसरमा विरोध सभा गरेका हुन् ।

विरोध सभालाई संघर्ष समितिका संयोजक सुरत गहतराजलगायतका व्यवासायीका नेताहरुले सम्बोधन गरेका छन् । उनीहरुले सरकारले आफ्ना मागको सुनुवाई नगरे काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने बताएका छन् । सरकारले लिएको करनितिले सुनचादी व्यवसायीहरुको रोजिरोटी लुटिएको उनीहरुले दावि गरेका छन् । नेपाल सुनचादी व्यवसायी महासंघ र नेपाल सुनचादी कला तथा आभुषण महासंघले आईतबार असार २७ गतेसम्म विभिन्न किसिमका जिल्लादेखि केन्द्रसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । सोही कार्यक्रम अनुसार नै सुनचादी व्यवसायीहरुले आन्तरीक राजश्व कार्यालय महेन्द्रनगरमा पनि विरोध सभा गरेका हुन् ।

सुनचादी व्यवसायीहरुले सुनमा लगाएको २ प्रतिशत विलासिता कर, हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अभिकृत कर हटाउनु पर्ने, सुनको भन्सार कर ६ प्रतिशत राख्नुपर्ने र सुन चाँदी कारोवार ऐन बनाउनुपर्ने लगायतका माग अघि सारेको छ ।
पुर्व निर्धारित आन्दोलनको कार्यतालिका अनुसार आईतबार पनि विरोध ¥यालि निकालेर जिल्ला प्रशासन कार्यालयमा कोण सभा सम्पन्न गरेका थिए । केन्द्रिय कार्यतालिका अनुसार असार २४ गते उपभोक्ता सचेतना अभियान संचालन गर्ने, असार २५ गते मोटर साईकल ¥याली निकाल्ने, असार २६ र २७ गते काठमाण्डौमा बृहत खवरदारी सभाको आयोजना गर्ने रहेको छ ।
तर सरकारले भने देशलाई ग्रेलिष्टबाट हटाउनका लागि विलासिताका बस्तुमा सो कर लगाईएको उल्लेख गर्दै टसको मस भएको छैन् । असार १८ गते बुधबार एक विज्ञप्ती निकालेको उद्योग बाणिज्य संघ कञ्चनपुरले सुनचादी व्यवसायीहरुको आन्दोलनमा सहयोग गर्ने जनाउदै ऐक्यवद्धता जनाएको छ ।

 

सरकारले आर्थिक बर्ष २०८२÷०८३ को बजेटमा ल्याएको कर निति अव्यवहारीक भएको भन्दै गत जेठ ३० गतेबाट विरोध कार्यक्रम गरेका सुनचाँदी व्यवसायीका संघसंगठनहरुले असार १३ गतेदेखि व्यवसाय नै बन्द गरी आन्दोलनमा लागेका छन् । व्यवसायीहरुले जेठ ३० गते बजारमा ¥याली प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन्...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज