Advertisement

अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस मनाईयो

Advertisement

महेन्द्रनगर – अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस तथा भीमदत्त पन्त स्मृति प्रतिष्ठानको २४ औ बार्षिक साधारण सभा भव्यताकासाथ सम्पन्न भएको छ । शनिबार विहान कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४स्थीत अमर शहिद भीमदत्त स्मृति प्रतिष्ठानको भवनमा शहिद पन्तको ७२औ स्मृति दिवस भव्यताकासाथ मनाईनुका साथै विभिन्न निर्णय गर्दै प्रतिष्ठानको बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो । भीमदत्त पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष हरी जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथि तथा उपस्थीत सबैले अमर सहिद भीमदत्त पन्तको फोटोमा माल्यार्पण गरेका थिए । प्रतिष्ठानका पदाधिकारी, साधारण सदस्य, कर्मचारी, पत्रकारलगायतक विभिन्न राजनितिक दल तथा संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व उपसभामुख सभामुख भोजराज जोशी रहेका थिए भने पूर्व सांसद पुरन दयाल, पूर्व प्रदेशसभा सदस्य महेश दत्त जोशी, नेकपा एमालेका उपाध्यक्ष जनकराज अवस्थी, नेकपा माओवादीका नेता आनन्द धामी, नेपाल पत्रकार महासंघका अध्यक्ष सुरेश धामी अतिथि थिए । अतिथिहरुले भीमदत्त पन्तको योगदानमा प्रकाश पार्दै अहिलेको अवस्थामा पनि शहिद पन्तको विचारको महत्व बढेको बताए । प्रतिष्ठानको २४औ साधारण सभाबाट आगामी बर्षमा गर्ने विभिन्न कार्ययोजना पारित गरीएको छ । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव कर्ण बहादुर चन्दले गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष रामचन्द्र शाह, कार्यसमिति सदस्यहरू प्रदीप राना, शारदा भट्ट, चन्द्रा अवस्थी, साथै पार्वती जोशी, खेमराज जोशी, लक्ष्मी ताम्राकार, पद्मराज जोशी, जया दमाई, तिलकप्रसाद जोशी, सुमन चौधरी, सीमा चौधरी, आरती चौधरी, धनबहादुर बोहरा,रनि बिवस, बासुदेव भट्ट,पदम सिंह खडका, मदन गिरी लगायत दर्जनौं अभियन्ताहरूको उल्लेखनीय सहभागिता थियो ।

सहिद पन्तको जन्म १९८३ साल मंसिर १० गते डडेलधुराको कारिगाउँमा भएको थियो । मात्र २७ वर्षको उमेरमा राज्य र सामन्ती व्यवस्थाविरुद्धको लडाईंको क्रममा आफ्नै मित(जिगरी दोस्त) लालबहादुर थापा र भम्भा दयालको षड्यन्त्रमा क्रूर तरिकाले टाउको छिनालेर हत्या गरिएको थियो ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन्...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज