×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर सुदूरपश्चिम प्रदेशभरीमा उत्कृष्ठ, कृषि ज्ञान केन्द्रमा डोटी

महेन्द्रनगर– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर उत्कृष्ठ विज्ञ केन्द्रको रुपमा सम्मानित भएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१।८२ मा संचालन गरेका कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा गोष्ठीको समापन समारोहमा सुदूरपश्चिम प्रदेशभरीका भेटेरिनरी तथा पशु विज्ञ केन्द्रमध्ये भेटेरिनरी तथा पशु विज्ञ केन्द्र कञ्चनपुर उत्कृष्ठ विज्ञ केन्द्रको रुपमा प्रशंसा पत्र सहित सम्मानित भएको हो । आर्थिक वर्षभित्र संचालन गरेका कामहरुको मुल्याङ्कनको प्रस्तुतिकरणको आधारमा पशु विज्ञ केन्द्र कञ्चनपुर उत्कृष्ट भएको हो ।

 

त्यसैगरी आर्थिक वर्षभित्र संचालन गरेका कामहरुको मुल्याङ्कनको प्रस्तुतिकरणलाई आधार मानेर कृषि ज्ञानकेन्द्रहरु मध्ये कृषि ज्ञान केन्द्र डोटी उत्कृष्ठ भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरको कार्यप्रगति अरु कार्यालयकोभन्दा न्यून देखिएको छ । त्यसैगरी एक जना अग्रणी कृषकरुपमा तरकारी जर्मप्लाज्म डडेल्धुराका कृषकलाई सम्मान गरिएको छ ।

धनगढीमा आईतबारदेखि मंगलबारसम्म संचालन भएको उक्त गोष्ठीमा सुदुरपश्चिम प्रदेशमा रहेका कृषिसंग सम्बद्ध सबै कार्यालयहरुले आ–आफ्नो काम र सोको प्रगति प्रस्तुत गरेका थिए । प्राप्त उपलब्धि कार्यक्रम संचालनमा देखा परेका समस्याहरु र प्रगति हुन नसकेका विषयहरुमा समिक्षा गरिएको छ । मन्त्रालयको कार्य संचालन गर्न निर्माण भएका केही कार्यविधिहरु संशोधन र नयाँ निर्माण गर्न आवश्यक रहेका कार्यविधि र मापदण्ड सम्बन्धमा समेत गोष्ठीमा छलफल भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज