Advertisement

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै : घरआँगनमै स्वास्थ्य सेवा पाउँदै जनता

Advertisement

कञ्चनपुर – कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाको कृष्णपुर नगरपालिकाले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी भईरहेको होे ।
तीन बर्ष अघि कृष्णपुर नगरको जिम्मेबारीमा आएपछि मेयर हेमराज ओझा नेतृत्वमा संचालन हुँदै आएको कार्यक्रम निरन्तर प्रभावकारी बन्दै गएको छ ।
नागरिकले घरआगँनमै स्वास्थ्य सेवा पाउन थालेपछि स्थानीय सरकारको औचित्यता पुष्टी भईरहेको छ । पालिकाले हरेक बर्ष निरन्तर घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेपछि जनतालाई सुविधा मात्रै होई उनीहरु हर्षित भएका छन ।

जनताले चुनावका बेला घर घरमा आएर मत मागेजस्तै मेयर ओझा नेतृत्वमा घरघरमै पुगेर स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको बताएका छन ।
कृष्णपुर नगरपालिका ४ पवित्राका बस्तीकी करर्नी चौधरीले स्थानीय सरकारका स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य चेकजाँच गराएको बताईन । ‘घरमै स्वास्थ्यकर्मी पुगेर चेकजाँच गरेको मेरो यो पहिलो पटक हो, ‘उनले भनिन, ‘यस अघि थिएन, यसरी नै जनताका लागि पालिका सरकार जस्तै अन्यसरकारले सेवा सुविधा ल्याईदिए हुन्थ्यो ।’
कृष्णपुर नगरपालिका ५गुलरियाका स्थानीय नन्दराज भट्टले पालिकाबाट स्वास्थ्यकर्मी आएर चेकजाँच एव परामर्स दिएपछि आफु हर्षित भएको बताए । ‘हामी बिरामी भएपछि अस्पताल जाँदा सकसका विच उपचार गर्नुपर्ने बाध्यता आउँछ, ‘उनले भने, ‘स्वास्थ्यकर्मी घरमै आएर उपचार गरिरहेका छन, यो राम्रो पक्ष हो, यसरी नै नागरिकले उपचार पाए हामीलाई फाईदा हुन्थ्यो ।’
कृष्णपुर १ दोमल्लाका स्थानीय रतन विकले स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर घरमै स्वास्थ्यकर्मी पठाएर उपचार गरिरहेको बताए । ‘हामीलाई स्थानीय सरकार भएको अनुभूति भएको छ, ‘उनले भने, ‘यसरी सरकारले हामी जनताको स्वास्थ्यमा ध्यान दिएर उपचारबाट हामी खुसी भएका छौँ ।’ स्वास्थ्य जस्तै अन्य सेवा समेत यसरी घरदैलोमै पुगेर दिनुपर्ने उनको सुझाव छ ।
कृष्णपुर ८रैकवारविचुवाका स्थानीय सरकारले स्वास्थ्य सेवाका क्षेत्रमा गरिरहेकोे कामकाज प्रभावकारी बनिरहेको बताए । ‘हाम्रो गाँउघरतिर अधिकाँस सुगर, प्रेसरका बिरामी छन, उनीहरुले नियमित चेकजाँच नगरेर ज्यान नै धरापमा पर्छ, स्थानीय सरकारको स्वास्थ्यकर्मी टोलीले समयमै घरमै पुगेर उनीहरुको स्वास्थ्य चेकजाँचले थप सुविधा पुगेको छ ।’
कृष्णपुर नगरपालिका स्वाथ्य शाखा प्रमुख रतन सिह विष्टले विगतका बर्षहरु जस्तै यस बर्षपनि स्वास्थ्यकर्मीका टोली बनाएर घरघरमा उपचारमा खटिएको बताए । उनका अनुसार १२ स्वास्थ्यकर्मीको टोलीले १देखि ९वटै वडाहरुका जनताकोे घरघरमा पुगेर चेकजाँच परामर्स गरिएको बताए । उनले सुगर, ब्लडप्रेपर, पिसाब चेकजाँच गरेर रोग पत्ता लगाएको बताए । ‘घरमै पुग्दा नागरिकको स्वास्थ्य चेकजाँच गरेर कुनै रोग देखिए त्यही निदान गर्ने निःशुल्क औषधी वितरण गर्ने परामर्स दिने जटिल देखिए कृष्णपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेका छौँ, ‘उनले भने, ‘गम्भिर प्रकृतिका देखिए थप उपचारका लागि एम्बुलेन्स सेवापनि निःशुल्क उपलब्ध गराएका थियौँ ।’ शिशु, गर्भवर्ती, सुत्केरी महिला, युवादेखि जेष्ठ नागरिकलाई उपचार गरिएको विष्टले बताए । अभियानका क्रममा १२जनतामा क्षयरोग र १जनामा कुष्टरोग पहिचान भएको र उनीहरुको उपचारका लागि समेत पालिकाले प्रबन्ध मिलाएको बताए ।
नागरिकसंग मेयर कार्यक्रम अन्र्तरगत चालु आर्थिक बर्ष ०८१÷०२मा साढे ३२ हजार बढीले सेवा लिएका छन । १९ हजार ६सय ९९ महिला र १२हजार ९सय ६ पुरुष गरेर ३२ हजार ६सय ५नागरिकले सेवा पाएका हुन ।
नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्क अनुुसार पहिलो आर्थिक बर्ष ०७९÷०८० मा १३ हजार र दोस्रो आर्थिक बर्ष ०८०÷०८१ मा १५ हजार नागरिकलाई स्वास्थ्य सेवा दिएको थियो । चालुमा गत बर्ष भन्दा दोब्बर साढे ३२ हजार बढी नागरिकलाई घरमै गएर सेवा प्रदान गरिएको छ ।
कृष्णपुर नगरका मेयर हेमराज ओझाले संविधान अनुरुप नागरिककोे स्वास्थ्य अधिकार मौलिक र निःशुल्क अनुरुप नगरका ९वटै वडाहरुमा स्वास्थ्यकर्मी घर घरमा खटिएर उपचार गरेको बताए । ‘मेरो यो राजनीतिक चुनावी एजेण्डा पनि थियो, ‘उनले भने, ‘हाम्रो नगरका लाख भन्दा बढी जनसंख्या मध्ये अधिकाँस अझैपनि स्वास्थ्य सेवाको पहुँचमा छैनन,उनीहरुको स्वास्थ्यमा पहुँच पु¥याई घरमै आधारभूत नसर्ने रोगहरुको पहिचानका लागि समेत अभियान संचालन गरेका हौँ ।’ नागरिकलाई नगरमै २४सै घण्टा आधारभूत स्वास्थ्य सेवा प्रदानका गरिरहेको बताउँदै मेयर ओझाले त्यही अनुरुप छुट्टै स्वास्थ्यकर्मीको टोली बनाएर घरघरमै पुगेर उपचार गरिरहेको बताए ।
‘सेवाका दौरानमा हामीले सबै नागरिकको स्वास्थ्य अवस्थाको अध्ययन समेत गरिरहेका छौँ, ‘उनले भने, ‘अपाङ्गता भएका, गर्भवती र अशक्त बिरामीलाई उच्च प्राथमिकतामा साथ उपचार गरिरहेका छौँ ।’
नियमित औषधी सेवन गरिरहेका बिरामी, टुहरा, बेसाहरा एव अशक्तहरुलाई समेत आवश्यक थप सेवा सुविधा दिएरै भएपनि स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए । ‘यो कार्यक्रमबाट गाँउघरका नागरिकको औषधीमा हुने ठुलो धनराशी खर्च पनि बचेको छ, ‘मेयर ओझाले भने, ‘घरमै उपचार पाएपछि बाह्यी अस्पताल गएर ठुलो धनराशी खर्च गर्नु परेन, त्यो रकम अन्य कामकाजका लागि खर्च गर्न सहज भएको छ ।’ मेयर ओझाले कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा निःशुल्क स्वास्थ सेवादेखिका कार्यक्रमले थप कार्यक्रम प्रभावकारी बन्दै गएको बताए । मेयर ओझाले आगामी दिनमा घरदैलो स्वास्थ्य अभियान थप प्रभावकारी बनाउँदै नगरका जनता स्वस्थ बनाउने लक्ष्य रहेको बताए । सोमबार एक कार्यक्रमका विच चालु आर्थिक बर्षको स्वास्थ्य कार्यक्रम समापन गरिएको छ । समापन कार्यक्रममा कृष्णपुर नगर उपप्रमुख द्रोपती रानाले अभियानले नागरिकको स्वास्थ्य सुविधामा कापि सुधार भएको बताए । समापन कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कृष्णपुर नगरपालिका ५का वडाध्यक्ष टेक बहादुर पाण्डे गरेका थिए ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन्...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज