महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत सिद्धनाथ मन्दिरमा साउनको पहिलो हप्ता अभिषेकात्मक लघु रुद्री एवं श्रृंगारारिक महा आरतिको आयोजना गरीएको छ । सिद्धनाथ मन्दिर विकास समितिले हनुमान र नन्दीका मुर्तिको प्राण प्रतिष्ठा भर्नका लागि महाआरती आयोजना गर्न लागेको हो । समितिले सोमबार पत्रकार सम्मेलन गरी साउन १ देखि ७ गतेसम्म आयोजना हुने जानकारी दिइएको छ । समितिका कार्य वाहक अध्यक्ष कैलाश भट्टले आरती आयोजनाको तयारी थालिएको बताए । उपाध्यक्ष अरुणा जोशीको संयोजकत्वमा एक सय ५१ सदस्यीय मुल समारोह समिति गठन गरी तयारी थालिएको कावा अध्यक्ष भट्टले बताए । उनका अनुसार विभिन्न आठ ओटा तहगत उप समिति निर्माण गरीएको छ । अतिथि सत्कार एवम् स्वागत समिति संयोजक शान्ति देवी ऐर, टेन्ट एबम् साउन्ड व्यवस्थापन संयोजक भुवन कुँवर, प्रचारप्रसार, धार्मिक, सांस्कृतिक संयोजकमा चन्द्रकान्त भट्ट, पुजा व्यवस्थापन एवं यज्ञ व्यवस्थापन संयोजक शुरेश प्रकाश चटौत, अभिनन्दन एवं सम्मान कार्यक्रम संयोजक तेज बहादुर भण्डारी, कलश यात्रा व्यवस्थापन संयोजक नारु जोशी, ब्राह्मण एबम् नृत्यकर्म व्यवस्थापन संयोजक लोक राज भण्डारी, श्रद्वालु भक्तजन एवं जनसम्पर्क संयोजक होम बहादुर कुंवरलाई जिम्मेवारी दिईएको कावा अध्यक्ष भट्टले पत्रकार सम्मेलनमा जानकारी दिए ।
साउन एक गतेका दिन भक्तजनहरुको विशाल सहभागिताका साथ कलसश यात्रा गरी महाआरती सुरु हुनेछ । त्यसपछि दैनिक रुपमा विभिन्न धार्मिक प्रवचन, अभिषेकात्मक लघु रुद्री एवं श्रृङ्गगारिक महाआरतिको आयोजना गरिने समितिका कार्य वाहक महासचिव चन्द्रकान्त भट्टले बताए ।

सिद्धनाथ मन्दिर विकास समितिका कावा महासचिव सिके भट्टले मन्दिर स्थापनापछिको ईतिहासमै पहिलो पटक मन्दिरमा धार्मिक महायज्ञ संचालन हुन लागेको बताए । कावा महासचिव भट्टले धर्म संस्कृति कला सरक्षणका साथै धार्मिक पर्यटन प्रर्बद्धनको कार्यक्रम गर्न लागेको बताए । ‘हामीले हनुमान र नन्दी’को मूर्ति ल्याएकाछौ । मुर्तिमा प्राण प्रतिष्ठा भर्नका लागि यो कार्यक्रम गर्न लागिएको हो,’ उनले भने, ‘कार्यक्रम ऐतिहासिक भव्य हुनेछ, यसमा सरोकारवालाको सहयोग आव्रश्यक छ ।’
मन्दिरका मुख्य पुजारी पुष्करराज उप्रेतीले पनि यो कर्या मन्दिर स्थापना कालकै ऐतिहासिक र धार्मिकरुपले निकै नै महत्वपूर्ण भएको बताए । सिद्धनाथ मन्दिर विकास समितिका उपाध्यक्ष एव महायज्ञ मुल समितिका सयोजक अरुणा जोशीले कार्यक्रम सफल बनाउन सबै मिलेर हातेमालो गरी सहयोग गर्न आग्रह गरे । शास्त्री उमाकान्त अवस्थीले कार्यक्रम ऐतिहासिक भएको बताउँदै कलसयात्रा, बेदयज्ञ, बिद्धान पण्डितहरुबाट प्रबचन सहितका कार्यक्रम सचालन गरिने बताए । उनले भाग्यउदोय हुनेबेला मात्र यस्तो धार्मीक कार्यक्रममा सहभागिता जनाउन पाईने भएकाले सबै भक्तजनहरुमा सहभागिताका लागि आग्रह समेत गरे । सिद्धनाथ मन्दिर विकास समितिका संस्थापक अध्यक्ष होम बहादुर कुँवरले धर्म, संस्कृति कला सरक्षणका लागि कार्यक्रम सरानिय भएको बताए । संस्थापक अध्यक्ष कुँवरले हिन्दुधर्म सरंस्कृति सरक्षणका लागि कार्यक्रम महत्वपूर्ण रहेको बताउदै कार्यक्रम सफलताको शुभकामना दिए ।
प्राण प्रतिष्ठा भर्न लागिएको हनुमान र नन्दीको मुर्ति दुई लाख ७५ हजार रुपयामा निर्माण गरीएको हो । उक्त दुवै मुर्ति डडेल्धुराका मुर्तिकार यादव चुनाराले हातले निर्माण गरेका हुन् । दुई मुर्ति निर्माणका लागि तत्कालीन स्व अध्यक्ष हिक्मत सिंह भण्डारीको अध्यक्षतामा बसेर कोटेसन निकाल्ने निर्णय गरी कोटेसनमार्फत मुर्ति निर्माणको लागि सम्झौता गरीएको थियो ।
